Articles by "Health"

Showing posts with label Health. Show all posts

चार वर्षिया छोरीलाई 'स्टेज फोर'को क्यान्सर भएपछि...'क्यान्सरको असली अनुहार'
 स्वास्थ्य खबरपत्रिका  २०७३ कार्तिक २७
शनिबार  प्रकाशित


एजेन्सी - छोराछोरीलाई सामान्य समस्याहुँदा आमाबुबा निकै चिन्तित हुन्छन् । झन् त्यसमाथि गम्भिर रोग लाग्यो भने पीडा असह्य हुन्छ । यस्तै पीडामा छन् इंल्यान्डका एक परिवार ।

३० वर्षिय एन्डी ह्विलानकी चार वर्षकी छोरीलाई
क्यान्सर भएको छ । त्यो पनि स्टेज फोरको ।
इंग्ल्यान्डको ल्यान्कासायरकी चार
वर्षीया बालिकालाई ‘स्टेज फोर’को
क्यान्सर भएपछि उनको परिवार पीडामा
हुनु स्वभाविक हो । उनका दुःखी बाबु
ह्विलानले पीडाको यो समयमा सामाजिक
सञ्जालमा क्यान्सरसँग लडिरहेकी
छोरीको श्यामश्वेत तस्बिर हालिदिए ।

‘क्यान्सरको असली अनुहार’
शीर्षक लेखेर हालेको उक्त तस्बिर
अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ

तस्बिरसँगै उनले थप लेखे, ‘मैले लिएका
तस्बिरहरूमध्ये यो सबैभन्दा
पीडादायी हो ।’ उनले हालेको
तस्बिर र उनले लेखेको विवरणमा अहिले हजारौँले
प्रतिक्रिया दिइरहेका छन् । सबैले
बच्चीको सिघ्र स्वास्थ्य लाभको कामना
पनि गरिरहेका छन् ।

क्यान्सरसँग लडिरहेकी चार वर्षिया
जेसिकाको तस्बिर देखेपछि धेरैले उनका अन्तिम
दिनहरू रमाइला होऊन् भनेर आर्थिक सहयोग
संकलन गर्ने अभियान नै थाले । उक्त अभियानको
एक महिनाभन्दा कम समयमै २० हजार पाउन्ड
उठ्यो । अहिलेसम्म एक लाख पाउन्डजति
उठिसकेको छ।

जेसिकाका बुबाका अनुसार यसबीचमा
तीन हजारभन्दा बढी इमेल,
फेसबुक सन्देश प्राप्त भएका छन् ।
विश्वभरबाट उनलाई सान्तवना आइरहेको छ ।
मानिसहरूको प्रतिक्रिया, सन्देश र आर्थिक
सहायता आइरहेपछि जेसिकाका बुबाले सबैलाई
धन्यवाद दिँदै पुन लेखे ‘जेसिकाको स्वास्थ्य
अवस्था खस्किँदो छ ।’

मृत्युलाई कुरिरहेकी जेसिकाको अहिले
उपचार बन्द गरिएको छ । चिकित्सककै सल्लाहमा
उनको उपचार बन्द गरिएको हो । उनको परिवारले
अहिले उनको बाँकी रहेको दिनलाई
सहज बनाउन लागिरहेको छ ।

जेसिकाको परिवारका अनुसार उनका नाममा उठेको
रकमलाई च्यारिटीमा लगाउने जनाएका
छन् । उनको मृत्युपछि उनका अंग तथा कोष
वैज्ञानिक अनुसन्धानका लागि दिने निर्णय पनि
परिवारले गरेको छ ।
साभार :- www.swasthyakhabar.com बाट


पेट स्क्यान बारे जान्नैपर्ने केही कुरा (के- केमा प्रयोग हुन्छ ? कसरी गरिन्छ ?)
अस्पताल २०७३ कार्तिक २७ शनिबार प्रकाशित


पेट स्क्यान अर्थात PET SCAN भनेको पोजिट्रोन इमिशन टोमोग्राफी एयकष्तचयल Positron Emission Tomography को संक्षिप्त रुप हो । यसको नाम हाम्रो शरीरको अंग पेटसंग (आमाशय) मिल्दो भएता पनि वास्तवमा यो आमाशय स्क्यान गर्ने प्रविधि होइन ।

पेट स्क्यान एउटा इमेजिङ पद्धति हो जसमा रेडियोधर्मी पदार्थको प्रयोग गरिन्छ । शरीरको कोषिकाहरुमा भइरहेको शुक्ष्मस्तरको सामान्य वा असामान्य क्रियाशिलताको मापन पेट स्क्यानबाट गर्न सकिन्छ । यसले गर्दा शारिरिक परिवर्तन तथा लक्षण आउनु पूर्व नै रोग र रोगको अवस्था पत्ता लगाउन सकिन्छ । यसको उपयोगीता आदिले क्यान्सरमा करीव अपरीहार्य नै मानियता पनि यसको प्रयोग क्यान्सरमा मात्र नभइ मुटुको रोग, न्युरोलोजी , विभिन्न इन्फेक्सन (संक्रमण) सम्बन्धी रोगको अध्ययन र जाँचमा पनि गरिन्छ ।

