२० हजार पैसा, थुप्रै ID हरु सहित भेटियको पर्स सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण ।
सिराहा निवारी मोहम्मद फैयाज भारतको जय नगरमा बजार गर्न जाँदा बाटोमा फेलापारेको थुप्रै कागजपत्र र नेपाली रु. २०,०००/- (बीस हजार) सहितको पर्स आज सम्बन्धित ब्यक्तिलाई भेटेर हस्तान्तरण गर्नुभयको छ।
३ दिन अघि सामाजिक सन्जालमा जाबिर सिद्दिकी को सहयोगमा मिस यु नेपाल पेज बाट पोस्ट भयको पर्स भेटियको जानकारी धेरै जनाले आफ्नो फेसबुकमा सेयर गर्नुभए पछि आज सम्बन्धित ब्यक्ती बुधान पास्मान ले देखेपछि दिइयको सम्पर्क नम्बरको माध्ययम बाट आफ्नो पर्स तथा पर्समा रहेका सम्पुर्ण महत्वपुर्ण कागजपत्र, पैसा जस्ताको तस्तै बुझ्नुभयको खबर जाबिर सिद्दिकिले जानकारी गराउनुभयो।
सबैमा यस्तै सहयोगी भावना जागोस। यस्तो कार्यमा प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा सघाउनुहुने सबैलाई हार्दिक धन्यबाद।
Post a Comment