नवलपरासी/कावासोती/शेरगंज:कष्टकर जीवनयापन गर्न बिबस पार्वतीको उद्धार||उपचारको लागि चितवन मोडल अस्पतालमा भर्ना||
२०७३ चैत्र २२ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक) -०५६-५२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९
..................................................................
जीवनमा केहि गर्ने सपना, ईच्छा अनि चाहानाहरु थिए होलान् तर के गर्ने भाग्यले नै ठगे पछि सानै उमेरमा मानसिक सन्तुलन गुमाई आफ्नै घरमा कष्टकर जीवनयापन गर्न विवस कावासोती शेरगंजकी ३५ बर्षिय पार्वती चौधरीको बारेमा जानकारी प्राप्त भए पश्चात दिदिको बारेमा बुझ्न केहि समय उक्त ठाउँमा पुगी अवस्था अध्यन गर्दा यदि उँहाले समयमा नै अौषधी तथा पारिवारी बातावतण पाउने हो भन्ने पुन सहज जीवन जीउन सक्ने आशाका साथ फर्किएको हामी आज Mission mental health for all भन्ने नाराका साथ अगाडि बढेको चितवन अवस्थित चितवन मोडल अस्पतालसँग कुरा भए पश्चात तुरुन्तै उँहालाई उद्धार गर्ने निदो गरी दिदिलाई उद्धार गर्न मानवसेवा आश्रमका अभिभावकहरु आदरणिय रवि रोशी ज्यू, आदरणिय जोन कडेल ज्यू, पत्रकार मित्र लक्ष्मी पौडेल ज्यू तथा चितवन मोडल अस्पतालका डाईरेक्टर श्री शम्भु प्रसाद सुवेदी ज्यू, बरिष्ठ मानसिक नशा तथा लागुपदार्थ रोग विशेषज्ञ डा. गिरिराज भन्तना ज्यू, मनोपरामर्शदाता आदरणिय केदार सुबेदि ज्यू सिस्टरहरु रुपा गुरुङ्ग ज्यू, आश्मा पाठक ज्यू तथा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्यव समितिका ऊध्यक्ष आदरणिय मुक्ति प्रसाद अधिकारी ज्यू एवम् स्थानिय माहानु भावहरुको सहयोगमा उद्धार गरी उपचारको लागी चितवन मोडल अस्पतालमा लगिएको छ। प्रार्थना गरौ दिदिको स्वास्थ्यमा छिटो भन्दा छिटो प्रगति होस् ।।।
धन्यबाद।।।
Post a Comment