Latest Post

बालबालिकालाई कब्जियत भए के गर्ने ?
डा.विनिता जोशी, बालरोग विशेषज्ञ, नर्भिक अस्पताल

दुई वर्ष नाघेपछि स्कूले उमेरका बालबालिकामा कब्जियतको समस्या ज्यादा देखिन्छ । शहरीक्षेत्रमा २ वर्ष पुग्नासाथ बालबालिकालाई स्कूल पठाउने चलन छ । त्यो उमेरसम्म बालबालिकामा नियमित समयमा शौचालय जाने बानीको विकास भइसकेको हुँदैन । स्कूल जानासाथ उसको वातावरण परिवर्तन हुन्छ । अर्कोतर्फ हरेकजसो घरमा कामकाजी अभिभावक भएकाले फुर्सद नहुँदा बालबालिकालाई घरमा शौचालयको बानी विकास गराउन सकिएको हुँदैन । अर्कोतर्फ बालबालिका ७/८ वर्षको भएपछि अभिभावकहरूले उनीहरूको हेरचाहबारे कम ध्यान दिन थाल्छन् जसले बालबालिकाको दिसा गर्ने बानीलाई नियमित बनाउन सक्दैन । यसमा बच्चाले मलाई कब्जियत भयो भन्ने महसुस नै गर्न पाउँदैन ।

स्कूलको नयाँ वातावरण, शिक्षकहरूसँग घुलमिल नहुने भएकाले स्कूलको शौचालयमा दिसा गर्ने बानी बालबालिकामा बसिसकेको हुदैन । फर्केर घरमा आएर फेरि शौचालय जान बिर्सन्छन् । यही चक्रका कारण बच्चा बेलामै  कब्जियतको समस्या सुरु हुन्छ । एक हप्तासम्म पनि शौचालय नजाने, गएपनि नियमित नगर्ने, शौचालय बस्दा कन्ने, २÷३ दिनमा एकपटक शौचालय जाने जस्ता आदत देखा पर्छन् । दिसा बस्दा कन्ने बालबालिकालाई पनि कब्जियत भएको मानिन्छ । २ देखि ४ वर्षका बालबालिकाहरू शौचालय जान नमान्ने, रुने, कुनामा गएर उभिने लक्षण देखा पर्छन् । कालान्तरमा उनीहरूमा पेट दुख्ने, पेट फुल्ने लगायतका समस्या देखिन्छन् ।

सागपात नखाने, पानी कम खाने पाका मानिसहरूलाई मात्रै होइन, कलिला बालबालिकामा शौचालयको नियमित बानी हुन नसक्दा देखिने कब्जियतको समस्या विकराल बन्दैछ । शहरका बालबालिकामा जंकफुड बढी खाने, पर्याप्त व्यायाम नहुने लगायतका बानी छ । नियमित शौचालय नगई दिसा रोक्ने बानी पर्दै गएपछि कब्जियत हुन थाल्छ । लामो समय कब्जियत रहिरह्यो भने पेट दुख्ने समस्या सुरु हुन्छ । लामो समय आन्द्रामा दिसा संकलन भइरह्यो भने बालबालिकालाई खाना नरुच्ने, खाना खाएपछि वाकवाकी लाग्ने, बान्ता हुने, खाना नखाएकाले तौल घट्दै जाने हुन्छ । कब्जियत लामो समयसम्म रहेमा उनीहरूले बल गरेर दिसा गर्नुपर्ने भएकाले दिसामा रगत जाने र  ठुलोआन्द्राभित्र मासु पलाउने खतरा रहन्छ ।

जव बालबालिकाहरू आफै शौचालय जान थाल्छन, हामीले उसलाई सकेसम्म घरमै नियमित समयमा शौचालय जाने बानी बसाउनुपर्छ । स्कूल जाने बालबालिकालाई विहान बरु १५ मिनेट छिटो उठाएर भए पनि शौचालय पठाउनुपर्छ । यसबाट उनीहरूले असहज महसुस गर्ने स्कूलको शौचालयमा जानुपर्ने बाध्यता कम हुन्छ । बिहान शौचालय जाने बानी भएमा कब्जियत हुने सम्भावना निकै घट्छ । जंकफुड खान नदिने, सागसब्जी र फलफूलमा जोड दिनुपर्छ । यसले कब्जियत भइसकेकाहरूलाई पनि सहयोग गर्छ ।
साभार www.swasthyakhabar.com बाट

