जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटौती गर्दै विद्यालयको अक्षयकोषमा ।

" सेवा नै धर्म हो "
जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटौती गर्दै विधालयको अक्षयकोषमा ।
खैरहनी न.पा.-९ डाडाँ गाँउ चितवन ,निवासी हाल काठमाण्डौ. बानेश्वर  बस्नुहुने खैरहनी माविका पुर्व बिधार्थी धार्मिक एंवम् सामाजिक ब्यक्तित्व आदरणिय सहयोगी मित्र श्री भक्त हमाल एंवम् श्री ईन्दिरा हमालज्यूकी पृय छोरी Creesty  Hamal ज्यूको आज आषाढ़ -१५ गते अर्थात राष्ट्रिय धान दिवसको दिन पर्न गएको शुभजन्मदिनको अवसर पारेर चितवन,खैरहनी मा.वि.मा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषलाई आज नगद रू.१,१००।-सहयोग प्रदान गर्नु भएको छ ।
यस सामाजिक अभियानमा निरन्तर सहयोग प्रदान गर्नु हुने खैरहनी स्कुलका पुर्ब बिधार्थी सहयोगीमित्र श्री भक्त हमाल एंवम् श्री ईन्दिरा हमालज्यूलाई वहाँको पृय छोरी Creesty Hamal ज्यूलाई जन्मदिनको शुभकामना प्रदान गर्ने क्रममा खुसी ब्यक्त गर्नु हुँदै सम्पर्क गर्नु हुदै हामीले अध्यन गरेको खैरहनी मा.वि.मा आर्थीक अभावको कारण उच्च शिक्षा अध्यनगर्न कठिनाई पर्ने जेहेन्दार तथा असाह्यगरीब विधार्थीहरूकोलागी उच्च शिक्षा अध्यनगर्न " एक करोडको " लक्ष्यकासाथ सामाजिक अभियानको रूपमा थालनी गरेको अक्षयकोषमा ५९ लाख पुग्न सफल भएकोमा प्रशंसा गर्नु हुँदै बधाई एंव् शुभकामना प्रदान गर्दै पृय छोरी Creesty Hamal को आज आषाढ़ १५ गते , अर्थात राष्ट्रिय धान दिवसको दिन पर्न गएको जन्मदिनको अवसरमा सुख , शान्ति र समृद्दीको शुभकामना  प्रदान गर्नुहुदै,जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई परोपकारी कार्यमा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्नुहुदै अक्षयकोषले लिएको आफ्नो लक्ष्य चाँडै पुराहोस् भन्ने शुभकामान समेत प्रदान गर्नु भएको छ ।
विधालय तथा अक्षयकोषको सम्पुर्ण परिवार उहाँका सहयोगी परिवार प्रती  हार्दिक आभार ब्यक्त गर्नुकासाथै यस सामाजिक अभियानलाई शुभ जन्मदिन साथै अाषाढ -१५ अर्थात राष्ट्रिय धान दिवसको अवसर पारेर काठमाण्डौ देखी ह्यदयका साथ सहयोग प्रदान गर्नुहुने Creesty Hamal ज्यूलाई शुभ जन्मदिन शुभकामना,सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको कामना ब्यक्त गर्दछौं ।

- श्री खैरहनी उ. मा. बि. जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोष

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.