पेट स्क्यानमा विभिन्न रेडियोधर्मीहरु ( कार्वन, अक्सिजन, नाइट्रोजन आदी ) को प्रयोग हुने भएता पनि क्यान्सर परीक्षणको लागी मुख्यतः FDG (फ्लोरोडीअक्सी ग्लुकोज ) को प्रयोग हुन्छ । पेट स्क्यानले शरिरको विभिन्न महत्वपूण कार्यहरु जस्तै : रक्त प्रभावको मात्रा, अक्सिजनको प्रयोग, ग्लुकोजको खपतको अध्ययन गरी विभिन्न अंगहरुको क्रियाशिलता जाँच गरी त्यो अंगको अवस्था पत्ता लगाउन मद्धत गर्दछ । पेट स्क्यानले सानो भन्दा सानो अनियन्त्रित परिवर्तनलाई पनि सुक्ष्म रुपमा किटान गर्दछ । शरिरका ती अंगहरुमा जहाँ क्रियाशिलता वढी छ त्याहाँ ग्लुकोजको खपत बढी हुने गर्दछ । क्यान्सर भनेकै कोषिकाहरुको असामान्य तथा अनियन्त्रित बृद्धी हुने भएकोले यसमा क्रियाशिलता बढ्नुका साथै ग्लुकोजको मात्रा बढि खपत हुन्छ । जसलाई पेट सि टी स्क्यानको माध्यमबाट इमेजमा परिवर्तन गरि अध्ययन गरिन्छ ।

के केमा प्रयोग हुन्छ पेट स्क्यान ?

   क्यान्सर पत्ता लगाउन
  क्यान्सर शरिरको एक भागमा मात्र छ की अन्यत्र फैलिएको छ भनि पत्ता लगाउन
  उपचार शुरु गर्नुअघि क्यान्सरको स्टेजिङ्ग गर्न
उपचारपछि उपचारको प्रभावबारे मापन गर्न
कहिलेकाहीँ रोग पत्ता लगाउन बायोप्सी (मासु जाँच) गर्न कठिनाइ हुदाँ बायोप्सीको लागि सही ठाउँ पत्ता लगाउन
रेडियोथेरापी (कुनै कुनै क्यान्सरमा ) उपचारको प्लान गर्न
मुटुको माशंपेशीमा रक्त प्रवाह हेर्न
मुटुको विभिन्न रोगको अध्ययन गर्न
दिमागको विभिन्न अवस्था अध्ययन गर्न

यो कसरी गरिन्छ ?

पेट स्क्यान गर्नु केही घण्टादेखी खाली पेट रहनुपर्छ । गुलियो मिसिएको पेय पदार्थ खानु हुदैन । किनकी यो जाचँमा पनि ग्लुकोज दिइन्छ र खानाबाट पनि ग्लुकोज बन्छ र शरिरले लिने हुदाँ जाचँमा असर पर्छ । यसपछि सुईको माध्यमबाट एफ डि जी शरिरमा दिइन्छ र पेट स्क्यान मेशिनमा जाचँ गरिन्छ ।

एफ डि जी सूई लगाएपछि आरामले बस्नु पर्ने हुन्छ । हिडडुल गर्दा पनि ग्लुकोज खपत हुने हुनाले रिर्पोटमा परिवर्तन आउन सक्छ र जाचँ दोहो¥याउनु पर्ने पनि हुन सक्छ । यसरी सूई दिइसकेपछि सिटी स्क्यानमा राखिन्छ र विभिन्न अवस्थाको फोटो खिचिन्छ ।

पेट स्क्यानको माध्यमबाट ति अंगहरुको क्रियाशिलताको बारेमा अध्ययन हुन्छ र पेटमा सि टी स्क्यानर हुने हुनाले अंगहरुको इमेज पनि देखिन्छ । जसले गर्दा यो अध्ययनलाई सहज बनाइदिएको छ । जाचँपछि जहाँ कोषिकाहरु धेरै क्रियाशिल हुन्छन त्यो भागमा  ग्लुकोजको क्रियाशिलतामा बढी देखिन्छ  जसलाई “ हट स्पट” भनिन्छ । यो पुरा स्क्यान प्रक्रियालाई आधा घण्टा जति लाग्छ र कहिलेकाही विशेष अवस्थामा समय लम्बिन सक्छ ।

