Latest Post

छन्लाबोक्दो छन्जु स्थित पोङदोङमा छन्जु नेपाली सेल्टरको समुदघाटन भएको छ।। चाहेको खन्डमा दिनमा 2/4 घन्टा जति मन लाग्छ सेल्टरमा नै काम गरि दैनिक धेरै थोरै आम्दानी समेत गर्न सकिनेछ।।

राजु गोतामे र सन्जय थापाको पहलमा कोरिएन नागरिक Ahn byeongheon को सहयोगमा नेपाली सेल्टर सन्चालानमा आएको हो।।छन्लाबोक्दोमा नेपालीको संख्या बडदै गएको र नेपाली सेल्टरको आवस्यकता भएकोले सेल्टर स्थापना गरिएको हो।साथै राजु गोतामेको अध्यक्षतामा सन्जय थापा उपाध्यक्ष तेज शाहा सचिब तथा सृजना घिमिरे कोषाध्यक्ष रहने गरि 11 सदस्यीय सेल्टर सन्चालक समितिको पनि गठन भएको छ।छन्लाबोक्दो र आसपासमा रहेका र यो छेत्रमा आउन चाहानेहरुको सुबिधाको लागि सेल्टर खोलिएको हो।।
छन्जुमा रहेको नोदङ्बु सङ्ग समन्वय गरि सेल्टरको स्थापना भएको हुदा भाषाको समस्या हुने तथा नोदङ्बु बाट म्यासेज लिएर काम खोज्नेहरुको सहजताको लागि नोदङ्बुमा नेपाली कामदारहरुलाइ पहिला के काम गर्ने कति तलब पाए काम गर्ने कुन एरियामा काम गर्ने छुट्टी तथा काम गर्ने समयको समेत जानकारी गराएर जान इच्छुक भएमा मात्र म्यासेज दिने बेबस्था समेत गरिएकोले म्यासेज लिएर काम बुज्ने अनि चित्त नबुजेर क्यन्सिल गर्ने फेरि म्यासेज लिने झन्झट पनि बेहोर्न नपर्ने बेबस्था गरिएको छ त्येसैले यो एरियामा आउनेले छिटोभन्दा छिटो काममा लाग्न पनि सजिलो हुने भएको छ।साथै सेल्टरमा बसुन्जेल र काममा नलगुन्जेल सम्म धेरै थोरै खर्च पुर्याउनको लागि सेल्टरमा नै हाराबाइट कामको पनि बेबस्था गरिएको छ।तेसैले चाहेको खन्डमा दिनमा 2/4 घन्टा जति मन लाग्छ सेल्टरमा नै काम गरि दैनिक धेरै थोरै आम्दानी समेत गर्न सकिनेछ।।
यो एरियामा राम्रो काम प्रशस्तै भएतापनी नेपालीहरु तेति धेरै नआउने भएकोले छिटोभन्दा छिटो काममा लाग्न चाहनेहरु यहाँको सेल्टरमा आउन सक्नुहुनेछ।।।छ्न्जुको बस टर्मिनल तथा नोदङ्बु बाट 345 तथा 335 न:को सिने बसबाट 30 मिनेट्मा सेल्टर सम्म पुग्न सकिन्छ ।।
सेल्टर सम्म आउनको लागि तथा अन्य जानकारिको लागि।
राजु गोतामे:-01021880693
सन्जय थापा:-01090076978
तेज शाहा:-01046877811
- Nepal Xingu

मनिषाको नयां जीवन ।
मध्यरात २ बजे । ३ जना बच्चिहरु ।  सवै हस्पिटल चहार्दा पनि भर्ना लिएन । १६ दिनका वालक ।


धामीले पुजा गर्दै राखेर अन्तिम भएपछि गाउंबाट ३ दिन लागेर भरतपुर आएका ति बच्चिहरु । सवै हस्पिटल चाहरे । भर्ना कही लिएन ।  महिलाहरु मात्रै । हस्पिटललाई लाग्यो होला गाउंबाट आएका कसरी पैसा तिर्छ । भरतपुर मेडिकल कलेजको ईमर्जेन्सी वार्डमा डांको छोडेर रोईरहेकी । अचानक जम्का भेट भयो । मैले धेरै विन्ति गरे । भेन्टिलेटर र आइसियु व्यस्त भएकाले विरामी भर्ना गर्न सकिन्न भने । धेरै हस्पिटलमा फोन गरे । सम्भावना रहेन । नारायणी सामुदायिक हस्पिटलमा भेन्टिलेर खाली नभएको र अक्सिजन मात्रै दिएर आईसियुमा उपचार गर्न सकिने स्विकार गरे । धेरै अस्पतालहरुमा  गरेको प्रयास अस्विकार भएपछि  बाध्य भएर पत्रकारको परिचय दिए । डा. निरज सहितको टिमले उपचार थाल्यो । ५ दिन पछि कान्ति वाल अस्पतालमा थप उपचारका लागि लगियो । आज सकुसल घर फर्केका छन् । डा. निरज, मित्र सन्दिप सहित सम्पूर्ण टिमप्रति आभारी छु । मेरो सानो प्रयासले एउटा बच्चाले नयां जीवन पाएको छ । 

Journalist/Actor:- Kb Rana

जसरी मैले पत्रकार भनेर उपचार गर्न लगाए । त्यस्तो दिन अन्त्य होस । हरेक नागरिक यो देशका नागरिक हुन । हुनेले राम्रो शिक्षा, स्वास्थ्य सेवा पाउने नहुने, पहुंच वाहिर भएकाहरु पैसा खर्च गरेर पनि उपचार विना मर्नुपर्ने नेपाली दुर्दशाको अन्त्य होस ।

साभार -Journalist/Actor:- Kb Rana               (देबचुली टेलिभिजन,कावासोति) बाट। 



स्वास्थ्य जानकारी
बिहान खाली पेटमा दूध चिया पिउदा हुनसक्ने नोक्सान
स्वास्थ्य खबरपत्रिका २०७३ कार्तिक २० शनिबार

चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन ।

खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ ।
दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन् ।

ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।

‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ ।

दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ ।

साभार www.swasthyakhabar.com बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.