Latest Post

मनिषाको नयां जीवन ।
मध्यरात २ बजे । ३ जना बच्चिहरु ।  सवै हस्पिटल चहार्दा पनि भर्ना लिएन । १६ दिनका वालक ।


धामीले पुजा गर्दै राखेर अन्तिम भएपछि गाउंबाट ३ दिन लागेर भरतपुर आएका ति बच्चिहरु । सवै हस्पिटल चाहरे । भर्ना कही लिएन ।  महिलाहरु मात्रै । हस्पिटललाई लाग्यो होला गाउंबाट आएका कसरी पैसा तिर्छ । भरतपुर मेडिकल कलेजको ईमर्जेन्सी वार्डमा डांको छोडेर रोईरहेकी । अचानक जम्का भेट भयो । मैले धेरै विन्ति गरे । भेन्टिलेटर र आइसियु व्यस्त भएकाले विरामी भर्ना गर्न सकिन्न भने । धेरै हस्पिटलमा फोन गरे । सम्भावना रहेन । नारायणी सामुदायिक हस्पिटलमा भेन्टिलेर खाली नभएको र अक्सिजन मात्रै दिएर आईसियुमा उपचार गर्न सकिने स्विकार गरे । धेरै अस्पतालहरुमा  गरेको प्रयास अस्विकार भएपछि  बाध्य भएर पत्रकारको परिचय दिए । डा. निरज सहितको टिमले उपचार थाल्यो । ५ दिन पछि कान्ति वाल अस्पतालमा थप उपचारका लागि लगियो । आज सकुसल घर फर्केका छन् । डा. निरज, मित्र सन्दिप सहित सम्पूर्ण टिमप्रति आभारी छु । मेरो सानो प्रयासले एउटा बच्चाले नयां जीवन पाएको छ । 

Journalist/Actor:- Kb Rana

जसरी मैले पत्रकार भनेर उपचार गर्न लगाए । त्यस्तो दिन अन्त्य होस । हरेक नागरिक यो देशका नागरिक हुन । हुनेले राम्रो शिक्षा, स्वास्थ्य सेवा पाउने नहुने, पहुंच वाहिर भएकाहरु पैसा खर्च गरेर पनि उपचार विना मर्नुपर्ने नेपाली दुर्दशाको अन्त्य होस ।

साभार -Journalist/Actor:- Kb Rana               (देबचुली टेलिभिजन,कावासोति) बाट। 



स्वास्थ्य जानकारी
बिहान खाली पेटमा दूध चिया पिउदा हुनसक्ने नोक्सान
स्वास्थ्य खबरपत्रिका २०७३ कार्तिक २० शनिबार

चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन ।

खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ ।
दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन् ।

ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।

‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ ।

दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ ।

साभार www.swasthyakhabar.com बाट

सबिनको उपचार लागि  साउदी अरब बाट उपचार खर्च रकम सहयोग ।
लक्ष्मण रसाइली
कतार।


                  बाबा गुमाए ,आमा ले दोस्रो बिहे गरिन।जो ४बर्ष का सक्ला १जाजरकोट का सबिन के सि।केही बर्ष अघि भारत मा मजदुरि गर्न गयका बाबू जनक खत्री को  भारत मा नै मृत्यु भयको थियो र आमा ले भने दोस्रो बिहे गरेकि छिन।त्यस्तै सबिन के सि भने घर मा आमा बाबा कोहि नभय पछि मामा घर खगेनकाेट ९मंसिरि बस्दै आयका छन।


र केही दिन अघि मात्र माउलि घर मंसिरि मा नै भैंसी ले टेकेर खुट्टा भाचियको थियो।उनका मामा सुरेश पुन ले उनलाइ उपचार को लागि कोहलपुर पुर्याएकाथिय।अनि कोहलपुर अस्पताल  मा उपचार खर्च जुटाउन नसक्दा के सि को उपचार मा कठिन आयको थियो।


त्यस्तै यो खबर बिगत केही महिना देखि कतार मा कार्यरत समाजसेवी लक्ष्मण रसाइली संग खबर पुगे संगै स्वदेशी भुमी मा जाजरकोट का स्वतन्त्र पत्रकार हेमन्त के सि तथा प्रबासि भुमी देखि लक्ष्मण को पहल तथा साउदी अरब मा कार्यरत सम्पुर्ण सहयोगी मन हरु बाट सबिन को उपचार को लागि रु २७,००२/-(सत्त्ताइस हजार दुई रुपैया) सहयोग भयको छ ।जसमाअ सहयोग गर्ने हरु मा रमेश बुढा मगर (रोल्पा)भिमसेन घर्ती,चमार बुढा ,गनेश परियार,सुरेश बुढा ,प्रेम बि सि -बाग्लुङ ,थोप लाल कुमाल-तनहुँ  बाट जम्मा रु२१८८९सहयोग भयको छ भने जित बहादुर रोकाबाट रु५०००/-सहयोग भयको छ।सो जम्मा भयको रकम स्वदेश पठाइ सकेको छ।




Contact Form

Name

Email *

Message *

Powered by Blogger.