पेट स्क्यानको फाइदा

यसले शरिरको विभिन्न अंगको बनावटको साथसाथै क्रियाशिलता पनि एकैचोटी जाचँ गरी देखाउछ ।
अरु इमेजिङ पद्धतिबाट प्राप्त गर्न नसकेको सूचना यसबाट प्राप्त गर्न सकिन्छ ।
यसले विभिन्न क्यान्सर रोग पत्ता लगाउन मद्धत गर्दछ । जसले गर्दा उपर्युक्त उपचार पद्धति प्लान गर्न सकिन्छ ।
यसले शुरुवाती अवस्थामा रोग पत्ता लगाउन मद्धत गर्छ ।

सिमितताहरु

यसमा प्रयोगहुने रेडियो एक्टिभ (रेडियोधर्मी) पदार्थको आयू थोरै (११० मिनेटको) हुन्छ । र सेल्फ लाइफ १२ घण्टाको हुन्छ । यसले गर्दा यो पदार्थ बनिसकेपछि जतिसक्दो चाडो प्रयोग गर्नु पर्दछ ।
हाम्रो देशमा विभिन्न सक्रामक रोगहरु जस्तै क्षयरोग, सार्कोइडोसिस धेरे मात्रामा पाइने गर्दछ जसले लिम्फ ग्रन्थी सुनिने गराउछ । यो अवस्थामा पनि पेट स्क्यान गर्दा क्यान्सर नभएता पनि पोजेटिभ रिजल्ट आउन सक्छ, जुन कुराको ध्यान रिपोर्ट गर्ने चिकित्सकले दिन जरुरी हुन्छ । यस्तो अवस्थामा क्यान्सर र क्षयरोग छुट्याउन गाह्रो हुन सक्छ ।

एफ डि जी (Flurodeoxyglucose (18 F)) कसरी बनाइन्छ ?

यसको सबैभन्दा महत्वपुर्ण र गाह्रो पाटो चाहीँ साइक्लोट्रन (Cyclotron) उपलब्ध गराउनु हो ।साइक्लोट्रन एक किसिमको जटिल मेसिन हो जसले रेडियोधर्मी पदार्थ उत्पादन गर्छ ।साइक्लोट्रन धेरै जसो ठाउँमा पेट स्क्यानको सगैँ हुन्छ र उत्पादन गर्ने बितिक्कै प्रयोग गर्न सकिन्छ । यसरी पेट स्क्यानसंगै रहने साइक्लोट्रन अर्थात मिनी साइक्लोट्रन हुन्छ जसले एफ डि जी मात्र निकाल्छ र सोही पेट स्क्यानमा मात्र प्रयोग हुन्छ ।

कन्भेन्सनल साइक्लोट्रन जसले विभिन्न आइसोटप उत्पादन गर्न सक्छ । यसबाट उत्पादित आइसोटप अरु पेट स्क्यान भएका ठाउँ तर साइक्लोट्रन नभएका ठाउँमा पनि प्रयोग गर्न सकिन्छ । एफडिजी ग्लुकोजको आयु थोरै भएकोले एफडिजी उत्पादन भएपछि १२ घण्टा भित्र प्रयोग गर्नु पर्ने हुन्छ । यसरी कन्भेन्सनल साइक्लोट्रन भयो भने यसले उत्पादन गरेको आइसोटप जहाँ हवाइसेवा उपलब्ध छ त्याहाँ निर्यात गर्न सकिन्छ । जसले गर्दा सेवा विकेन्द्रीकरण हुन्छ र यो सेवा दिन इच्छुक अस्पतालले पेट स्क्यान मात्र खरिद गरे पुग्छ । अर्को तर्फ साइक्लोट्रनले उत्पादन गरेको एफडिजी विभिन्न पेट स्क्यान भएका अस्पतालमा सप्लाई गरी साइक्लोट्रन आफै आत्मनिर्भर रुपमा चल्न सक्छ ।

यो साइक्लोट्रनबाट आइसोटप उत्पादन गरी प्रयोग गर्नु भनेको साँच्चै घडीसगँको दौड हो ।अन्त्यमा एक्काइसौ शताब्दीको क्यान्सर डाइग्नोसिस र उपचारमा पेट स्क्यानले महत्वपुर्ण भुमिका निर्वाह गर्छ त्यसैले यो सेवा सहज र सहुलियत रुपमा सबैलाई उपलब्ध गराउनु राष्ट्रको दायित्व हो ।

साभार www.swasthyakhabar.com बाट


बालबालिकालाई कब्जियत भए के गर्ने ?
डा.विनिता जोशी, बालरोग विशेषज्ञ, नर्भिक अस्पताल

