अमेरिकाबाट छोरिको जन्मदिनको अवसरमा छात्रवृत्ति अक्षयकोषलाई १०,०००/-सहयोग

" सेवा नै धर्म हो "
अमेरिकाबाट जन्मदिन तथा नयाँबर्षको अवसरमा विद्यालयको अक्षयकोषमा सहयोग प्राप्त ।

-मुरली प्रसाद गजुरेल (१२ अप्रील २०१७)

सहिद चोक नारायणगढ चितवन स्थाई घर भै हाल अमेरिकामा बस्नुहुने नेपाल जर्नी संस्थाका भ्वाइस प्रेसिडेण्ट आदरणिय सहयोगीमनकाधनी श्री बद्री श्रेष्ठ  एंवम् नेपाल जर्नी संस्थाकी प्रेसिडेण्ट आदरणिय सहयोगीमनकीधनी श्री मौसमी श्रेष्ठज्यूको पृय छोरी रिहाना श्रेष्ठज्यूको सातौ जन्मदिनको अवसरमा चिंतवन,खैरहनी मा.वि.मा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषलाई आज  नगद रू.१,००००।-सहयोग प्रदान गर्नु भएको छ ।
अमेरिकामा बसि आफ्नो मातृभुमीलाई सम्झदै बिभिन्न सामाजिक संघ संस्थामा आवद्द सामाजिक ब्यक्तित्व आदरणिय श्री बद्री श्रेष्ठ एंवम् श्री मौसमी श्रेष्ठज्यूको प्यारी छोरी रिहाना श्रेष्ठज्यूलाई जन्मदिनको शुभकामना दिने क्रममा खुसी ब्यक्त गर्नुहुँदै वहाँले  खैरहनी बिधालयमा स्थापना गरिएको उक्त अक्षयकोषमा ५५ लाख ५० हजार पुग्न सफल भएकोमा प्रशंसा गर्नु हुँदै बधाई एंव् शुभकामना प्रकट गर्दै अमेरिकामा आफ्नो साथमा हुने पृय छोरी रिहाना श्रेष्ठ को सातौ शुभ जन्मदिनको अवसरमा सुख, शान्ति र समृद्दीको शुभकामना सहित पवित्र उदेश्यकासाथ सामाजिक अभियानको रूपमा थालनी गरिएको अक्षयकोषमा केही आर्थिक सहयोग प्रदान गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्नुहुदै उक्त सहयोग रकम प्रदान गर्नु भएको छ,।
बिधालय तथा अक्षयकोषको तर्फबाट हजुरहरू सहयोगी परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा अमेरिकामा रहेर पनि आफ्नो मातृ भुमीलाई सम्झदै आफ्नो पृय छोरा रिहाना श्रेष्ठज्यूको जन्मदिनको अवसरमा यस सामाजिक अभियानमा ह्रदयका साथ सहयोग प्रदान गर्नु हुने आदरणिय सामाजिक ब्यक्तित्व श्री बद्री श्रेष्ठ एंवम् श्री मौसमी श्रेष्ठज्यू प्रती हार्दिक आभार ब्यक्त गर्दै जन्मदिन पर्ने रिहाना श्रेष्ठ ज्यूलाई जन्मदिन तथा नयाँबर्ष २०७४ सालको सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना , सु-स्वास्थ दिर्घायूको कामना साथै उज्वल भविष्यको शुभकामना ब्यक्त गर्दछौं ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.