अमेरिकाबाट सुरेश पोख्रेल तथा अमर क्षेत्री ज्युको परिवारले ४ जना चेपाङ बालबालिका लाई शिक्षाका लागि पुन: $२०००(डलर) सहयोग।

हे शुद्ध चित्त , हे बुद्ध चित्त , हजुरको जय होस्   !

लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती नगर पालिका १३ कान्दामा अति सिमान्तकृत चेपाङ्ग बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउने हेतु संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका सुशन तामांग , सुरेश प्रजा ,   सियोंन प्रजा तथा सितामाया प्रजालाई संयुक्त राज्य अमेरिकाको टेक्सासको  ड्यालस निवासी श्रद्धेय सुरेश पोख्रेल + अमर क्षेत्री लगायत उहाँहरुको परिवारले  अघिल्लो वर्ष देखिनै ४ जना बालबालिकाहरुलाई स्पोन्सर गर्दै आउनु भएकोमा उक्त अभियानलाई निरन्तरता दिंदै पुन: $२००० उपलब्ध गराउनु भएको छ ।
सँधै सत्कर्मद्वारा आफ्नो देश र समाजलाई योगदान पुर्याउनु हुने श्रद्धेय पोख्रेल तथा क्षेत्री परिवार प्रति हाम्रो उच्च सम्मान छ । हामीलाई विश्वास छ मानविय सेवामा समर्पित उहाँहरुको यो सहयोगले एक दिन देशले शिक्षित , परिस्कृत र सक्षम नागरिकहरु प्राप्त गर्ने छ भने कान्दा जस्ता देशका थुप्रै भूभागहरु रुपान्तरण हुँदै जानेछ , जसको प्रभाव समग्र राज्यमा देखिनेछ भन्ने विश्वास लिएका छौं ।
हामी  सबैको जय होस् ! 

बिष्णु गौतम
लक्ष्मी प्रतिष्ठान , परिवार ।
http://www.laxmipratisthan.org/sponsor-a-child/

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.