Latest Post

गरीब की छोरी
बन्न सकीन कसैकी  सच्चा बुहारी
कथा र ब्यथा।।।।।
जीवन के हो त . र को चाही मानीष हो भन्ने चीनीन्छ हाम्रो यो समाझ मा :
एउटी आमा ले छोरी संग आफ्नो  जीवन मा भोगेका यस्ता तीता सत्य  सुनाउछीन ॥॥
छोरी  ल सुन  मेरो काहानी ।।।।
म एक गरीब परीवार मा जन्म लीएकी अभागी छोरी थीए । जुन आजसम्म पनी कसैको बुहारी  बन्न सकीन ।।। कीन की मेरा बाबा आमाले मलाई कन्यादान गर्दा . दाईजो दान गर्न सक्नु भएन ...॥॥॥
त्यो समय मेरोलागी धेरै मुल्यबान थीयो .
स्कुल पढ्दै थीए मनमा हरेक सपना र कल्पना बोकी म पनी अरुजस्तै हाॅस्दै रमाउदै जीवनको अनौंठो लक्क्ष लीएर संधर्स गरीरहेकी थीए . बाबा को तेती धेरै सम्पत्ती नभएको ले  भनेजस्तो  लाउन  र धेरै पैसा खर्चगर्न पुग्दैन थीयो . तैपनी जे - जस्तो छ त्यसैमा हामी सबै खुशी थीयौं .दुखै गरेर भएपनी हामी सबैलाई बाबा आमाले पढाउनु भएको थीयो . धनको दुख भएपनी मन को दुख कतै थीएन . खुशी र आनन्द जीवनमा प्रसस्ती थीयो .हाम्रो खुशीको लागी बाबा आमाले आफ्नो  दुख लुकाउनु नै भएकोथीयो . मैले आफ्नो पढाईकोअध्ययन  पनी कक्क्षा १० मा पुर्याई सकेकी थीए ।।
यही क्रममा मेरो जीवन मा पनी कोही  आयो नौलो र अनौंठो साइनो लीएर . जुन साईनो ले मलाई हीडीरहेका ती गोरेटा हुरु  लाई छाडी अन्तैसुन्दर रमणीय सहरको बाटो  रोज्ने सपना देखायो :: हामी दुई बीचमा माया प्रेम बढ्दै गयो  . एक अर्कालाई राम्रो संगले बुझेर  . समाझको नीयम कानुन  अनुसार हामीहरुले आफ्नोआफ्नो कर्तब्य लाई पुरागर्दै  संगै जीवनका बाटाहरु सुरुवात गर्ने नीर्णय गर्यौं र दुबैको नीर्णय अनुसार . घरसल्लाह अनुसार . समाझको नीयम कानुन  अनुसार बैबाहीक जीवन सुरुवात गर्नलाई उहाॅले आफ्नो  गार्जन हरुलाई अनुरोध गर्नु भयो ॥॥॥॥तर ।।। कसैले नी स्वयीकार गर्नु भएन  कोही खुशी हुनुभएन हाम्रो नाता र संबन्धलाई
सबैले मजाक मा उढाउनु भयों  अस्वयीकार गरीयो  उहाॅको घर बाट . कीनकी म एक गरीब की छोरी थीए ॥॥ तर उहाॅ ले मेरो साथ  छाड्नु भएन . हामी दुइले खाएको त्यो कसम पुरा भयो .हामी दुईले संगै दुख सुख साथमा बोकी बैबाहीक जीवन मा प्रबेश गर्यौं .  