कृष्ण खरेल ज्युले जन्मदिनलाई परोपकारी बनाउन बेलायत बाट बालबालिकाहरुलाई खाना खुवाउन रु.११,०००/ सहयोग।

जन्मदिनको लाखौ  शुभकामना  कृष्ण जी  ! जीवनका हरेक उत्सव यसतै  परोपकारी र मानवीय भैरहुन ! मनमा सधै शुद्ध  भावना जागोस !! जिन्दगीका   हरेक पथमा सफलता प्रप्तहोस !!  यहाँको तन , मन   स्वस्थ रहोस  !  इश्वर सधै दाहिना रहुन। 
आज परेको आफ्नो  जन्मदिनको अवसरमा  बेलायतको ग्लास्गो मा  बस्दै आउनु भएका  श्री कृष्ण खरेल  ज्युले लक्ष्मी  प्रतिष्ठानद्वारा कांदा मा संचालित निशुल्क छात्रावासमा  बस्दै आएका  बालबालिकाहरुको  पूर्ण भोजन  गराई जन्म दिनलाई परोपकारी बनाउने इच्छा गर्दै हामीलाई   रु ११,०००/ उपलब्ध गराउनु   भएको छ र हामी सबै मिलेर उहाँको जन्मदिन मनाउदैछौ।  यसरी आफ्ना उत्सवहरुलाई परोपकारी बनाउदै दुर दराजका गरिब   बालबालिकाहरुलाई मद्दत पुर्याई मनोबल समेत बढाउनुहुने   पवित्र मनका धनि कृष्ण  खरेल ज्यु प्रति  लक्ष्मी प्रतिष्ठान परिवार हार्दिक  धन्यवाद टक्र्याउदछौ। उहाँलाई सुखले खान पुगोस  ,खुसीले दिन पुगोस। उहाँलाई  जन्मदिनको लाखौं लाख  शुभकामना  व्यक्त गर्दछौ !

श्रद्दिय कृष्ण खरेल लक्ष्मी प्रतिष्ठानको आजीवन सदस्य हुनुहुन्छ।

(जानकारी : बिष्णु गौतम , लक्ष्मी प्रतिस्ठान) 

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.