बेलायत बाट लेखनाथ तथा रीता घिमिरे दम्पती द्वारा चेपाङ बालकलाइ छोराहरुका बाल साथीको रुपमा स्वीकार गरि पढाईका लागि रु. ५०,०००/- सहयोग।

हे शुद्ध चित्त , हे बुद्ध चित्त , हजुरको जय होस् !
लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती नगर पालिका १३ कान्दामा अति सिमान्तकृत चेपाङ्ग बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउने हेतुले संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका र " साथिका लागि साथी " कार्यक्रममा समावेस गरिएका मध्ये नर्सरी कक्षामा अध्ययनरत विकास प्रजालाई बेलायत को लन्डन  निवासी श्रद्धेय लेखनाथ+रीता घिमिरे दम्पती ज्यूले आफ्ना छोराहरु द्वय साशंक+सम्यक घिमिरे  द्वयका  बाल साथीको रुपमा स्वीकार गरी अभिभावकत्व प्रदान गर्दै उनलाई एक बर्षका लागि उक्त छात्रावासमा खान , बस्न र पढ्नको लाग्ने रु ५०,०००. ०० उपलब्ध गराउनु भएको छ ।
सत्कर्मद्वारा आफ्नो देश र समाजलाई योगदान पुर्याउनु हुने श्रद्धेय घिमिरे परिवार  प्रति हाम्रो उच्च सम्मान छ । हामीलाई विश्वास छ मानविय सेवामा समर्पित उहाँहरूकोको यो सहयोगले विकाश प्रजा को रुपमा एक दिन देशले शिक्षाले परिष्कृत सक्षम व्यक्तित्व प्राप्त गर्ने छ । परिणामत: कान्दा जस्ता थुप्रै कन्दराहरु शुन्दर र समुन्नत हुँदै जानेछन् भन्ने विश्वासका साथ घिमिरे  परिवार  प्रति यो सहकर्यका लागि हार्दिक आभार व्यक्त गर्दछौं ।
हामी सबै को जय होस् !

बिष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ,परिवार ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.