‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’
तराईमा बाढी पिडितहरुका लागि राहत सामाग्री संकलन गरिरहनु भएका गोठाटार ब्याईज युनियन क्लबले लत्ता कपडा, चाउचाउ, जिवनजल र क्लोरिन ट्याबलेट समेत बाढी पिडितहरु सम्म पुर्याउन अनुरोधका साथ धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । यस अभियानमा जोडिनुभएकोमा सम्पुर्ण गोठाटार ब्याईज युनियन क्लबमा सदस्यहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
यो विपदमा परेका पिडितहरुलाई हामी सबैले सकेको सहयोग गरौं ।
धुर्मुस सुन्तली फाउण्डेशनले तराईका बिभिन्न स्थानमा रहेका बाढी पिडितहरुलाई राहत वितरण गरिरहँदा बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरु के लाने भनेर अन्योलमा हुनुहुन्छ भने तत्काललाई आवश्यक देखिएको लत्ता कपडा, सिरक डस्का, लाउने लुगा, म्याट, तन्ना, ब्ल्याङकेट, टर्च लाईट, पिडितहरु बाहिर बसिरहेका हुनाले झोल अन्य खानेकुराका सामाग्रीहरु, सबैतिर डुवान भएकाले खानेपानी सुद्धिकरण गर्ने उपकरण तथा खानेपानी, लगायत अन्य अति आवश्यक सामाग्रीहरु जुक्ता चप्पल समेत सहयोग गर्न सक्नुहुनेछ । हामीमार्फत सहयोग दिन चाहने सहयोगीहरुले फाउण्डेशनको सम्पर्क नम्बर ०१ ४४८१६२२ मा सम्पर्क गर्नुहोला । आर्थिक सहयोग गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनको कृषि बिकास बैंकको खाता नं. ०२१०६०१०३३९२००२० वा रेमिट्यान्स मार्फत ललितपुरको ठेगानामा कुन्जना घिमिरेको नाममा पठाउन सक्नुहुनेछ । कृपया सहयोग पठाईसकेपछि आफ्नो जानकारी पनि उपलब्ध गराईदिनुहोला ।
हामी तपाईहरुले दिनुभएको राहत सामाग्री पिडितहरुमाझ छिटो भन्दा छिटो पुर्याउने छौं । यस बिपदमा परेका तराई बासी नेपालीहरुको उद्धारका लागि सबै जुटौं र सकेको सहयोग गरौं ।
- धुर्मुस सुन्तली फाउन्डेसन
Post a Comment