"चितवन जिल्लाकै गौरब चित्रवन रंगशाला निर्माणका लागि नेपाल सरकारबाट रु.५०लाख बजेट बिनियोजन।

"चितवन जिल्लाकै गौरब चित्रवन रंगशाला निर्माणका लागि नेपाल सरकारबाट रु.५०लाख बजेट बिनियोजन।

चितवन। भरतपुरमहानगर पालिका-२० मा निर्माणधिन प्रस्ताबित बैकल्पिक राष्ट्रिय रंगशाला निर्माणका लागि नेपाल सरकार युवा तथा खेलकुद बिकास मन्त्रालयबाट यश आ.ब.०७३/७४मा रु.५०लाख बजेट बिनियोजन भएको छ।करिब ५३ करोडको लागतमा निर्माणहुने पुर्ण प्याराफीट बनाउन नेपाल सरकारले बार िषक रुपमा बजेट बिनियोजन गर्नु पर्ने देखिन्छ। नेपालकै मध्री भागमा रहेको यो रंगशाला निर्माणले आगामी २बर्ष पछि    हुने अन्तर्राष्ट्रिय साग गेम सन्चालनको लागि बैकल्पिक रंगशाला बन्न सक्ने देखिन्छ।उक्त महत्त्वपुर्ण गुरु योजना पुर्णताको लागि नेपाल सरकार ,स्थानिय सरकारी निकाय, विभिन्न संघ संस्था ,अन्तर्राष्ट्रिय गैर आवासीय नेपाली संघ लगाएतले सहयोग गर्ने प्रतिबद्दता प्रकट गरेका छन।

उक्त गुरुयोजनाका लागि प्रारम्भिक चरण यो आ.ब.मा रु.५०लाख बजेट बिनियोजन गरि विशेष सहयोग पुर्याउनुहुने नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यु प्रती चितवन बासी चित्रवन युवा तथा खेलकुद बिकास समिती ,चित्रवन रंगशाला निर्माण समिति परिवार हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौ।विशेष भुमिका निर्बाह गरि सहयोग पुर्याउनु हुने आदरणीय नारायण दाहाल ज्यु तथा सुरेन्द्र गुरुङ्ज्यु प्रती हार्दिक आभार प्रकट गर्दछौ।
--चित्रवन  रंगशाला निर्माण समिती  पतिवार--

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.