Latest Post

भदौ १७ गते देखि हाम्रो आदर्निय दाइहरु ज्योति काफ्ले नक्कली बावुराम भट्टराई .हनुमाने.जयन्ते,डिठ्ठासाब,बुनु मैचा,सिते बा को साथमा हेर्न नभुल्नुहोला( लालजोडि )
- राजेश नाथ ( बैतडी बाजे)

भरत भाइ को प्रयाश !!!
===============
आजकल लोकल तथा अन्य ग्रामीण कुखुरालाई पनि बजारको व्यावसायीक दाना खुवाएर हुर्काउने चलन वढी भएकोले जिउँदो लोकल कुखुरामा पनि मिसावट छ । तर हरेक दिन कुखुराको ताजा अर्गानीक अण्डा तथा मासु उपलब्ध हुने गरी घरेलु उपभोगका साथसाथै व्यावसायीक रुपमा नै शुद्ध अर्गानीक कुखुरा उत्पादन गर्न पनि त्यती कठिन भने छैन । म आँफैले करीब १ वर्षदेखी आफ्नै घरको सानो फार्ममा (तस्वीरमा देखाइएको) यस सम्वन्धी अध्ययन गरीरहेको छु । यसवाट प्राप्त प्रारम्भीक नतिजाहरु असाध्यै उत्साहजनक छन् जसलाई म यसै वर्ष प्रकाशीत हुने मेरो पुस्तक व्यावसायीक लोकल कुखुरापालनमा पनि प्रकाशीत गर्ने नै छु । यसरी उत्पादन गर्दा कुखुराको खोरसमेत भित्र पारेर घरेलु उपभोगका लागि आधा रोपनी तथा व्यावसायीक फार्मको लागि न्युनतम डेढ रोपनी जमिनलाइ तारजालीले घेर्नुपर्छ । हरेक दिन ताजा अर्गानीक अण्डा तथा मासु उपलब्ध होस् भन्ने चाहनुहुन्छ र घरनजिकै र सकभर कम्पाउण्ड भित्रै अलीकति जमीन छ भने अलिकति जानकारी लिएर जोकोहीले पनि यसरी कुखुरा पाल्न सक्नुहुन्छ । ढुक्क हुनुस् ब्रोइलर वा लेयर्सको जस्तो यस्को सुली गनाउँदैन र तपाइ र तपाइको छिमेकीलाइ यसको खोरमा नै सिमित हुने दुर्गन्धले कुनै असर गर्दैन । यिनको ९५ प्रतिशत आहारा अर्गानीक प्रकृतिको छ ।
यिनको ९५ प्रतिशत आहारा अर्गानीक प्रकृतिको छ । यि कुखुराको आहारामा कक्सीडियोस्टेट (रातो छेर्ने रोग विरुद्ध दानामा नियमित प्रयोग गरिने औषधी), भटमासको पिना (आयातीत भटमास वंशाणु परिवर्तन गरीएको वा जिएमओ भटमास हुन सक्ने भएकोले), वोनमिल (सट्टामा डाइक्याल्सीयम फस्फेट तथा चुनढुंगाको प्रयोग गरीएको), सिन्थेटीक एमिनो एसिड लगायत अन्य कुनै पनि सिन्थेटीक कम्पाउण्डको प्रयोग गरीएको छैन ।
ब्रोइलर तथा लेयर्स पालनको तुलनामा यि कुखुराहरु उत्पादन गर्नु असाध्यै सजिलो, आधा मिहेनत भए पुग्ने र जोखीम पनि आधाभन्दा कम हुने गर्छ । त्यतीमात्र हैन यसरी उत्पादीत कुखुराको मासु बजारमा दोब्बर मुल्यमा विक्रि गर्न सकिन्छ । आजभोली उच्च मृत्युदर तथा कमजोर जैविक सुरक्षाका कारणले गर्दा ब्रोइलर र लेयर्सपालन गर्ने थुप्रै साना कृषकहरुको पेशा संकटमा परेको छ । चाहेर पनि उचीत जैविक सुरक्षाको प्रबन्ध गर्न नसक्ने साना कृषकहरुको लागि यो उत्पादन प्रणाली निकै उपयोगी सावित हुन सक्ने देखिन्छ । यहाँहरु मध्ये कसैलाइ यस सम्वन्धमा थप जानकारी आवश्यक भएमा मलाई म्यासेज वक्समा सम्पर्क गर्न सक्नुहुनेछ ।
पुनश्चः यो पोष्ट ब्रोइलर तथा लेयर्सपालनका विरुद्धमा होइन, किनकि अर्गानीक उत्पादन एक अलग आयाम हो । युरोप, अमेरीका जस्ता देशमा पनि दानामा मिसाइने जेनेटीकल्ली मोडीफाइड (वंशाणु परिवर्तन भएका) भटमासको पिना लगायतका कच्चा पदार्थसँगको उपभोक्ताको विकर्षणको कारणले ५० देखी २०० गोटा कुखुरा भएका यस्ता फार्महरुको संख्यामा पछील्लो दशकमा २०० प्रतिशतले वृद्धि भएको तथ्यांक पढ्न पाइन्छ । मेरो विचारमा हामी कुखुरामा सही अर्थमा आत्मनिर्भर हुन चाहने हो भने अब हरेक जिल्ला पशु सेवा कार्यालयले पनि यसप्रकारको व्याकयार्ड पोल्ट्री (करेसाबारी तरकारी जस्तै) एवम् कमर्सियल रुरल पोल्ट्री प्याकेजका कार्यक्रम राख्नु उचीत हुने देखिन्छ ।
मैले बुझेसम्म हाम्रो देशमा वंशाणु परिवर्तन गरीएका खाद्पदार्थहरु प्रतिवन्धीत त छन् तर कमजोर अनुगमनका कारण त्यो प्रतिवन्ध सबै कागजमा मात्रै सिमित छ । यहाँसम्मकी कुनै खाद्यपदार्थ जिएमओ हो की हैन भनेर जाँच्ने प्रविधीसमेत नेपालमा छैन । हामी आँफै कल्पना गरौं न जुन देशमा मानिसले खाने अती सबेदनशील खाद्य पदार्थको त नियमित जाँच हुँदैन भने पशुपंक्षीको आहाराको कुन गती होला । वशाणु परिवर्तन गरीएका आहाराहरु कार्सिनोजेनीक हुन्छन् भन्ने भनाइको प्रतिवाद यसका उत्पादकहरुवाट गरीएपनी यसको बारेमा लामो अनुसन्धान हुनुपर्ने र तत्कालै यसको प्रभाव नदेखिने भन्दै वैज्ञानिकहरुले यस्ता खाद्यपदार्थको विरोध गर्दै आएका छन् ।
भरत भाइ कै फेसबुक बाट : भरत भाई पोखरा मा पशु चिकत्सक को रुपमा कार्यरत छन् !
- कृषि बिज्ञ राजेन्द्र देबकोटा

