हे शुद्ध चित्त , हे बुद्ध चित्त तपाईंहरुको जय होस् !
लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती १३ मा रहेका अति सिमान्तकृत गरीब चेपाङ बालबालिकाहरुका लागि संचालन गरिएको कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका विद्यार्थीहरुको पठनपाठनलाई दिगो बनाउन संचालित साथीका लागि साथी कार्यक्रममा समावेश गरिएका मध्ये कक्षा २ मा अध्ययनरत अब्राहम प्रजालाई सयुक्त राज्य अमेरिकाको बोस्टन निवासी प्रशन्न +सुशिला संग्रौला दम्पतीले आफ्नी छोरा आरोहन को लागि साथी (दाजु )को रुपमा स्वीकार गर्दै अभिभावकत्व ग्रहण गरी पहिलो एक बर्षको लागि उक्त छात्रावासमा बस्न , खान र पढन लाग्ने खर्चआबस्यक रु ५१ ,००० / उपलब्ध गराउनु भएको छ। एउटा गरिब परिवारमा जन्मिएका अब्राहम लागि उक्त छात्रावासमा उपलब्ध हुने गुणस्तरीय शिक्षासंगै खाने र बस्ने व्यवस्थामा पुगेको सहयोगले अब्राहमको रुपमा राष्ट्रले एउटा कर्णाधार प्राप्त गर्नेछ भने कान्दाली छोरा छोरी मार्फत राष्ट्रको विशिष्ट पहिचान बन्ने छ म विश्वस्त छु । यो मानविय अभियानमा सहयोग पुर्याउनु हुने सानोबाबु आरोहन संग्रौला लगायत उहाँका माता पिता प्रति हामी हार्दिक सम्मान ब्यक्त गर्दछौं ।
अध्यक्ष
विष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ।
http://www.laxmipratisthan.org/sponsor-a-child/
Post a Comment