श्रीमान जेल परेदेखी आफ्ना यी छोरा छोरी को प्रश्न "बाबा कहिले आउनु हुन्छ ?को जवाफ दिन सकिरहेकी छैनन फुला ।
लक्ष्मण रसाइली ।
बिगत ९बर्ष देखि साउदी अरब मा जेल परेका थबाङ ४झुराबाङ रोल्पा का पन्च बहादुर रोका मगर भारतिय नागरिक को हत्या को अभियोग मा जेल परेका छन।र मृतक भारतिय का आफन्त कोहि पनि अदालतको सम्पर्क मा न आउदा रोका मगर लाई बिना सजाय फैसलामा जेल राखियको छ।रोका मगर का घरमा श्रीमती र एक छोरा र एक छोरी रहेका छन।सानी छोरी ३महिना कि हुदा प्रदेशिय का रोका अहिले ९बर्ष हुदा समेत बिना फैसला को जेल जीवन बिताइरहेका छन।उनकी श्रीमती फुला रोका मगर ती साना छोराछोरी को प्रश्न " बाबा कहाँ हुनु हुन्छ? के गर्दै हुनु हुन्छ?भनेर दिनहुँ सोध्ने गरेको प्रश्नको जवाफ दिनसकि रहेकि छैनन् ।उनी भक्कानिदै भन्छिन"श्रीमान को उता बिना सजाय फैसलाको जेल छ,९/९बर्ष भैसक्यो ,मलाइ भने केही पनि थाहा छैन,कता के गर्नु पर्छ?त्यसैले स्वदेश तथा बिदेश मा आबद्ध सरकारी तथा गैरसरकारी संघ सस्था ,नेपाली राजदुताबास साउदी ,नेपाल सरकार ,तथा सम्पुर्ण निकाय मा आफ्ना श्रीमान को उद्दार को लागि अपिल गरिरहेकी छिन।र नेपाली राजदुतावास साउदी अरब मा आफ्नो श्रीमान को फाइल अदालत मा न पुगेकै कारन फैसला मा ढिला भयको र बिना सजाय जेल राखी रहेको बताउछिन फुलामगर।र आफ्नो श्रीमान का फाइल दूतावास बाट छिटो अदालत मा पुगाइ दिनको लागि समेत अपिल गरेकी छिन।
Post a Comment