युलेसबाट बविना खड्का ज्युले १७ बर्षदेखी पिउनेपानी को अभाब रहेको गाउँमा घर घरमा पानी पुर्याउने अभियानमा १०१ डलर सहयोग||नेपाल जर्नी||

A source of clean water is essential to helping people meet their most basic human needs. Make a tax-deductible gift now to help a in need. We are thankful to Babina Khadka for your contributions of $101

कृतज्ञता छौं, स–प्रेम भेटका लागि।

आदरणीय बविना खड्का हाल युलेसमा रहेर पानि प्रोजेक्टका लागि १०१ डलर सहयोग गरेर मानविय कार्यमा एक इट्टा थपिदिएर हामीलाई प्रेरणा दिनुभएकोमा आभार व्यक्त गर्न चाहन्छौ ।
फलेको बृक्ष सदैव झुकेको पाइन्छ । झुक्नेले नै सहजरुपमा सिक्न सक्छ । झुक्नु र सिक्नु जीवनका दुई पाटा हुन । सिक, टिक र विक भन्ने महामन्त्र बविनाजीको जीवनमा देख्न पाइन्छ ।तपैको जीवनमा सदैव अरुलाई सहयोग गरीरहन भावना जागृत भइरहोस । ईश्वरको कृपापात्र बनिरहनु होस । सहयोग को लागि धन्यबाद
संस्थापक अध्यक्ष
मौसमी श्रेष्ठ

विज्ञानको चरम विकाशले चन्द्रमा मा समेत समुन्द्रको खोजि भइरहेको अवस्थामा नवलपरासीको (मध्यबिन्दु नगरपालिका) मुकुन्दसेन गाविसमा विगत १७ बर्षदेखी पिउने पानीको समस्याले जीवन कष्टकर भइरहेको खवरले नेपाल जर्नि परीवारलाई मर्माहत तुल्याएको छ । पानि जस्तो सामान्य आधारभुत आवश्यकतालाई सरकारको बेखवरले एकपटक हामी सवैलाई झस्काएको भान भएको छ । एक गाग्रो पानिले एक हप्ता पुर्याउनु पर्ने अवस्थाको कल्पना समेत गर्न गाह्रो हुने गर्दछ । 
पानि जीवनको अनिवार्य आवश्यकतालाई परिपूर्ति गर्ने अभिष्ट लिएर हामी गैर आवासिय नेपालीहरुको सक्रियतामा सञ्चालन भइरहेको उदयमान सामाजिक संस्था नेपालजर्निले पानिको व्यवस्था मिलाउने पवित्र उद्धेश्यलाई सफल बनाउन पानि प्रोजेक्टका लागि पुर्याउनु भएको अतुलनिय सहयोग प्रति हामि आभार व्यक्त गर्दछौ । 

Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.

Nepal Journey (नेपाल जर्नी)  
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168 
Visit our website : 
http:/www.nepaljourney.org
सहयोग गर्नको लागि >> https://www.gofundme.com/clean-safe-reliable-water
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.