हरेक समयका रमाईला पलहरुले त्यतिबेला हामीलाई सम्झाउछ, कसैको मन, भावना र ब्यबहार कस्तो थियो भनेर । हजारौ सपना सजाएर, पढेर ठुलो मान्छे बन्छु भन्ने रहर जगाएर ह्वाईटफिल्ड सेकेण्डरी स्कुलमा कक्षा १२ मा अध्ययन गर्ने सबिना गुरुङ्ग स्कुलकै प्यारी बिधार्थी थिईन् । सबैको प्रिय सबिनालाई सबै बिधार्थी, उनका साथीहरु तथा शिक्षकहरुले एउटा राम्रो ईमान्दार तथा लगनशिल बिधार्थीको रुपमा हेदै आएका थिए । सायद भगवानले राम्रो र सबैले माया गर्ने मान्छेलाई छिट्टै आफुसंग बोलाउने रहेछन् क्यारे । २०५६ साल ८ महिना अर्थात मंसिर २५ गते यो संसारमा जन्म लिएकि सबिनाले २०७३ साल ११ महिना अर्थात फागुन २८ गते अकालमै यो संसारलाई छाडेर गईन् । सबैकी प्रिय सबिनालाई उक्त स्कुलले कहिल्यै भुल्न सक्दैन् । उनको सम्झनामा उक्त स्कुलले धुर्मुस सुन्तली फाउण्डेशनलाई एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि २२ हजार रुपैया सहयोग गरेको छ । सहयोग प्रति ह्वाईटफिल्ड सेकेण्डरी स्कुललाई हार्दिक धन्यवाद दिन चाहान्छौ । उनको सम्झनामा मुसहर बस्ती निर्माणका लागि दिनुभएको उहांहरुको यो सहयोगले मुसहर बस्तीमा बन्ने हरेक घरहरुको भित्तामा उनको सम्झना सधै अमर रहनेछ । र सबिनाको असामायिक निधनले उनको परिवारमा परेको शोकमा भगवानले धैर्यधारण गर्ने शक्ति दिउन भन्दै सबिनालाई हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौं ।
धुर्मुस सुन्तली फाउण्डेशन
काठमाडौं, नेपाल
Post a Comment