दुई वर्ष नाघेपछि स्कूले उमेरका बालबालिकामा कब्जियतको समस्या ज्यादा देखिन्छ । शहरीक्षेत्रमा २ वर्ष पुग्नासाथ बालबालिकालाई स्कूल पठाउने चलन छ । त्यो उमेरसम्म बालबालिकामा नियमित समयमा शौचालय जाने बानीको विकास भइसकेको हुँदैन । स्कूल जानासाथ उसको वातावरण परिवर्तन हुन्छ । अर्कोतर्फ हरेकजसो घरमा कामकाजी अभिभावक भएकाले फुर्सद नहुँदा बालबालिकालाई घरमा शौचालयको बानी विकास गराउन सकिएको हुँदैन । अर्कोतर्फ बालबालिका ७/८ वर्षको भएपछि अभिभावकहरूले उनीहरूको हेरचाहबारे कम ध्यान दिन थाल्छन् जसले बालबालिकाको दिसा गर्ने बानीलाई नियमित बनाउन सक्दैन । यसमा बच्चाले मलाई कब्जियत भयो भन्ने महसुस नै गर्न पाउँदैन ।

स्कूलको नयाँ वातावरण, शिक्षकहरूसँग घुलमिल नहुने भएकाले स्कूलको शौचालयमा दिसा गर्ने बानी बालबालिकामा बसिसकेको हुदैन । फर्केर घरमा आएर फेरि शौचालय जान बिर्सन्छन् । यही चक्रका कारण बच्चा बेलामै  कब्जियतको समस्या सुरु हुन्छ । एक हप्तासम्म पनि शौचालय नजाने, गएपनि नियमित नगर्ने, शौचालय बस्दा कन्ने, २÷३ दिनमा एकपटक शौचालय जाने जस्ता आदत देखा पर्छन् । दिसा बस्दा कन्ने बालबालिकालाई पनि कब्जियत भएको मानिन्छ । २ देखि ४ वर्षका बालबालिकाहरू शौचालय जान नमान्ने, रुने, कुनामा गएर उभिने लक्षण देखा पर्छन् । कालान्तरमा उनीहरूमा पेट दुख्ने, पेट फुल्ने लगायतका समस्या देखिन्छन् ।

सागपात नखाने, पानी कम खाने पाका मानिसहरूलाई मात्रै होइन, कलिला बालबालिकामा शौचालयको नियमित बानी हुन नसक्दा देखिने कब्जियतको समस्या विकराल बन्दैछ । शहरका बालबालिकामा जंकफुड बढी खाने, पर्याप्त व्यायाम नहुने लगायतका बानी छ । नियमित शौचालय नगई दिसा रोक्ने बानी पर्दै गएपछि कब्जियत हुन थाल्छ । लामो समय कब्जियत रहिरह्यो भने पेट दुख्ने समस्या सुरु हुन्छ । लामो समय आन्द्रामा दिसा संकलन भइरह्यो भने बालबालिकालाई खाना नरुच्ने, खाना खाएपछि वाकवाकी लाग्ने, बान्ता हुने, खाना नखाएकाले तौल घट्दै जाने हुन्छ । कब्जियत लामो समयसम्म रहेमा उनीहरूले बल गरेर दिसा गर्नुपर्ने भएकाले दिसामा रगत जाने र  ठुलोआन्द्राभित्र मासु पलाउने खतरा रहन्छ ।

जव बालबालिकाहरू आफै शौचालय जान थाल्छन, हामीले उसलाई सकेसम्म घरमै नियमित समयमा शौचालय जाने बानी बसाउनुपर्छ । स्कूल जाने बालबालिकालाई विहान बरु १५ मिनेट छिटो उठाएर भए पनि शौचालय पठाउनुपर्छ । यसबाट उनीहरूले असहज महसुस गर्ने स्कूलको शौचालयमा जानुपर्ने बाध्यता कम हुन्छ । बिहान शौचालय जाने बानी भएमा कब्जियत हुने सम्भावना निकै घट्छ । जंकफुड खान नदिने, सागसब्जी र फलफूलमा जोड दिनुपर्छ । यसले कब्जियत भइसकेकाहरूलाई पनि सहयोग गर्छ ।
साभार www.swasthyakhabar.com बाट

निमोनिया कसरी हुन्छ र जोगाउने कसरी ?
-डा. अरुण कुमार सिंह, बालरोग विशेषज्ञ २०७३ कार्तिक २७ शनिबार

निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो।बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो।

निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो, जसमा फोक्सोका कोषहरू सुनिन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ । ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ। निमोनिया धेरै जसो सुक्ष्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरियाहरु भाइरसहरु वा फंगसहरुले गराउदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरुले गर्दा यी विभिन्न किटाणुहरुको संक्रमणले प्रभाव पार्दछ ।

जस्तो कि समुदायमा हुने निमोनियामा ३ हप्ता को उमेर देखि ४ बर्षको उमेरसम्मका बालबालिकाहरुमा स्ट्रेप्टोकोकस निमोनिया नामक ब्याक्टेरीयाको संक्रमण बढी हुन्छ । त्यस्तै पाँच बर्ष भन्दा पछिको बालबालिका हरुमा माइकोप्लास्मा निमोनिया र क्लामाइडीया भन्ने किटाणुको संक्रमण बढी हुन्छ । यी बाहेक अरु स्वस्थ्य बच्चाहरुमा हेमोफिलस इन्फ्लुएन्जा, ग्रपु ए स्ट्रेप्टोकोकस र इस्टाफाइलोकोकस ले निमोनिया गराउँदछन् । एचआईभी एड्स भएका बच्चाहरुमा टिवि वा निमोसिसटिस जेरोवेसी, साल्मोनेला, ई कोलाई तथा एटिपिकल माइको ब्याक्टेरियाले निमोनिया गराउँदछन् ।

