Apuro mission taisya lai purnata dina Ko lagi Aaju 1sahasi mahila jo aafu chhori manchhe Vayara Pani yo desko paryatakiya chhetra Ramro sahasi mahila guide Vayara lamo samaya bitaunu vayo samaya bitdai jada biba pachhiko samaya Switzerland bibaha vai raheko Nepali kalakarlai maya Garnu hune nana Sanju Tamang Gurung lai Dherai dhanyabad 🙏20000
- सुकुमाया तामाङ
"सानो छाप्रो पनि बाढीले बगाईदिए पछि सडकमा जिउन बाध्य शारिरीक र मानसिक रुपमा असक्त ताईस्या स्याँगतन को परिवारलाई नायिका सुकुमाया मोक्तान ले घर बनाईदिने।"
---==-=================-==---
४० बर्षीय ताईस्या स्याँगतन लालभिटी सर्लाहीवासी हुन् । वहॉं शारिरीक र मानसिक रुपमा असक्त हुनु हुन्छ । वहॉंको जन्म एउटा गरीब परिवारमा बुबा स्वर्गीय. जीत बहादुर स्याँगतन र अामा स्वर्गीय सुकुमाया वाईवाको कोखमा भएको थियो । वहॉँ परिवारमा जेठी छोरी हुन र एक बहिनी पनि छ । सानो छदा नै उनको आमा-बुबाको पनि मिरतु हुन गयो अनि उनीहरु बसिरहेको सानो छाप्रो पनि बाढीले बगाई दियो। हुनेको जाईताई, नहुनेको कही न कही भनेको जस्तो भयो। उमेर बढदै जाने क्रममा बहिनीको विवाह भयो र दिदी ताईस्यालाई एकलै छाडेर गईन । मानसिक रूपमा पनि अलि असक्त रहेकी ताईस्या सडकमा जिउन बाध्य भईन। सडकमा नै जिवीको पार्जन गरी बाचिरहेकी ताईस्यालाई पनि यो स्वार्थी समाजका नरपिचासहरूले शान्ति संग बाच्न दिएनन। आखिर ३० बर्षाको उमेरमा कोही अपरिचित व्यक्ति बाट ऊनी बलत्क्रित हुन पुगिन र गर्भवती भईन। अहिले उनको एक ९ बर्षीय छोरी माया घिसिगं साथमा छिन।सुने अनुसार ताईस्या र उनकी छोरी लाई त्यही गाऊको एक जना घिसिगं थरको मान्छेले नाम दिएर देखभालको ज़िम्मा दिएकोरहेछ, तर पछि त्यो मान्छेले पनि ऊनीहरुलाई छोडी गएछ्न। घर नहुनाको कारणले आमा र ९ बर्षकी छोरी माया दुवै असुरक्षित छन।आसपासका मान्छेहरूबाट जानकारी पाए अनुसार ताईस्या सहयोग गरी दिनुस् न भनी भीख माग्थिन् तर कोही पनि यस यौन शोशनमा परेको महिलालाई दया र सहयोग गर्न तयार छैनन। आजको दिन सम्म आईपुग्दा त्यो ठाऊमा ताईस्या मात्र हैन ऊनको ९ बर्षको छोरी माया पनि सुरक्षित छैनन। गाऊँमा सुने अनुसार आज पनि ताईस्यालाई गिद्दे नजर लगाऊने मान्छेहरुको कमी छैन, हरेक रात ऊनको चिच्याहाट सुनिन्छ रे तर ऊनको सहयोग मा मध्य रातमा कोही हुदैनन। अबको दिनमा ताईस्या जस्तै ऊनको छोरीको पनि हालत नहोला भन्न सकिन्न। जब मैले पहिलो पटक यस्तो कहाली लाग्दो कुरा सुने र देखे म आफैलाई अपठेरो र दुख लाग्यो । यस्तो मानसिक रुपमा पनि अलिक बिरामी र शारिरीक अवस्था ठिक नभएको महिला माथि अमानवीय अन्याय र यौन शोशण भएकोमा यो उनको गल्ती थिएन । मलाई उनको ९ बर्षे छोरी र आमा प्रति सोच्न बाध्य बनायो र कुनै प्रकारको सहयोग गरी दुवैको जीवन सुरक्षाको व्यवस्था मिलाउनु पर्छ भन्ने लाग्यो । दुवै आमा छोरीले अरूले जस्तै समाजमा सुरक्षित साथ बॉंच्ने हैसियत र अधिकार राख्दछ भन्ने लागेकोले मैले सहयोग संकलन गरी सानो छाप्रो छाना हाली दिने निर्णय लिएँ जहॉं आमा छोरी सुरक्षित साथ बाँच्न पाउने छ । मैले अन्यत्र पनि बस्ने सानो घर र व्यवस्था मिलाई दिन्छु भन्ने प्रस्ताव गरेकी थिएँ तर ताईस्या आमा छोरीले त्यस ठाउँ छोडी अन्यत्र जान अस्वीकार गरिन् । वहॉंहरूको ईच्छा विपरीत जान म पनि सकिन र त्यही सानो कटेरो हाली दिने सोच बनाएँ जहॉं आमा छोरी बस्न र रमाउन सकुन् । तर म एकलैले यो सहयोग गर्न सक्दिन र मलाई जरूर सहयोगी हातहरूको आवश्क छ । बेसाहरा र असहाय गरीब दिन दुखीको सेवा गर्नु नै मानवीय महान धर्म हो। ताईस्या र ऊनको छोरीको उचित आधारभूत आवश्यकता गास, बास, कपासको ब्यबस्था गरि दिनु एकदम ज़रूरी छ। मलाई विस्वास छ यहॉंहरूले यी असाहय अामा छोरीको लागि मनको पोको खोल्नु हुने नै छ । सहयोग रकम पारदर्शी र विवरण पेश गर्ने नै छु । धन्यवाद।
सहयोगको लागि खाता नं. 025001551C Moktan Films 0000287176 Nepal Bangladesh Bank (NB Bank)
बिस्त्रीत जानकारी तथा सहयोगको लागि सम्पर्क:- ९८४१३७०९५३ // 9841370953
(जानकारि : नायिका सुकुमाया मोक्तानकै फेसबुक बाट)
Post a Comment