Latest Post

सक्नेले हात खोलेर दान गरौं , नसक्नेले मन खोलेर समर्थन गरौं।  परोपकारका लागि गरिने प्रत्येक सहयोग , पुन्य प्राप्तिका भर्याङ्ग हुन्।

अरुको लागि बत्ति बाल्दा त्यो उज्यालोमा आफु पनि हिड्न सकिन्छ
___________________नेपाल जर्नि_________________
नेपाल जर्नि एक सैक्षिक् सेवामा समर्पित सँस्थाका रुपमा आफ्नो पहिचान बनाइरहेको छ । नेपाल भुमिमा शिक्षा र स्वास्थ्यबाट कुनै पनि बालबच्चा यसको उज्जालोबाट बन्चित हुन नपरोस भन्ने पवित्र भावले विदेश भुमिमा रहेर मातृभुमि प्रति आफ्नो प्रेम र सदभाव झल्काउनका निमित्त हामी आ -आफ्नो स्थानबाट जुटिनै रहेका छौ ।
यसैको निरन्तरताका क्रममा नेपालका विभिन्न स्थानहरु मध्ये हेटौडामा अबस्थित बाल उधान ( चिल्ड्रेन पार्क) भित्र रहेको तिनतले भवनको माथिल्लो तलामा एक सुन्दर, अत्याधुनिक र सर्वसुलभ पुस्तकालय बनाउने उद्धेश्य लिएका छौ । स्थानियहरुको पनि अति राम्रो सहभागिता रहेको उक्त क्षेत्रमा यहाँहरुको पनि सप्रेमले नेपाल जर्निले एउटा स्पष्ट रुपमा देखिने गरी शैक्षिक उन्नतिका लागि पहल चालेको छ ।
पुस्तकालयमा गएर सामुहिक रुपमा अध्ययन गर्ने परम्परा अत्यन्तै पातलिदै गएको अवस्थामा पुनः जन चेतना पनि जागृत गर्नु पर्ने भएको छ ।अध्ययन गर्ने प्रवृति मानवताको चेतना स्तर अत्यन्त फराकिलो हुदै जाने कुरामा कुनै सन्देश रहदैन  ।
सम्पूर्ण पक्षलाई हेर्दा हेटौडा स्थित उक्त चिल्ड्रेन पार्कमा पुस्तकालय बनाउन उपयुक्त देखिन आएकाले विश्व भरी छरीएर रहनु भएका मनका धनि साथी भाइ मध्ये हाम्रोले नेपाल जर्निका तर्फबाट यहाँहरुलाई कोडिनेटरका रुपमा रहेर हाम्रो साझा अभियानलाई साथ सहयोग पुर्याइदिन हार्दिक अनुरोध गरेका छौ।

हालसम्म हाम्रो अनुरोधलाई स्विकार गरेर बिभिन्न देशमा रहुन हुने तपाई साथिहरुका विचमा केही जानकारी र सामुहिक सर सल्लाह हुन सकोस भनि यो पत्रचार गरेका छौ ।अझ यस सम्वन्धमा विस्तृत जानकारीका लागि सम्पर्क गर्न सक्नुहुनेछ र यहाँहरुसँग थप साथ सहयोगको पनि अपेक्षा राखेका छौ ।

Salute to All Helping Hands from Around the WORLD🌎🌏🙏🏽🙏🏽

  नबराज आचार्य
इजरायल
₊972527413970

राम प्रसाद पराजुली
दोहा कतार
₊97455656342

प्रेम प्रसाद आचार्य
ओकाया जापान
₊818038783124

शम्भु पुडासैनी
कोरिया
₊821086038169

गंगाराम कडेल
आयरलैंड
₊353863665440

अर्जुन कटवाल
लन्डन
44788405741

इन्दिरा वाग्ले
फिसर इन्डीना अमेरिका
₊13179852408

माया शर्मा
सान फ्रान्सिस्को अमेरिका
5107039609

अन्जेली मल्ल
अस्ट्रेलिया
₊61449198224

मौसमी श्रेष्ठ
Euless Tx USA
₊12142269168

श्रवन श्रेष्ठ
Irving Tx US
₊19727467636

दिनेश श्रेष्ठ
दोहा कतार
₊97455696353

Badri Shrestha
Houston TX
Info@nepaljourney.org

Sabin Shrestha
Australia
+61 415 225 080

Narendra Shrestha
Pokhara Nepal
011 977 985-6023100

मौसमी श्रेस्ठ दिदिको फेसबुक बाट साभार,

प्रदेशी छोरोको आमा लाई चिठी

आमा कहिले कुबेतमा नेपाली चेली साहुको दुव्र्यवहार बाट चित्कारियको समाचारले भक्कानियर रुन्छु.. त आमा कहिले साउदीमा नेपाली छोरी निलडाम हुने गरि पिटिएको खबरले भाबबिहाल बनी  रुन्छु त आमा कहिले दुबईमा नेपाली दाजुभाइ डुयुटी मै हुदा गोलि र खुकुरी प्राहार बाट मुर्छित बन्दै ढलेको खबरले भक्कानिदै रुन्छु ..त आमा कहिले मलेसियामा नेपाली दाजुभाइ दिदीबहिनीहरु त्यहाँका मले जाती गुन्डा बाट छुरा प्राहार बाट सडकमा छट्पटीरहेको खबरले मुटु पोलेर रुन्छु...  आमा यस्ता दैनिक दर्दनाक नेपाली माथीको घटनाले यो शरीर काम्छ आमा हातखुट्टा तेसै लर्खरिन्छन अनि भगवान लाई गुहार दै सकि नसकी भय पनि डियुटी जानै पर्छ र जान्छु ..आमा कति दुखी बाध्यता बिभस जिबन रहेछ है हामी नेपालीको.. आउछन् आमा तिनै घटना झलझल्ती आँखामा अनि फेरि आँसु थामिदैनन र रुन्छु... तेस्तै सपनीमा दर्दानक घटना देख्छु र आमा सपना मै छागा बाट खसे झै हुन्छु र फेरि तेहि सपना सम्झियर भक्कानिदै रुन्छु आमा भक्कानिदै रुन्छु                     ~चेतन राज भण्डारी ~

"आत्मनिर्भर हाम्रो शान ! आर्थिक उन्नतिका लागि हाम्रो अभियान !!" भन्ने उद्देश्य का साथ साउदी अरब मा हाम्रो बचत -ऋण तथा सहकारी संस्था गठन ।

युबराज कार्की,साउदी अरब।
आत्म निर्भर हाम्रो सान।आर्थिक उन्नति उन्नतिका लागि हाम्रो अभियान ।भन्ने उदेश्य का का ज्ञानु गिरि को अध्यक्षता मा पन्ध्र सदस्यीय समिती गठन गरियको छ।जसमा
अध्यक्ष -ज्ञानु गिरि (कास्की )सचीव -युबराज कार्की (उदयपुर )कोषाध्यक्ष -पुष्कर बा.थापा मगर (रामेछाप )ऋण परिचालक -प्रेम  साम्बा (इलाम )र सदस्य हरु मा जीवन चौधरी ,युबराज कुवर,लक्ष्मण जि सि,बाबुराम बि सि,ज्ञानेन्द्र चौधरी ,सुबिन्द्र मोक्तान ,नीर बहादुर सेठ,धन बहादुर तामाङ,सुक्र राज पासी,राज कुमार गुरुङ,सागर महरा र सल्लाहकार हरु स्याम भुजेल (सुनसरी ) प्रकाश तामाङ (भक्तपुर )रहनु भयको छ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.