विश्वभर वर्षेनी ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ भने नेपालमा ५ वर्ष मुनिका ३५ लाख वच्चाहरु मध्ये ५६ सय जनाको मृत्यु हुन्छ। मृत्यु हुनेहरु मध्ये ९८५ बालबालिकाहरु नेपाल जस्तो कम विकासोन्मुख देशका पर्दछन्। आँखाले देख्न नसकिने सुक्ष्म जिवाणुहरु हो जुन प्रत्येक मानिसको नाक र घाँटीमा हुन्छ तर यी जिवाणुहरु जब फोक्सो भित्र पस्छ यसले संक्रमणले निमोनियाँ गराउँछ।

निमोनिया रोगका लक्षणहरु
सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने र पछि छिटो छिटो सास फेर्ने वा सास फेर्न गाहो हुनु। ज्वरो (१०२ भन्दामाथि) कडा निमोनिया भएमा वच्चा खान पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसै कसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्दछ।छिटो छिटो सास फेर्ने कोखा हान्ने निलो हुने जस्ता लक्षणहरु रोगको अबस्था बिग्रदै जाँदा बढ्दै जान्छन ।

निमोनियाको उपचार कसरी गर्ने ?
केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ। अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ। निमोनियाको उपचार एन्टिवायोटिक र सरल तरिकाबाट गर्न सकिन्छ। शिशुहरुमा विशेषत नवजात शिशुहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ । शिशुहरुमा विशेषत नवजात शिशुहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ। बच्चाले छिटो छिटो श्वास फेरेमा, बच्चाको कोखा हानेमा, बच्चाले झोल खाने कुरा खान नसकेमा, बच्चाले आमाको दूध चुस्न नसके समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रने हुँदा अस्पताल जान जरुरी छ ।

डा. अरुण कुमार सिंह, बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

- साभार www.swasthyakhabar.com बाट

करेला किन खाने ?  भान्सामै छ औषधी।।
स्वास्थ्य खबरपत्रिका २०७३ कार्तिक २७ शनिबार


खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ । करेलाका केही फाइदा यस्ता छन्ः 

– शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पु¥याउँछ ।

– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।

– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ ।

– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।

– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।

– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।

  -  कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।
  -  डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।
  -  करेला खाने गर्नाले रगत सफा हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ ।

साभार www.swasthyakhabar.com बाट


क्यान्सरको जोखिम घटाउन  के खाने ?
स्वास्थ्य खबरपत्रिका २०७३ कार्तिक २६ शुक्रबार

दूषित पर्यावरण र खानपानलगायत कारणले क्यान्सर रोगीको संख्या बढ्न थालेको छ । क्यान्सरको जोखिम कम गर्न के खानुपर्छ ?

ब्रोकाउली
काउली परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ, जसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्ने गर्छ । ब्रोकाउली खाइरहने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर हुने जोखिम कम हुन्छ ।

मसिना फलफूल
स्ट्रबेरी, किम्बु, काफलजस्ता मसिना आकारका फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तŒव प्रशस्त हुन्छ, जसले शरीरका अंग विशेषमा क्यान्सरका कोषिकाहरूको विकास र विस्तारलाई रोक्ने काम गर्छ ।  साथै, रक्तकोषिका तथा धमनीमा क्यान्सरमुखी रसायनको विकासलाई पनि यसले कम गरिदिन्छ । यस्ता फलफूल खाइरहने गर्नाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

गोलभेँडा
गोलभेँडामा पाइने क्यारोटेनोइड नामक तŒवले यसलाई रातो बनाउँछ । यही तŒवले गर्भाशयमा हुने क्यान्सरका कोषिकाहरूको विकासलाई रोकिदिने गर्छ । यसले फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम पनि कम गरिदिन्छ ।

ओखर
ओखरमा पाइने फाइटोस्टेरोल्स नामक तŒवले स्तनमा क्यान्सर गराउने कोषिकाको विकास अवरुद्ध गरिदिन्छ । ओखरले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम पनि घटाउँछ ।

लसुन
लसुनमा पाइने फाइटो केमिकलले क्यान्सरविरुद्ध लड्ने क्षमता दिलाउँछ । आइवा वुमन्स हेल्थ स्टडीले गरेको एउटा अनुसन्धानले बढी लसुन खाने महिलालाई पाठेघरसम्बन्धी क्यान्सर हुने जोखिम कम लसुन खाने महिलाको भन्दा ५० प्रतिशत कम हुने पत्ता लगाएको थियो । लसुनले स्तन र पेटको क्यान्सर लाग्ने सम्भावना पनि कम गराउँछ ।