निमोनिया कसरी हुन्छ र जोगाउने कसरी ?
-डा. अरुण कुमार सिंह, बालरोग विशेषज्ञ २०७३ कार्तिक २७ शनिबार

निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो।बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो।

निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो, जसमा फोक्सोका कोषहरू सुनिन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ । ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ। निमोनिया धेरै जसो सुक्ष्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरियाहरु भाइरसहरु वा फंगसहरुले गराउदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरुले गर्दा यी विभिन्न किटाणुहरुको संक्रमणले प्रभाव पार्दछ ।

जस्तो कि समुदायमा हुने निमोनियामा ३ हप्ता को उमेर देखि ४ बर्षको उमेरसम्मका बालबालिकाहरुमा स्ट्रेप्टोकोकस निमोनिया नामक ब्याक्टेरीयाको संक्रमण बढी हुन्छ । त्यस्तै पाँच बर्ष भन्दा पछिको बालबालिका हरुमा माइकोप्लास्मा निमोनिया र क्लामाइडीया भन्ने किटाणुको संक्रमण बढी हुन्छ । यी बाहेक अरु स्वस्थ्य बच्चाहरुमा हेमोफिलस इन्फ्लुएन्जा, ग्रपु ए स्ट्रेप्टोकोकस र इस्टाफाइलोकोकस ले निमोनिया गराउँदछन् । एचआईभी एड्स भएका बच्चाहरुमा टिवि वा निमोसिसटिस जेरोवेसी, साल्मोनेला, ई कोलाई तथा एटिपिकल माइको ब्याक्टेरियाले निमोनिया गराउँदछन् ।

विश्वभर वर्षेनी ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ भने नेपालमा ५ वर्ष मुनिका ३५ लाख वच्चाहरु मध्ये ५६ सय जनाको मृत्यु हुन्छ। मृत्यु हुनेहरु मध्ये ९८५ बालबालिकाहरु नेपाल जस्तो कम विकासोन्मुख देशका पर्दछन्। आँखाले देख्न नसकिने सुक्ष्म जिवाणुहरु हो जुन प्रत्येक मानिसको नाक र घाँटीमा हुन्छ तर यी जिवाणुहरु जब फोक्सो भित्र पस्छ यसले संक्रमणले निमोनियाँ गराउँछ।

निमोनिया रोगका लक्षणहरु
सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने र पछि छिटो छिटो सास फेर्ने वा सास फेर्न गाहो हुनु। ज्वरो (१०२ भन्दामाथि) कडा निमोनिया भएमा वच्चा खान पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसै कसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्दछ।छिटो छिटो सास फेर्ने कोखा हान्ने निलो हुने जस्ता लक्षणहरु रोगको अबस्था बिग्रदै जाँदा बढ्दै जान्छन ।

निमोनियाको उपचार कसरी गर्ने ?
केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ। अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ। निमोनियाको उपचार एन्टिवायोटिक र सरल तरिकाबाट गर्न सकिन्छ। शिशुहरुमा विशेषत नवजात शिशुहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ । शिशुहरुमा विशेषत नवजात शिशुहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ। बच्चाले छिटो छिटो श्वास फेरेमा, बच्चाको कोखा हानेमा, बच्चाले झोल खाने कुरा खान नसकेमा, बच्चाले आमाको दूध चुस्न नसके समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रने हुँदा अस्पताल जान जरुरी छ ।

डा. अरुण कुमार सिंह, बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

- साभार www.swasthyakhabar.com बाट

करेला किन खाने ?  भान्सामै छ औषधी।।
स्वास्थ्य खबरपत्रिका २०७३ कार्तिक २७ शनिबार


खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ । करेलाका केही फाइदा यस्ता छन्ः 

– शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पु¥याउँछ ।

– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।

– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ ।

– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।

– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।

– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।

  -  कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।
  -  डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।
  -  करेला खाने गर्नाले रगत सफा हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ ।

साभार www.swasthyakhabar.com बाट


Contact Form

Name

Email *

Message *

Powered by Blogger.