नव-बिबाहित जोडिले बिहे खर्च जोगाएर समाजसेवाका लागि फाउण्डेशनलाई १ लाख ५० हजार सहयोग

बिबाह जीवनमा एकपटक गरिन्छ, त्यसलाई तामझाम संग मनाउनु भन्दा पनि सम्झन लायक बनाउनु पर्छ । त्यस्तै सोचका साथ पोखरा लेक साईड, कास्कीका नव-बैबाहिक जोडि रिजन पौडेल र माछापुछ्रे गाउँपालिका-२ कि लिला आचार्यले बिहे खर्च जोगाएर समाजसेवाका लागि सहयोग गर्नुभएको छ । उहांहरुले बैबाहिक जीवनमा बाधिएको शु अवसरमा फाउण्डेशनलाई १ लाख ५० हजार सहयोग प्रदान गर्नुभएको हो । उहांहरुले उक्त सहयोग रकम बैसाखमै फाउण्डेशनलाई दिने भनिए पनि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ बाहिर रहनुभएको हुनाले आज फाउण्डेशनको कार्यालयमै आउनुभई सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हार्दिक धन्यवाद ज्ञापन गदै सफल दाम्पत्य जीवनको कामना गर्दछौं ।

नमस्कार, धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नका लागि बैंक अफ काठमाण्डौको खाता नम्बर ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि ९८०३४७२४७६, ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला ।
DSF, Kathmandu

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.