श्रीमान जेल परेदेखी आफ्ना यी छोरा छोरी को प्रश्न "बाबा कहिले आउनु हुन्छ ?को जवाफ दिन सकिरहेकी छैनन फुला ।

लक्ष्मण रसाइली ।
बिगत ९बर्ष देखि साउदी अरब मा जेल परेका थबाङ ४झुराबाङ रोल्पा का पन्च बहादुर रोका मगर भारतिय नागरिक को हत्या को अभियोग मा जेल परेका छन।र मृतक भारतिय का आफन्त कोहि पनि अदालतको सम्पर्क मा न आउदा रोका मगर लाई बिना सजाय फैसलामा जेल राखियको छ।रोका मगर का घरमा श्रीमती र एक छोरा र एक छोरी रहेका छन।सानी छोरी ३महिना कि हुदा प्रदेशिय का रोका अहिले ९बर्ष हुदा समेत बिना फैसला को जेल जीवन बिताइरहेका छन।उनकी श्रीमती फुला रोका मगर ती साना छोराछोरी को प्रश्न " बाबा कहाँ हुनु हुन्छ? के गर्दै हुनु हुन्छ?भनेर दिनहुँ सोध्ने  गरेको  प्रश्नको जवाफ दिनसकि रहेकि छैनन् ।उनी भक्कानिदै भन्छिन"श्रीमान को उता बिना सजाय फैसलाको जेल छ,९/९बर्ष भैसक्यो ,मलाइ भने केही पनि थाहा छैन,कता के गर्नु पर्छ?त्यसैले स्वदेश तथा बिदेश मा आबद्ध सरकारी तथा गैरसरकारी संघ सस्था ,नेपाली राजदुताबास साउदी ,नेपाल सरकार ,तथा सम्पुर्ण निकाय मा आफ्ना श्रीमान को उद्दार को लागि अपिल गरिरहेकी छिन।र नेपाली राजदुतावास साउदी अरब मा आफ्नो श्रीमान को फाइल अदालत मा न पुगेकै कारन फैसला मा ढिला भयको र बिना सजाय जेल राखी रहेको बताउछिन फुलामगर।र आफ्नो श्रीमान का फाइल दूतावास बाट छिटो अदालत मा पुगाइ दिनको लागि समेत अपिल गरेकी छिन।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.