जापानबाट जन्मदिनको अवसरमा गरिने फजुल खर्च बिद्यालयको अक्षयकोषमा प्रदान।
राप्ति न.पा.-९ ब्रह्मानगर ,चितवन स्थाई घर भै हाल जापानमा बस्नुहुने खैरहनी स्कुलका पुर्ब बिधार्थी सहयोगी भाई श्री असोक शर्माज्यूको आज पर्न गएको ( आषाढ़ -१५ ) जन्मदिनको अवसरमा खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा नगद रू. १,०५०।-
आज बिहान जन्मदिन पर्ने भाई असोक शर्माज्यूलाई जन्मदिनको शुभकामना प्रदान गर्ने क्रममा खुसी ब्यक्त गर्नु हुदै आफुले अध्यनगरेको बिधालयमा एक करोडको लक्ष्यकासाथ अक्षयकोष स्थापना गरि हाल सम्म ५९ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना प्रदान गर्दै जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई परोपकारी कार्यमा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै उक्त सहयोग रकम प्रदान गर्नु भएको छ । वहाँलाई बिधालय तथा अक्षयकोषको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दै आज आषाढ़ -१५ गते पर्न गएको राष्ट्रिय धान दिवस साथै जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना, सु-स्वास्थ्य दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।
मुरली प्रसाद गजुरेल
Post a Comment