सिमी
सिमीजस्ता गेडागुडी खाँदा शरीरमा फ्याट्टी एसिड उत्पादन बढी हुन्छ, जसले मानिसलाई क्यान्सर रोगबाट बचाउँछ । यस्ता गेडागुडी खाइरहने गर्नाले स्तन र पाठेघरसम्बन्धी क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

सलाद
सलाद खाँदा गाढा हरियो रङका तरकारीको सलाद खानु क्यान्सरको जोखिम हटाउने दृष्टिकोणले बढी लाभदायक हुन्छ । गाढा हरियो तरकारीमा क्लोरोफिलको मात्रा बढी हुन्छ र यस्ता तरकारी खाँदा शरीरमा म्याग्नेसियमको आपूर्ति बढ्न जान्छ । म्याग्नेसियमले क्यान्सरका जीवाणुलाई कमजोर पार्ने र नयाँ स्वस्थ कोषिकाको विकासका लागि अनुकूल वातावरण बनाउने गर्छ ।
साभार www.swasthyakhabar.com बाट

अहिलेको मौसममा कस्तो आहारविहार गर्ने ?
प्रतिमा ढकाल (आयुर्वेद क्याम्पस ) २०७३ कार्तिक २६ शुक्रबार ०९:५२:३४ प्रकाशित 

प्रकृति परिवर्तनशील छ ।  त्यसैले होला यसले आफूमा समाहित सबैलाई परिवर्तनको आभाष जरुर गराएको हुन्छ । त्यो चाहे दिन र रात बनेर होस् वा ऋतु बनेर होस्  तर प्रकृतिको यही सन्देशलाई हामी प्रकृतिका भोगी मानवले बुझ्न नसक्दा आज विभिन्न समस्याको सामना गर्नु परेको छ ।

समयको महत्व र यसको मागलाई सम्बोधन गर्ने जो कोहि सफलताको हकदार अवश्य हुन् । त्यही सफलतालाई स्वास्थ्य संग जोड्नु पर्दा आजको आधुनिक रहनसहनले गर्दा हामी यसबारे ध्यान दिन सकेका छैनौ जसले गर्दा हामी आफुलाई आधुनिकता तर्फ ढाल्छौ कि वेफुर्सदको बहानामा स्वास्थ्य संग खेलबाड गरिरहेका छौं । यी सब परिस्थितिका बिचमा हामीले आफुलाई प्रकृति अनुसार कसरी परिवर्तित गर्न सक्छौं भन्ने प्रश्नमा प्रकृतिलाई विशिष्ट स्थान दिएर यसको देनद्वारा जन्मिएको विज्ञान हो आयुर्वेद  ।

जहाँ यी सब कुराहरुलाई नै केन्द्रित गरेर स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षालाई प्रमुख उदेश्य भनिएको छ । हाम्रो पूर्वीय दर्शनको महान विज्ञान हो आयुर्वेद जहाँ जीवनका हरेक पक्षको चर्चा छ ,वैज्ञानिकता को उत्कृष्ट नमुना छ  ।
    ‘प्रिभेन्सन इज बेटर देन केयर’ भनेर विद्यालयमै घोकेका हामीलाई थाहा छैन कि यसको अवधारणा आयुर्वेदमा सर्बप्रथम लेखिएको हो किनकि यही स्वास्थ्य रक्षाका कुरामा स्वास्थ्यमा प्रत्यक्ष असर गर्न कुराहरु खाना र जीवनशैली लाई नै नियमबद्ध गराएको छ आयुर्वेदल । हामीले हाम्रो घरछिमेकमा मौसम परिवर्तन संगै कतिपय बिरामी परेका भन्ने सुन्ने, देख्ने गरेका उदाहरणले नै ऋतुचर्या (कुनै ऋतुमा पालना गर्नु पर्ने नियमहरु) को महत्व पुष्टि गरेको छ ।

कुन मौसममा कस्तो आहार विहार गर्ने ?
आयुर्वेदमा छ ऋतुको वर्णन गरिएको छ, जहाँ सूर्यको पृथ्वीमा पर्ने कोण अनुसारको बिभाजन गरेर अध्ययन गरिएको छ । यस अनुसार अहिले शरद ऋतु हो जसमा मानिसको बल मध्यम हुन्छ । पाचन शक्ति पनि मध्यम खाले हुन्छ । गुलियो र तितो पदार्थको सेवनमा बढी जोड दिएको छ । यस ऋतुमा दिनमा सूर्यको किरण र रातमा चन्द्रमाको शीतलता रहेको जल (हम्सोदक) लाई अमृत समान भनिएको छ । अमला, मह, जौ, गहुँ को साथसाथमा रोगहरु लाग्न नदिन घिऊ तितो चिज मिसाएर खान अति उत्तम मानिएको  छ । अति पिरो र पेटभरि खान निषेध छ । जसमा दही, जलचर पशुको मासु (जस्तै माछा, कछुवा, सुँगुर ) पनि त्याग गर्ने भनिएको छ  । दिनमा सुत्नु पनि हुँदैन ।

