मातृभुमिको लागि पर्बत सेवा समाज ईजरायल ले पर्बतको दलित बस्तीमा रहेका १०४ जना अनाथ बालबालिका हरुलाई स्कुल ब्याग,कापिकलम तथा ह्वाईट बोर्ड बितरण||

मातृभुमिका लागि पर्बत सेवा समाज नेपाल साखा ईजरायल

"बाध्यताले देखायो परदेशको बाटो
नभुलौं  कसैले जन्मेको माटो"

भन्ने नारालाई आत्मसाथ गरि रोजगारिको सिलसिलामा रहेका पर्बतेलिहरु मिलि गठन भयको गौरबशाली संस्था मातृभुमिका लागि पर्बत सेवा समाज नेपालले स्थापना काल देखिनै पर्बतमा मात्र नभई नेपालमा विभिन्न भागमा अशहाय गरिब तथा विभिन्न भैपरिआउने आपत बिपद साथै स्वास्थ्यको क्षेत्रमा धेरै मृगौला पिडित हरुलाई उपचारको लागि सहयोग , महिला हरुको लागि गाईनो शिबिर, लगायतका सहयोगका साथै विशेष गरि सेवा नै धर्म हो भन्ने नारालाई अगाढी बढायर गरिब असाहाय बालबालिकाको लागि संस्थाले विशेष अभियानका रुपमा शैक्षिक तथा खेलकुद सामाग्री बितरण गर्दै आयको कुरा हामी सबै माझ छर्लङ्ग छ, यसै गरि सहयोगको शिलशिला अगाढि बढाउँदै हाम्रो संस्था मातृभुमिको लागि पर्बत सेवा समाज ईजरायल शाखा बाट मल्लाज को दलित बस्तीमा रहेको समाज कल्याण आधारभुत स्कुलका १०४ जना बिद्यार्थी हरुलाई स्कुल ब्याग,कापिकलम , ह्वाईट बोर्ड बितरण गरियो।

सो कार्यक्रममा हामिलाई साथ दिनुहुने प्याप्सन पर्बत,होटेल बेन्जु लगायत स्कुलका प्र.अ. ओम सर , क्लब का पुर्ब अध्यक्ष लगायत मातृभुमिकालागी पर्बत सेवा समाज नेपाल शाखा ईजरायलका अध्यक्ष नरेन्द्र क्षेत्री लगायत सम्पुर्ण पदाधिकारी तथा कार्यसमितिका साथी हरुलाई सबैलाई धन्यबाद दिन चाहन्छौं।

मातृभुमिका लागि पर्बत सेवा समाज ईजरायल

अध्यक्ष : नरेन्द्र क्षेत्री 

महासचिव : ज्योती शर्मा 

 टाईपिङ: प्रभा पौडेल शर्मा 
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.