चौरासीको पावन अवसरमा मानवसेवा आश्रम - गोरखाको सेवा कार्यलाई रू. ५०,०००।- ( पचास हजार ) स - प्रेम अर्पण!
सम्पर्क फोन : ०६४ -४२०६९४,९८५५०७६००६,९८५५०७६००१
.................................................
काठमाडौं, बत्तिसपुतली निवासी परोपकारी एंव मानवीय भावनाले ओतप्रोत आदरणीय बुबा कवी केशरी बस्नेतज्यू र आमा शान्ता बस्नेतज्यूले आफ्नो चौरासीको पावन अवसरमा मानवसेवा आश्रम - गोरखा शाखाको गरिमा बढाई रहनु भएका बालगोपालहरूको सेवा कार्यलाई थप सरल र सहज बनाउन सहयोग पुर्याउने अभिष्ट राखी रू.५०,०००।- ( पचास हजार ) स - प्रेम अर्पण गर्नु भएको छ।
सेवा का लागि अर्पण भएको योगदान रकम मानवसेवा आश्रमका संरक्षक आदरणीय आमा रसना टण्डनज्यूले आश्रमलाई स-प्रेम हस्तान्तरण गर्नुभएको मानवसेवा आश्रमको सचिव एंव चितवन जिल्ला संयोजक रूपा के.सीज्यू ले जानकारी दिनु भएको छ।
मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने उदारमना श्री कवी केशरी बस्नेतज्यू र शान्ता बस्नेत ज्यू लाई धेरैधेरै साधुवाद एंव सुख, शान्ति, सम्वृद्दी, दिर्घायूको हार्दीक मंगलमय शुभ - भावना !
............................................................
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।)
- धन्यवाद!
Post a Comment