तर  जुन दीन मैलै  उहाॅको घरको दैलो भीत्र प्रबेश गरे  सपनामा पनी नदेखेको  भयानक डरलाग्दो मेरो काहानी त्यस घरभीत्र बन्न पुग्यो । तीरस्कार हेला  आरोप दुख कठीनाई   केही छुटेन मेरो लागी प्राहार गर्न  साथै मेरा नीर्र्दोस बाबु आमालाई दोषदीन . दीन पनीमेरो लागीऔंशीको कालो रात बन्न पुग्यो सारा सपना चकनाचुर भएर टुटो  साहारा कही कसैको छैन बाच्नु छ यो धर्तीमा कसैको लागी । सम्पती केहो बुझ्न सक्ने क्ष्यमता थीएन यो पापी दुनीयाँ कसैले मेरो पुकार बुझेन । गलेको थैकेको कसैले बुझेन ।
तीमी पेटमा आई सकेकी थीयौं छोरी 
मेरो भोक तीर्खा  र तीमी यो धर्तीमा  आउने खबर कसैलाई वास्तै भएन ।गरीबकी छोरी को पुकार  सुन्ने कोही भएन ।
समय बीत्तै गयो  तीम्रो जन्म भयो  तर कसैलाई कुनै वास्तै भएन  ।तेस् पछी मलाई घरबाट नीकालीयो . हरेक दुख र ठक्कर खादै तीमीलाई लीएर मैले त्यो दैलो नाघेर नीस्कीन बाध्यहुनुपरो ... हुन त घरैभीत्र हुदापनी बुहारी को दर्जा कैले पनी पाईन मैले ।माया भन्ने कुन बस्तुको नाम हो त्यो नै बीर्सी सकेछु मैले
जब बाहीर नीस्कीए र हेरे यो संसार लाई अनी बल्ल थाहा भयो  की गरीव की छोरी हुनु भन्दा धनी को भतुवा हुनु पो बेश मान्दो रहेछ यो समाझ ले . । म जस्ता  नारी को लागी हैन रैछ यो कनुन र नीयम .॥॥ तेहीसोचेर तीमीलाई दुख गरेर पढाए   आज सबैकुरा पुगीसरी छ धन सम्पत्ति  नाम मान  त्यों सब मान मेरो लागी हैन मैले कमाको सम्पती को हो आजपनी म बनेको छुईन बुहारी बनेको छ बुहारी त केवल मेरो सम्पत्ति   ... र छोरी  तीमी भोली गएर यो समाझको अन्धो कानुन संग लड्न सक  म जस्ता हजार आमा दीदीबहीनी हरु आजको २१सौं सताब्दी मा पनी दईजो को कारणले कयौं नारी छोरी भएर त जन्म लीए यो धेर्तीमा  तर कर्म भुमी मा कसैको जीवन मा प्रबेश गरेर  माईती घर छाडेर   पनी बीच बाटोमा अलपत्र परीरहेका छन् बुहारी बन्न सकेका छैनन् ॥॥  र यो अधीकार अब तीमीले पुरा गर्ने छौ ॥॥ हरेक गरीब की छोरी लाई बुहारी को अधीकार दीलाउने छौ.   यही छ मोरो अन्तीम ईच्छा  छोरी 
के॥॥॥ गरीब॥॥॥ की ॥॥छोरी  बन्न  सक्छीन कसैको सच्चा असल बुहारी ॥॥॥
यो समाझ यो अन्धो कानुन तोडी
दीईजो प्रथा लाई  न जोडी
चड्न सक्छीन  गरीब की छोरी 
अब डोली ॥॥॥॥
छेरी र बुहारी बरा बर हुन्
छोरी काख र बुहारी पाख कसैले नगरुन्
मानव अधीकार  सबै बराबर
-गीता लम्साल

