हेटौडाको शान्ति वाटिकामा निर्मित तपाईं हाम्रै साझा नेपाल जर्नी पब्लिक लाईब्रेरी मा पुस्तक खरिदको लागि आर्थिक सहयोग।

हेटौडामा शान्ति वाटिका ,अर्थात चिल्ड्रेन पार्कमा अमेरिका रहेको परोपकारी संस्था " नेपाल जर्नी " ले नेपाल कै नमुना योग्य लाईब्रेरी , नेपाल जर्नी पब्लिक लाईब्रेरीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ , तपाईहामी सबैको साझा उक्त लाईब्रेरीमा हामीलाई धेरै किताबहरूको आवश्यकता पर्ने हुँदा उक्त खैरहनी न.पा.-८ पर्सा चितवनका धार्मिक एवंम् सामाजिक व्यक्तित्व आदरणिय सहयोगी मित्र श्री काँशीनाथ पौडेलज्यूले उक्त लाईब्रेरीमा आफ्नो पनि केही सहयोग होस् भन्ने महान बिचारले लाईब्रेरीमा आवस्यक किताब खरिद गर्नकालागी आफ्नो तर्फबाट नगद रू, २,००५ ।- सहयोग प्रदान गर्नु भएको छ । वहाँ की जिवन संगिनी श्री कुमारी पौडेलज्यूले हेटौडामा निर्माण गरिएको नेपाल जर्नी पब्लिक लाईब्रेरीकोलागी किताब खरिद गर्नका निम्ती केही आर्थीक सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै यो लाईब्रेरी देश कै नमुना योग्य लाईब्रेरी बन्न सकोस् शुभकामना ब्यक्त गर्नु भयो ।
बिभिन्न ठाउँमा सामाजिक संघ संस्थाहरूको असलकार्यमा सहयोग प्रदान गर्दै आउनु भएका आदरणिय सहयोगी मित्र काँशीनाथ पौडेलज्यूलाई आफुले नेपाल जर्नीले नेपालमा गरेको असल कार्यको बारेमा अवगत गराएपछि खुसी ब्यक्त गर्दै ह्रदय देखी नै उक्त सहयोग रकम प्रदान गर्नु भएकोमा नेपाल जर्नीको अध्यक्ष श्री मौसमी श्रेष्ठज्यू लगायत सम्पुर्ण सहयोगीटिमको तर्फबाट हजुरहरूको सहयोगी परिवार प्रती हार्दिक आभार ब्यक्त गर्दछौ । साथै तपाईको सुझाव र सहयोगकोलागी सधै अपेक्षा गर्दछौ ।

Nepal Journey (नेपाल जर्नी)  

Founder/President

Mausami Shrestha

For your support please call us 214-226-9168 

Visit our website : 

http:/www.nepaljourney.org

 https://www.gofundme.com/clean-safe-reliable-water

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.