जापानमा पढेको पुस्तक"सरसर्ती संसार"ले बालापनको स्कुल सम्झायो/सन्तु बैनिले स्कुल लाई ५० प्रती पठाउने
(सन्तु न्यौपाने (जापान) बैनिको आफ्नै शब्द हरु)
शरीरमा थकान , बिचारमाँ परिबर्तन, नया कुरा र नौला ठाउँको अनुभव गर्न पायकोमा मनमा प्रसन्नता यी सबै कुरा मानिसले एउटा लामो वा छोटो भ्रमण गरेर पाउछ । तर मैले भने आज यी सबै कुरा यउटा किताब पढेर महसुस गरेकि छु ।
जुन किताब मैले भिनाजु (राजु ढकाल) मार्फत पढ्ने मौका पाए । हजुरलाई धेरै धेरै धन्यवाद छ भिनाजु , साथीले कोसेली स्वरूप दियको यती धेरै रमाइलो, र उपयोगी किताब पढ्ने मौका दिनु भयो ।
छोटो समयमा धेरै देशको बारेमा सरसर्ती बुझ्न सकिने यो किताब आफुले पढिसके पछि मैले अक्षर चिन्न सुरू गरेको विद्यालय (कालिका मा वी पस्चिमटोल कावासोती) मा पढ्ने बिद्यार्थीहरूको लागी विद्यालयको पुस्तकालयमा ५० पर्ती उपलब्ध गराउने निर्णय लियकी छु।
Post a Comment