गुहार माग्दै सुस्ता : राज्य र प्रकृतिबाट ठगिएको नेपाली भुमी

नविन पौडेल ।भदौ ६ । सुस्ता नपुगेका र सुस्ताबारे अनविज्ञ  रहेका हाम्रा देशका शिर्ष नेताहरु कमै मात्र होलान ।सुस्ताका समस्या समाधानका लागी नेपाल भारत विवादास्पद भुमी सुस्ता पुगेका नेताले सुस्तामा गरेका प्रतिबद्धता र्फकदा नारायणी नदिमा बगाएर आउदा सुस्ताको समस्या ज्यु को त्यु छ। बर्षाको समयमा नारायणी नदि बढ्ने हुदा नेपाली भुमी बाट पुग्न नसकीने सुस्ता पुग्न भारतिय बाटो हुदै जानुपर्ने विडम्बना भोग्नुपरेको पनि वषौ भईसक्यो । त्यसोत हिउदको समयमा पनि नारायणी नदिमा डुङगा बाट जोखिम पुर्ण यात्रा गर्नुपछ। । भारतिय बाटो हुदै जादा सिमा सुरक्षाबल एसएसबि को चरम दमन तर यि कठीनाईका बिच पनि नेपाली भुमी प्रति सुस्ता बासीको आत्मीएता स्यालुट गर्न लाएक   छ।  

शिक्षा स्वास्थ्य , खानेपानी ,बाटो , विजुलि जस्ता आधारभुत आवश्यक्ता बाट बन्चित यहाका बासीन्दा को जिवन त्रसीत र अभाबपुर्ण मा ब्यतित हुने गरेको छ तर सरकार मौन छ । काठमाण्डौमा बसेर राष्टियता का चर्का भाषण गर्ने हामा्र देशका नेताज्युहरु लाई के थाहा सुस्ताको अभाब र पीडा अनि कसरी होस सुस्ताको सुरक्षा र समस्या को समाधान ।त्यसोत सुस्ता समस्यामा भारतिय द्धारा सुनियोजिते परीचालित केहि ब्यक्तिको कारणले पनि समय समयमा समस्याहरु बल्झाईरहने सा्रेतको दावि छ। जे होस सत्ता बाहिर हुदा  राष्ट्रियताका कुरा  गर्ने नेपाली राजनितिक दलहरु सत्ताामा पुगेपछि तै चुप मै चुप गर्ने परिपाठी यसको मुख्य दोसी रहेको पाईन्छ।

यसरि भारत संग यहि विषयमा मनमुटाव गर्ने कुरा त होईन तर पनि आप्mनो भुमी र राष्ट्रियताको विषयमा भने अडिग हुन चाहि साच्चै सक्नुपर्ने साहस भएको नेतृत्वको अभाव गरिरहेका छन् सुस्ता बासी । सुस्ता बासीको सहारा  ३५ सय  जनताको साहारा दुई डुङगाा करीब ३५ सय जनसङख्या रहेको सुस्ता बासीको सुख सुखमा साथ साथ  दिने एक मात्र सारथि हो हो डुङगा । पटक पटक पुल निमार्णका लागी सरकारी पक्ष ले आस्वासन दिएपनि ति प्रतिबद्धता आस्वासनमा नै सीमीत हुन पुग्दा प्रसव पिठाले छटछटीएकी महिला होस वा मृत्यु संग जुधिरहेको विरामी होस नारायणी नदि मा डुङगा चढाएर लानुपर्ने बाध्यता रहेको   गुनासो गर्नुहुन्छ सुस्ता बचाउ अभियान का उपाध्यक्ष आदम खां ।  जहानिय राणा शासनमा जनताको हकअधिकार खोसीयो जनताले स्वतन्त्र भएर बाच्न पाएनन् भन्ने राजनितिक नेतृतव प्रजातन्त्र आएपछि त झन आप्ःनो भुमी अतिक्रमीत भएको टुलुटुलु हेरीरहेका छन्  ।

