धुर्मुस सुन्तली फाउन्डेसनलाई स्वतन्त्र युवाहरु द्वारा कोरियाबाट ११ लाख ८४ हजार सहयोग हस्तान्तरण :
मार्च २३
इश्वर दहाल
दक्षिण कोरिया, सौल
दक्षिण कोरियामा रोजगारिको शिलशिलामा आएका कुनै पनि राजनितिक पार्टीमा आबद्द नभएका, कुनै दलको पार्टी झण्डा र आस्था नबोकेका जुझारु स्वतन्त्र र समाज सेवामा सक्रिय युवाहरुको समूह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ ले बर्दिबास २, महोत्तरी स्थित एकिकृत मुसहर नमुना बस्ति निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाइ आर्थिक सहयोग रकम १,१८४,८६३/-एघार लाख चौरासी हजार आठ सय त्रिसट्ठी रुपैयाँ मात्र) चैत १० बिहिवार हस्तान्तरण गरेको छ ।
कोरियामा रहेका मनकारी,सहयोगी भावना भएका राष्ट्रप्रेमी नेपाली सहयोगदाताहरु बाट यस आर्थिक सहयोग संकलन छोटो समयावधी तीन हप्ता मात्र अन्तिम मितिनै तोकेर सुरु गरेको थियो।
अभियानमा कोरियामा रहेका झण्डै चार सय जना जति सहयोगी दाताहरुबाट सहयोग रकम प्राप्त भएको यस आर्थीक सहयोग संकलन संयोजक यम श्रेष्ठले जानकारी गराए ।
समुह तथा अभियानका मुख्य संयोजक सर्वजित शाह र यस अभियानको आर्थिक सहयोग संकलन संयोजक यम श्रेष्ठको अगुवाइमा संकलित उक्त रकम अभियन्ता एल बि श्रेष्ठको संयोजनमा एकदिन श्रमदान गर्दै स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपालि एकता अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग रकम फाउन्डेसनका अध्यक्ष शिताराम कट्टेललाइ हस्तान्तरण गरेका छन् ।
देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु एक आपसमा भाइचारा, सद्भाव र एकता कायम गरौँ !सम्पुर्ण नेपाली स्वतन्त्र जनताहरु पनि सचेत र बिबेकशिल बनौँ भन्ने मुल आशय रहेको अभियानका संयोजक सर्वजित शाहले बताउनु भएको छ।
यसै गरि बिदेशी भुमीमा राजनितिको नाममा आफ्नै नेपालि दाजुभाइ दिदी बहिनीहरु बिचमा फाटो ,मनमुटाव र बिबाद नहोस् सबैले मिलेर राष्ट्र निर्माणमा आ आफ्नो तर्फबाट सकेको सहयोग र सद्भाव देखाउन सबै एकजुट हुनुको बिकल्प नरहेको यस अभियानका सक्रिय अभियन्ता द्वय राम दत्त जोशी (नेपालको राम) र अरुण श्रेष्ठ (इपियस छिङु) ले बताउनु भयो।
अर्का अभियन्ता साजन शर्मा (प्रदिप) र कृष्ण पुरिले राजनिती र नेतालाईमात्र गालीगरेर समय फाल्नु भन्दा मानविय सेवा र सद्भावकोलागी समर्पित हुनूपर्नेमा जोड दिनुभयो।
हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा लोकप्रिय हास्य कलाकार सिताराम कटेल (धुर्मुस) र कुन्जना धिमिरे ( सुन्तली) ले सम्पुर्ण सहयोगी मनहरुमा यति ठुलो सहयोग रकम जुताएर सहयोग गर्नु भएकोमा र महा अभियानमा साथ दिनु भएको स धन्यवाद आभार प्रकट गर्नु भएको थियो।
साँचिकै मन देखिनै गर्व गर्न लायक राष्ट्रप्रेमिको भावना समेटिएको यस अभियान प्रती खुलेरै प्रसंशा गर्दै यस सहयोग र साथको जतिनै बर्णन गर्दा पनि कम हुने भन्दै प्रवाशमा रहनु भएका सम्पूर्ण नेपालिहरुको साथ ,सहयोग र मायाले नै सबै बस्ती निर्माण कार्य सफल भएको कुरा पनि उल्लेख गर्नु भयो।
उहाँले यस स्वतन्त्र जागरुक अभियान बिश्वभर नेपालीहरु रहेको ठाँउमा एकताको संदेश बोकेर फैलिन जरुरी रहेको कुरा पनि थप्नु भयो।
बहत्तर साल बैशाख १२ गते गएको विनासकारी महा भूकम्प पश्चात दुइवटा एकीकृत नमुना बस्ति निर्माण गरि सकेको धुर्मुश सुन्तली फाउन्डेसनले अहिले निर्माण गर्दै गरेको एकीकृत नमुना मुसहर बस्ति निर्माणमा आर्थिक अभाव भएको खबर केहि समय अगाडि बाहिर आएको थियो ।
के हो स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपालि एकता अभियान ?
स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपालि एकता अभियान राजनीतिक बैचारिक हिसाबले स्वतन्त्र युवाहरूको समुह हो।
असफल र फोहोरी राजनीति नै देशको शान्ति र सम्बृद्धिको बाधक बनेको भन्दै पार्टीगत राजनीति भन्दा माथि उठेर देशको हितको लागि सोच्ने जो सुकैलाइ सहयोग र समर्थन गर्ने र आफुहरु स्वयं पनि सदैव राष्ट्र र राष्ट्रियताको बारे सोच्ने राष्ट्रहितको लागि कार्य गर्ने यो अभियान चलाएको समुहका सदस्यहरूले बताए ।
आफु राजनीति नगर्ने तर राजनीतिक दलहरू र तिन्का नेताहरूलाई देशप्रति उत्तरदायी बनाउन सिर्जनात्मक भूमिकामा प्रस्तुत हुने समुहको सोच रहेको छ।
यो बाद र त्यो बादको विवादमा देश लामो समय देखि फसिरहेकोले हामी सचेत युवाहरुको ठुलो समुहले देशलाइ निकास दिनु पर्नेमा जोड दिदै बिस्वमा छरिएर रहेका स्वतन्त्र राष्ट्रप्रेमि सचेत नेपालीहरुलाई यस पबित्र अभियानमा आबद्ध हुन अनुरोध गरेका छन्।
Post a Comment