पुन्यतिथिमा एकदिन भरिकाे खाना सेवा
मिति २०७३-१२-१२ गते
भरतपुर-१ महानगरपालिका निवासि आदरणीय पुजनिय अामा स्व:श्री हेकमाया श्रेष्ठ ज्युको बार्षिक पुन्यतिथिको अवसरमा श्री सुकमाया श्रेष्ठ,श्री कुशुम मल्ल,श्री शान्ति ताम्राकार,उद्योग वाणिज्य संघकाे पुर्व अध्यक्ष श्री कल्याण जाेसि,श्री श्री धुपि जेसि,श्री एकता ताम्राकार,तथा श्री कृतिका ताम्राकार ज्युहरूकाे उपस्थितमा विभिन्न
कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ
ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिन भरिको खाना सेवा गर्नु भएको छ।उक्त अवसरमा बरिष्ठ समाजसेवि तथा उद्योग वाणिज्य संघकाे पुर्व अध्यक्ष श्री कल्याण जाेसि ज्युले अाश्रम लाई शुभ कामना व्यक्त गर्नु भएकाे थियाे।साथै अाश्रमलाइ सदैव सहयाेग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएकाे थियाे। वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं र स्वर्गीय बुवा आत्मा चिरशान्तिको कामना गर्दछौं।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)
Post a Comment