आज पुन लक्ष्मी प्रतिष्ठानद्वारा अर्को पवित्र कार्य सम्पन्न भएको छ।
रौतहट जिल्लाको कनकपुर ५ सिमरी मा रहेको श्री निम्न माध्यमिक बिद्यालय भवन मर्मत रंगरोगन ,शौचालय ,पानि ट्यांकी लगायत ६२५ मिटर लम्बाईको ६ फिट अग्लो पर्खाल , फलामे गेट समेत निर्माण गरी आज एक कार्यक्रम गरि बिद्यालय लाई हस्तान्तरण गरियो कुनै पनि ओभरहेड कस्ट नराखी दाताको शत प्रतिशत रकम खर्च गरि निर्माण सम्पन्न गरिएको यो बिद्यालय हेल्थ नेपाल ( नेदर्लाय्न्द ) को आर्थिक सहयोगमा गरिएको हो भने उक्त संस्थाको समन्वयमा लक्ष्मी प्रतिष्ठानका उपाध्यक्ष राजु गौतम तथा संयोजक कृष्ण गौतमले २०१६ मा २ पटक युरोप भ्रमण गरि त्यहाँ फुड स्टल लगायत विभिन्न गतिविधि गरेका थिए। यस अभियानमा सहयोग पुर्याउन बेलायत बस्दै आउनु भएका लक्ष्मी प्रतिष्ठानका आजीवन सदश्य श्री सुवास न्यौपाने परिवार सहित नेदर्ल्यंड सम्म पुगेर फूड स्टल अझै प्रभावकारी बनाउनु भएको थियो। बिद्यालय निर्माणको बातावरण देखि समन्वयकारी भूमिका भने सिमरी निवासी राजु चौधरी को रहेको छ पुरै समय आफै फिल्ड मा बसेर स्वाम सेवक को भूमिका निभाउनु भएका चौधरीले ६ महिना योगदान पुर्याउनु भएको छ। बिद्यालय उद्घाटन समारोहमा हेल्थ फर नेपालकी अध्यक्ष अनुस्का विम्बर्गर ,तथा सिमोन लायत बिध्यर्थिहरु ,स्थानिय बासिन्दाहरु तथा पत्रकारहरुको उल्लेख्य उपस्थिथि थियो। निर्माण कर्ममा अनु गमनका लागि हेल्थ फर नेपालका प्रतिनिधि नेपालका वीम बर्गर ३ पटक नेपाल आउनु भएको थियो। अत्यन्तै पिछोडीएको मुसहर लगायत बस्तीमा बिद्यालय मर्मत लगायत मा ठुलो सहयोग पुर्याउनुहुने श्रद्दिया अनुइस्का लगायत हेल्थ फर नेपाल प्रतिनिधिहरु र यो पवित्र कामकालागि अवसर दिनुहुने बिद्यालय परिवार तथा कार्यक्रमा मा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरु समाजसेवी केदार तिमल्सिना लगायत , स्थानीय पत्रकार मित्रहरु सबै प्रति हामी हार्दिक आभार ब्यक्त गर्दछौ।
बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान www.laxmipratisthan.org
Post a Comment