चितवन सम्पर्क समिति द कोरियाले यश बर्ष बिपन्न २३ जना बालबालिकाहरुलाई पढाउने भएको छ।
- चितवन सम्पर्क समिति द कोरिया
द कोरियामा रहेका चितवनबासी हरुको साझा चौतारी हो चितवन सम्पर्क समिति द कोरिया। कोरियामा रहेका नेपाली संघ सस्थाहरुको माझमा अग्र स्थानमा रहेर सामाजिक कार्यमा जुटिरहेको चितवन सम्पर्क समिति द कोरियाले यश बर्ष चितवनमा रहेका बिपन्न २३ जना बालबालिकाहरुलाई पढाउने भएको छ।
स्थापना काल देखि नै कोरियामा रहेका चितवन बासीहरुको सुख दुखको साथी बन्दै आएको यश सस्थाले आफ्नो गृह जिल्ला चितवन मा पनि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको जग जाहेर छ। शिक्षा नै मानव जिवनको अमुल्य सम्पत्ति हो भन्ने कुरालाई आत्मसात गर्दै सल्लाहकार श्रीमती गंगा थापा (श्रेष्ठ) को संयोजकत्वमा चितवन असहाय बालबालिका सहयोग अभियान संचालन गरि रु १० लाख को अक्षयकोष निर्माण गर्न सफल भएका छौ। असहाय बालबालिकाहरुलाई माध्यमिक तह सम्मको शिक्षा प्रदान गर्न सघाउने उद्देश्य बोकि गत साल देखि अध्यन अध्यापनमा सहयोग गर्दै आइएको हो।
कोरियामा रहेका चितवनबासिहरु तथा सम्पुर्ण नेपाली समुदायको सहयोग तथा चितवन धमका -३ लगाएत विभिन्न कार्यक्रम गरि जम्मा भएको रकम बाट अक्षयकोष निर्माण गरिएको र त्यसको ब्याजबाट आगामी बर्षमा निरन्तरता दिइने कुराक जानकारी गराउनु चाहन्छौ।
गत चैत्र १४ गते सस्थाका उपाध्यक्ष दिपक बास्तोला र सल्लाहकार दुर्लभ बन्धु पोखरेल सहित पुर्व अध्यक्षहरु, राजन श्रेष्ठ र इन्द्र न्यौपाने पुर्व सल्लाहकारहरु टंक पौडेल , गिताराम सापकोटा र अन्य सहयोगीहरु सयुक्त रूपमा बिधर्थी अभिभावक र शिक्षकहरुसित सम्क्षिप्त अन्तर्कृया समेत गरि चितवन सम्पर्क समितिले गरेका काम बारेमा जानकारी गराइएको थियो र केहीलाई सहयोग गरिएको थियो। हामिले सहयोग गर्दै आइरहेको विद्यार्थीहरु र स्कुल यश प्रकार छन
१ शिरकोट निमाबी बिरेन्द्रनगर
मनिष लामा
अस्मिता खरेल
२ कंकाली माबी खैरहनी
अनिल चौधरी
दिपिका चौधरी
३ राप्राबी रातामाटे कबिलास
देबेन्द्र गुरुङ
सुरेश बिक
४ युवा मबि दिब्यनगर
दिलिप अधिकारी
प्रतीक्षा ढकाल
५ निमाबी रमाइलोडाडा माडी
साहस दरै
गोपिलाल बसेल
६ राष्ट्रिय माबी कृष्णपुर
अंकिता घताने
आरति खड्का
७ मोहना माबी रत्ननगर
भिम जर्घामगर
भूमिका रेग्मी
अंकिता महतो
८ सहिद स्मृति माबी पारसनगर
अनिल बिक
प्रतीक्षा रिमाल
९ सिद्देश्वर प्रबी गितानगर
देबिलाल प्रजा
सरास्वती बोगटी
१० राष्ट्रिय निमाबी ब्रमज्योती माडी
पुजा परियार
रोशन सुनार
११ जन कल्याण माबी कल्याणपुर
रिदिमा महतो
१२ माडी क्याम्पस माडी
सपना श्रेष्ठ
रहेका छन।माथी उल्लेखित सबै बिद्यालय पुगि पुराना बिद्यर्थि हरुको अनुगमन र निरीक्षण गरि प्रगति विवरण बारेमा चासो राखिएको थियो भने बिद्यार्थीहरुलाइ छात्रवृत्ति वितरण गरिएको थियो हामिले प्रबाशबाट थालेको काममा नेपाल बाट अथक सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ।
अघिल्लो बर्षदेखि सहयोग पाइरहेका १० जना विद्यार्थीले निरन्तरता पाइरहेका छन भने थप १३ जना गरि यश बर्षको लागि २३ जना विद्यार्थीलाई सहयोग गरिने छ। जस मध्ये १३ जनाले थप अरु बर्षमा पनि सहयोग पाउने छन भने १० जनाको हकमा पुन समितिले सल्लाह गरेर निर्णय लिने छ। यसै गरि अधिल्लो बर्ष बाट सहयोग पाइरहेका विद्यार्थी हरुलाई जाडोको कपडा बितरण गर्ने समयमा राष्ट्रिय निमाबि मंगलपुर का विद्यार्थीहरुलाइ २० हजार रुपैयाँ बराबरको स्वैटर बितरण गरि सहयोग गरिएको थियो सो समयमा हामिलाइ स्वैटर बितरण गर्न सघाउनुउने स्मिता श्रेष्ठ ज्यू लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ।
सम्पुर्ण विद्यार्थीहरुको उज्ज्वल भबिस्यको कामना गर्दै आउदा दिन हरुमा पनि यसै गरि सहयोगी भावनालाई आत्मसात गर्दै सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीले हौसला प्रदान गर्नुहुनेछ भन्ने आशा लिएका छौ ।
Post a Comment