दरको नाममा पिउन,
थाले बोतलको दारु।
चाडपर्व बिकृत भो,
यहाँ लौन कसो गरु।।
.
हराइ गए संस्कृती र,
तिज चाडको मर्म।
रत्याउलिकै गित हुन्की,
सुन्दा लाग्छ सर्म।
.
मिनिस्कटमै नाच्ने गाउने,
तिजमा आजभोलि।
कुन दुलोमा थाहा छैन,
खै फरिया र चोली।।
.
दर खाना मै महिनौ,
देखि तिम्रो चुरिफुरी।
गहनाको सो ले गर्दा,
दाग्न थाले छुरी।।
.
तिजको नाममा छाडातन्त्र,
देख्दा तात्छ कन्पारो।
संस्कृतिलाई हन्दै छ,
आज तिजले बन्चरो।
.
अति भो बुद्धि फिराउ,
हे नारीजन चेली।
इतिहासमा सिमित होला,
तिम्रो तिज पर्व भोलि।
- गोले जनक
खाेटाङेलाइ खबर ।
दुधकाेशी जयरामघाटकाे स्थायी माेटर चल्ने पुल ७ महिनाभित्र पुराहुने भएछ ।
संधै सास्ती पाउनुभन्दा त यति समय कुर्न ठिकै लाग्याे ।
हुलास कम्पनीका इन्जीनियर उद्धब रानामगरका अनुसार चीनबाट सामान र प्राविधिक अाइ काम थालिएकाे छ ।
२०७४ साल देखि सिधै काठमाडाै देखि खाेटाङ जान सकिने भयाे ।
मध्ये पहाडी सडक पिचहुने काम पनि धमाधम भएकाेले ३ बर्षमा दिक्तेल ७ घन्टामै पुगिने भाे ।
गाइघाट देखि खाेटाङ माैरेकाे १०१ किलाेमिटर सगरमाथा लाेकमार्गकाे पनि ४ बर्षमा सकिनेगरी ठेक्का लागि सकेकाेले अाशलाग्दाे दिनहरू अाउँदैछन् । गाइघाट दिक्देलकाे दुरी ३ घन्टामा झर्ने भाे ।
फाेक्सिङटारकाे पूलकाे काम पनि डिजाइनकाे काम करीब सकिएकाे देखिन्छ र ३ बर्षभित्रै सकिने अनुमान छ ।
अब जिल्लाबासीले उत्पादनकाे कुरातिर लाग्नु अाबश्यक भएकाे छ ।
हातेमालाे गराैं । अगाडी बढाैं ।
सबैभन्दा पछि परेकाे खाेटाङलाइ अघि बढाअाैं ।
- मदन राई