त्यसोत २०४७ सालपछि मुलुकले एक दर्जन भन्द्या वढी  प्रधानमन्त्रि फेरसक्यो तर सुस्ता बासीले भने एउटा  डुङगा समेत फेर्न सकेको छैन।  १४ हजार हेक्टर नेपालि भुमी अतिक्रमण गरेको भारतले नारायणी नदिको बहाब को काल्पनिक सीमा अतिक्रमण गर्दै आएको छ। नारायणी नदि आफैमा देशको बहुमुल्य सम्पति हो तर यहि नारायणी नदि सुस्ता बासी का लागी भने अभिसाप भएको छ। खेति योग्य जमीन कटान गर्नृ का साथै अन्त्यमा नारायणी नदिको बहाब नेपाल तिर बढी ढल्कीएको हुदा समयमा नै उचित नियन्त्रण नभए केहि बर्ष मा नै सुस्ता बगर मा परीणत हुने  सम्भावना छ। सुस्ता नाम मा मात्र सीमीत हुने छ। यस तर्फ सम्बन्धित पक्षको ध्यान जानुपर्ने हो तर सरकार कानमा तेल हालेर बसीरहेको सुस्ता बचाउ अभियान का अध्यक्ष गोपाल गुरुङ को भनाई छ। उखु खेति गरेर जिविका चलाउने सुस्ता बासी को जिवन चर्या अहिले नारायणी नदिले गरेको तिब्र कटान को कारण सुस्ता बासी चिन्तित छन्। जनताको तटबन्ध जस्ता नारा दिएर सरकारले केहि नदिहरुमा तटबन्ध गरेपनि न्यो योजनाले पनि छुन सकेको छैन  सुस्ता लाई । आखिर बहुचर्चित सुस्ता को सवाल मा  नेपालका राजनितिक दल कीन चुप छन्। सत्ता बाहिर हुदा सुस्ता पुगेर चर्का भाषण गर्ने नेताहरु सत्तामा पुगेपछि भने तै चुप मै चुप भएर सत्ता टिकाउनै का लागी चुप बसेको आरोप लगाउनुहुनछ सुस्ता की महिला नेतृ लैला वेगम । पटक पटक नेपाल भारत बिच सुस्ता विवाद बारे छलफल भने नभएको होईन तर नेपालको तर्फबाट  स्पस्ट अडान राख्न नसक्दा सुस्ता बासी पिडा र त्रास मा जिवन जिउन बाध्य छन्। उनिहरुको आखांमा नेपाल राज्य विहिन छ।

  आखिर कतिन्जेल सुस्ता बासीले भारतिय को ज्यादति सहेर बस्ने ? नारायणी पारी भारतमा सीमासुरक्षाका लागी भन्दै अत्याधुनिक हतियारमा सुसज्जित  एस एस वि छ भने वारि नेपाल प्रहरी र ससस्त्र प्रहरीहरु पुरानै शैलिको सामान्य हतियारमा देख्दा लाग्छ भारत का पेसेवर अपराधिले समेत धावा बोल्न सक्ने हुदा  त्यस क्षेत्रमा सुरक्षा ब्यवस्था पनि मजबुत हुनुपर्ने सीमा वासीको माग रहेको छ। सुस्ता रोईरहकोेछ र भन्दै छ बचाउ मलाई मेरो अस्मिता लाई रक्षा गर नेपाली यसरी धर्ति ले गुहार मागेको बेला   नेपालका राजनितिक दल र सरोकारवाला सुस्तामा पर्यटक बनेर जाने र नारायणी नदि पार गरेपछि आप्ःना प्रतिबद्धताहरु नदिमा बगाएर आउने सुस्ता बासीको गुनासो रहेको छ।   शिक्षा, स्वास्थ्य ,र खाध्यान्नको अभाबमा पिल्सीरहेका सुस्ता बासी माथि भारतिय ज्यादति यो सरकार टुलुटुलु कतिन्जेल दर्शक बनेर हेर्ने हो। समयमा नै बैज्ञानिक नक्साङन र भारतिय ज्यादतीका विरुद्ध उच्च स्तरीय पहल नहुने हो भने ईतिहासले हामी सबैलाई धिक्कार गर्ने छ।

साभार www.hulakionline.com बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.