हेमन्त ऋतु  जाडो सुरु हुने लाग्दा हेमन्त ऋतुको पनि सुरुवात हुन्छ जसकारण यस ऋतुमा मानिसको पाचन शक्ति अत्यन्त बलवान हुन्छ त्यसैले पेटभरी खाने, गुलियो, अमिलो रसयुक्त आहार सेवन गर्ने ्र नयाँ चामलको भात, चना,सजिलै नपच्ने खाद्यहरू जस्तै माछा, मासु (जलचर) लाभदायी हुन् । दुग्धजन्य तथा उखुद्वारा निर्मित पदार्थको सेवन उचित छ । प्रतिदिन तातोपानीको प्रयोग पिउन र स्नान गर्न उपयोग गर्ने  साथै टाउकोमा तेलले मसाज गरि घाममा रहनु पर्दछ ्र दिनदिनै ब्यायाम गर्ने र अगुरु नामको काठको लेप लगाउनाले चिसोबाट बच्न सकिन्छ । थोरै खानु, सर्बत पिउनु ,सुख्खा खाना र हावाको प्रवाह निषेध गरिएको छ ।

शिशिर ऋतुः  (माघ –फाल्गुन) यस ऋतुमा चिसो बढ्नुका साथै हावाको प्रवाह बढेको हुन्छ जसकारण यस ऋतुमा पनि हेमन्त ऋतुमा जस्तै न्यानो वातावरण बनाउदै राख्ने ्र पिरो, तितो र टर्रो रसको प्रयोग गर्नु हुन्न  ।

दुई ऋतु बिचको २ हप्ता को समयलाई ऋतु सन्धि भनिन्छ । यस समयमा अघिल्लो ऋतुमा अपनाइएका नियमहरु बिस्तारै छाड्ने र आउने ऋतुको नियमको पालना गर्नु अत्यन्त जरुरी छ । एकै चोटी छाड्नु र अपनाउनु हुन्न । जसले गर्दा बदलिदो मौसमसँगै लाग्ने रोगहरुको सिकार बन्नु पर्दैन ्र मौसम अनुसार हाम्रा शरीरका स्वभाभिक क्रियापनि परिवर्तन हुन्छ जस अनुसार हामीले हाम्रो आहार बिहार मात्र नभएर मानसिक सोच पनि परिवर्तित गर्नु आवस्यकता हुन्छ ।

सकारात्मक सोचबाट नै शरीरलाई सही उर्जा आउँछ, रोगको घर हाम्रो शरीर हुन नदिन आफ्नो जीवनशैली र सोचमा परिवर्तन ल्याउनु आवश्यक छ भन्ने कुरामा आजका विज्ञानलाई पुष्टी गरेका वैज्ञानिक तथा चिकित्सक नै भन्न थालेका छ किनकि आजको र भोलिको समस्या भनेको सरुवा रोग नभएर नसर्ने रोग नै हुन् । हामी हाम्रो आफ्नो स्वास्थ्यको चिकित्सक आफै हौं भन्ने कुराको बोध ५००० वर्ष अघिको विज्ञानमा उल्लेख गरिएको छ ्र तसर्थ मौसम र शरीर को सन्तुलन मिलाउदै आरोग्य प्राप्तिको मार्गमा लाग्न आजको युगले ढिला नगरोस् । साभार www.swasthyakhabar.com बाट।।।

फुर्सदमा हाम्रो वेबसाईट www.missyounepal.com मा पोस्ट भयका कुराहरु हेरेर प्रतिकृया दिनुहोला।

स्वास्थ्य जानकारी
बिहान खाली पेटमा दूध चिया पिउदा हुनसक्ने नोक्सान
स्वास्थ्य खबरपत्रिका २०७३ कार्तिक २० शनिबार

चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन ।

खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ ।
दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन् ।

ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।

‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ ।

दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ ।

साभार www.swasthyakhabar.com बाट

जानकारी सेयर गर्नुहोला।
स्वास्थ्य खबर पत्रीका बाट साभार

के हजुरको अनुहारमा कालो चाया ले घेरेको छ ?
कि  भर्खर कालो चायाको दाग देख्न लाग्नु भयको छ ?

