अष्ट्रेलियाबाट जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्च बिद्यालयको अक्षयकोषमा ।
रत्ननगर नगरपालिका -६ बछौली चितवन निवासी आदरणिय सहयोगी दाजु श्री लिलानाथ पाठक एंवम् श्री अनिता पाठकज्युको अष्ट्रेलियाको पर्थमा बस्नुहुने प्यारो छोरा बिपीन पाठकज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा सुख,शान्ति र समृद्दीको शुभकामना प्रदान गर्नु हुँदै जन्मदिनको अवसरमा
गरिने फजुल खर्च अर्थात अनुत्पादक खर्चलाई कटौती गर्दै खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू.३,३३३।-सहयोग प्रदान गर्दै आफ्नो जन्मदिन मनाउनु भएको छ ।
आज बिहान अष्ट्रेलियाको पर्थमा हुनुहुने सहोयगी भाई श्री बिपीन पाठकज्यूलाई सामाजिक संजाल फेसबुक मार्फत जन्मदिनको अवसरमा सुख, शान्ति र समृद्दीको सुभकामना प्रदान गर्ने क्रममा ब्यक्त गर्नु हुँदै खैरहनी मावीमा जेहेन्दार तथा असह्याय गरिब बिधार्थीहरूकलागी निःशुल्क पठनपाठन गर्न एक करोडको लक्ष्यकासाथ थालनी गरिएको अक्षयकोषमा ६२ लाख पुग्न सफल भएकोमा बधाई साथै शुभकामना प्रदान गर्दै अष्ट्रेलिया देखी आफ्नो मातृभुमीलाई सम्झदै जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्चलाई कटौती गर्दै बिधालयको अक्षयकोषमा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसीब्यक्त गर्दै उक्त सहयोग रकम वहाँको बुबा आमा श्री लिलानाथ पाठक एंवम् श्री अनिता पाठकज्यूले प्रदान गर्नु भएको छ ।
बिधालय तथा अक्षयकोषको तर्फबाट वहाँका सहयोगी परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा अष्ट्रेलिया देखी आफ्नो जन्मदिनको अवसरमा ह्रदयदेखी सहयोग प्रदान गर्नु हुने आदरणिय सहयोगी भाई श्री बिपीन पाठकज्यूलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना, सु-स्वास्थ्य दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।
संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने
१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२
२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।-
३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ ।
गरिमा बिकास बैंक खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ ।
- मुरली प्रसाद गजुरेल
Post a Comment