सहयोग हस्तान्तरण र श्रमदान सम्बन्धी अत्यन्त जरुरी सुचना।।
काेरियामा रहेका स्वतन्त्र राष्ट्रप्रेमी जुझारु नेपाली युवाहरुको ऐक्यबद्धता "स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान" को संयोजन तथा पहलमा कोरियामा रहनु भएका मनकारी सहयोगदाताहरु द्वारा संकलित सहयोग रकम यहि आउदो बिहिबार चैत्र १० गते धुर्मुस सुन्तलि फाउण्डेसनलाई सहयोग हस्तान्तरण गरिने ब्यहोरा सबैमा सहर्श जान्कारी गराउदछौ।सहयोग हस्तान्तरणका साथै यस अभियनका नेपालमा रहनु हुने अभियानकर्ताहरुले मुसहर बस्ति निर्माणमा एक दिन श्रमदान समेत गर्नुहुनेछ।
कोरियाबाट फर्किनु भएका स्वतन्त्र सामाजिक अभियन्ताहरु पनि यस अभियान र सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित जनाउन चाहनु हुन्छ भने तल उल्लेखित सम्पर्क ब्यक्तीसंग सम्पर्क गरेर एक दिन पबित्र कार्यमा श्रम दान गरेर आशिष र पुन्य प्राप्त गर्न सक्नुहुनेछ।
पर्सि बिहिबार चैत्र १० गते बर्दिबास मुसहर बस्ति जाने अान्तरिक सल्लाह भएकाेले यसलाई पुर्णता दिन केही छलफल अाज बेलुकि गर्न गईरहेकाे हुदा तलकाे समय र स्थानमा यस अभियानका अभियन्ताहरु सबैजना अनिवार्य उपस्थित जनाइदिनुहाेला। फाउन्डेसनका अध्यक्ष सिताराम कटेल र
नेपालमा रहनुहुने सबैको समय अनुकुल मिलाउनु पर्ने
भएको हुँदा रकम यस हस्तान्तरण कार्यक्रम केही दिन ढिला हुन गएकोमा क्षमा प्रार्थी छौ । सहयोग हस्तान्तरण पश्यात सम्पुर्ण सहयोगदाताहरुको नामावली र सहयोग विवरण अन्लाईन मिदिया, राष्ट्रिय पत्र पत्रीका मार्फत पनि स- धन्यवाद प्रकाशित गर्नेछौ।
सम्पुर्ण सहयोगी पबित्र हातहरुमा नमन।हार्दिक आभार प्रकट गर्दछौ।
धन्यवाद।
आजको भेटघात कार्यक्रम:
स्थान:- सुन्धारा,धरहरा मुनि।।
समय:- बेलुकि ५ बजे जसरि अाईपुग्नु पर्ने।।
सम्पर्क
यल वि श्रेष्ठ: 9816631686
विक्रम ठकुरि: 9861866844
#स्वतन्त्र_राष्ट्रप्रेमी_सचेत_नेपालि_एकता_अभियान
(जानकारी नेपालको राम बाट)
Post a Comment