हाम्रो गौरब साली संस्था बाग्लुङ सेवा समाज बहराइन को तेस्रो सधारण सभा पछि हिजो शुक्रबार को दिन समिक्षा बैठक सम्पन्न गरियो संस्था का अध्यक्ष श्री अोम पुन मगर प्रमुख सल्लाहकार श्री जिबन रोका मगर र कार्य समिती का प्रतिनिधि ज्यु हरु को उपस्थितीमा अत्यन्तै सौर्न्दर्य बाताबरण मा सम्पन्न गरियो ।हाम्रो संस्था सुरु हुदा देखिनै बिभिन्न समस्या परि आर्थिक अभावले उपचार गर्न नसक्ने अवस्था भएको ब्यक्ती लाइ प्रकृतिक विनाश जस्ता बिनास्कारी प्रकोप बाट पीडित अबस्था लाइ मध्यनजर राख्दै हाम्रो सानो सहयोगले केहि परिबर्तन हुन्छ भने हामी गर्नुपर्छ भन्ने हेतु राख्दै समय समय मा सहयोग गर्दै आयका छौ ।यसै गरि बाग्लुङ जिल्ला क्षेत्र न ३ निसि गबिस वडा न ३ घर भयका खिमलाल जैसी उमेर २६ बर्ष यो उमेर मा मुटुको समस्या भै सल्यक्रिया गर्नु परेको हुदा केहि आर्थिक अभाब ले भनेको समय मा सल्यक्रिया गर्न असमर्थ भयको कारणले हामीले हाम्रो संस्था का कोषाध्यक्ष श्री तेजेन्द्र बुढा को पहलमा उहाको कम्पनी मा केहि साथी हरु संग र हाम्रो सस्था बाग्लुङ सेवा समाज बहराइन बाट केहि आर्थिक रकम संकलन गरि तेजेन्द्र बुढा ज्यु लाइ हस्तान्त्रण गरियो ।हाम्रो सबै को तर्फ देखी खिमलाल जैसी ज्यु को शिग्र स्वास्थ लाभको कामना गर्द छौ।
महासचिव प्रबिन खत्री
( बाग्लुङ सेवा समाज बहराइन परिवार)
Post a Comment