स्व. माता र पिताको सम्झनामा एकदिन भरिको भोजनसेवा स-प्रेम अर्पण

"स्व. माता र पिताको सम्झनामा एकदिन भरिको भोजनसेवा स-प्रेम अर्पण"
२०७४ भदौ ०५ गते 
मानवसेवा आश्रम,बाग्लुङ(लालिगुँरास चोक)


बाग्लुङ १ रामरेखा निवासी परोपकारी मनका धनी,सहयोगी आदरणीय दुर्गा ब. आचार्य,बाल कु.आचार्य लगायत सम्पुर्ण आचार्य परिवारले स्व.श्री गणेश्वर आचार्य,स्व.श्री हरिकला आचार्यज्यु लगायत सम्पर्ण पितृहरुको सम्झनामा कुसे औशीको अवसर पारि मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुलाई एकदिन भरिको भोजनसेवा स-प्रेम अर्पण गर्नु भएको छ ।उक्त कार्यक्रममा रामरेखा क्षेत्रका आदरणिय सहयोगि मानवियतका पुजारि विभिन्न व्यक्तित्वहरुको आगमन भएको थियो र सबैजनाले मुठ्ठिदान स्वरुप नगदसेवा पनि गर्नुभएको थियो त्यसमथ्य कृष्ण ब. क्षेत्री ज्यूले एक कप चिया अभियानमा सहभागी हुने कुरा व्यक्त गर्नुभएको छ। यस कार्यक्रमको संयोजन आदरणीय मानवसेवा आश्रम बाग्लुङका अभिभावक श्री मनिष रायमाझीज्युले गराउनुभएको हो।

यस मानवीय सेवालाई थप सहज र सरल बनाईदिनु हुने आदरणीय आचार्य परिवार लगायत सम्पर्ण रामरेखा बासिलाई हामी आश्रम परिवारको तर्फबाट धेरै धेरै साधुवाद ।हजुरहरुलाई सादैव सुखले खान पुगोस र खुसीले दिनदुखि हरुको लागि दान गर्न पुगोस ।
धन्यबाद।।।
सेवा र सहकार्यको लागीः- ०६८ ५२०७४५, ९८५५०७६००९


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.