-सम्झना पन्त ,इजरायल

सबै दिदिबहिनी हरु जस्तै हजुरलाई पनि राम्री हुन मन पक्कै लागेको छ ।
सोच्दै हुनुहुन्छ होला चाडवाड आउदै छ बियुटी पार्लर जानी की ?
     फ्री सुबिधा छ यहाँ मात्र हजुरको जागर खर्च गर्नुस ।

  हजुर संग नेटको सुबिधा छ है ?  त्यसैले त मेरो लेखाई पढ्दै हुनुहुन्छ।

अचम्म लाग्यो होला के भन्न खोज्दै छे यो सम्झना ले :( हे हे के सोचमा पर्नु भयो ? यसरी ठुस्स नपर्नुस न थोरै मुस्कान  दिनुस्त भर्खरै हजुरको अनुहारमा naturel सुन्दरता देखिने छ ।....  हो यसरी मुस्कुराउनुस् । आहा मिठो हासो दिनु भयो यदि यो पुरुषले पढ्दै हुनुहुन्छ मलाई विश्वास छ आफ्नो प्यारी लाई पक्कै सिकाउनु हुनेछ I नारी को सुन्दरता भित्री बाहिरी दुवै हुन जरुरी मानिन्छ I अनुहारमा क्रिम पाउडर लिपिस्टिक घसेर मात्र सुन्दर देखिने होईन मेरो सोचाईमा I प्रकृतिले  दिएको बनोटमा हजुर कालो गोरो नेप्टो चेप्टो जस्तो देखिनु हुन्छ । तर सफा छाला छ भने आफुलाई सुन्दरी मान्न सकिन्छ I

हर कोही चाहन्छ सुन्दर हुन र देखिन I हाम्रो यो बढ्दो उमरमा फेरी छोरा छोरि जन्माई सके पछि अनुहारमा बुढो पन देखिनु प्रकृतिको नियमनै हो I तर आफ्नो सरिरको अलिकति ख्याल राख्न सकियो भने बढ्दो उमरमा पनि आफुलाई सुन्दर राख्न सकिन्छ I सुन्दर अरुलाई देखाउन मात्र हुने होईन आफ्नो लागि हुने हो I आफ्नो मन सन्तुस्टि र खुसिको लागि हो I तितो सत्य हजुर को अनुहारमा कालो चाया छ भने ऐना हेर्दा खुसी हुनुहुन्छ न त साथी संग हिड्दा खुसी । यदि हजुर सुन्दर हुनुहुन्छ या  देखिनु भएको छ भने हजुरलाई पुरुषले भन्दा पनि बढी महिलाहरु लेनै मन मनै घुरेर हेरी हरेको हुन्छ । म हास्दै छु अहिले हजुरले सोच्नु भयको होला यो लेख्नी 'ऊ' कस्ती होली ? मलाई विश्वास छ तल राखियका तस्बिरहरु  फेरी एक चोटी हजुर पक्कै हेर्नु हुनेछ I साथी एक वर्ष अगी सम्म मेरो पनि अनुहारमा कालो चायाले ढाकेको थियो I आखा ओरिपरी चाउरीले  ५० नाघेको बुढी जस्तो देखाउथ्यो I मैले इजरायली छाला सम्बन्धी धेरै डाक्टरकोमा गए  I नेपाल र इंडिया बाट मगाएर धेरै मलम हरु लगाए  I त्यो क्रिमले प्रयोग गरिन्जेल गोरो बनाउने थियो तर प्रयोग गर्न छोडेपछि पहिलाको भन्दा कालो बढेर आउथ्यो ६ वर्ष यो समस्याको पिडित म तर आज मैले आफ्नै लेपटोप अघि बसेर फ्री टिप्स लिएर आफ्नो अनुहारको छालालाई  केहि हत् सम्म सुधार लेराएकी छु I
दिनमा ३० मि समय हजुर आफ्नो अनुहारलाई दिनुस् हजुर को उमेर त घट्ने छैन तर आफ्नो अनुहारमा ५० % सुधार पक्कै लेराउन सक्नु हुनेछ
ध्यान दिनु पर्ने कुरो,,हाम्रो छालाको सबै भन्दा ठुलो शत्रु घाम हो I घाममा सकेसम्म कम निस्कनु होस् I बाहिर निस्कन पर्दा Sun skin creem डेट भयको लगाएर, टोपी कि छाता वोडेर मात्र निस्कनु होस्
अब फेसबुक बन्द गर्नु होस् र youTube खोल्नुस र type गर्नुस
pigmentation treatment at home
अब थाहा पाउनु सक्नु हुन्छ हजुर ले आफ्नै घरमा भएको बस्तु बाट कसरी आफ्नो अनुहारलाई कसरी सुन्दर बनाउन सक्नु हुन्छ ।
यो नसम्झनु होस् यो एन्टी ब्यायोटिक् हो १० दिन खाए  पछि सन्चो हुने I अनुहारमा फरक आउन २ देखि ३ महिना लाग्छ I थोरैमा पनि ६ महिना मेहेनेत गर्नुस मेहेनेत खेरा जादैन ।
अल्छि गर्नी होईन आजै बाट सुरु गर्नुस छिट्टैनै हजुर सुन्दर देखिनु हुनेछ।

धन्यवाद

    चितवनकी चेली  परदेशी सम्झना हाल इजरायल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.