आश्रममा आश्रय लिइरहनुभयकी ७५ बर्ष कि आमालाई छोरिले आँफैले रेख देख स्याहार संभार गर्ने गरि घर लैजानु भयो।
७५ बर्ष कि आमाको पारिवारिक पुन:र्मीलन--- सिन्धुपलाञ्चोक घर भएकी आमा काइलीं तामाङ् आफ्नी छोरीको घर ल.पु.नख्खुडोलबाट हराउनु भईमानवसेवा आश्रम ललितपुरमा गत:बैशाष २० देखि आश्रय लिंदै आउनु भएको थियो। अल्जाईमरको समस्याबाट पिडित आमाको आफन्तजनको खोजी कार्य आश्रमले निरन्तर जारी राखे पश्चात् छोरी निरमाया तामाङ् आश्रमको सम्पर्कमा आउनु भयो। आमा र छोरीको भेटले ल्याएको खुशी साटासाट पश्चाात् आफ्नी आमाको रेख देख स्याहार संभार आफैलें गर्ने गरि पुन: आफ्नै घर नख्खुडोल लैजानु भएको छ।
थप जानकारीको लागि फोन नं. ०१५२५१२६२/ ९८५५०७६००५
Post a Comment