पेट स्क्यान बारे जान्नैपर्ने केही कुरा (के- केमा प्रयोग हुन्छ ? कसरी गरिन्छ ?)
पेट स्क्यान बारे जान्नैपर्ने केही कुरा (के- केमा प्रयोग हुन्छ ? कसरी गरिन्छ ?)
अस्पताल २०७३ कार्तिक २७ शनिबार प्रकाशित
पेट स्क्यान अर्थात PET SCAN भनेको पोजिट्रोन इमिशन टोमोग्राफी एयकष्तचयल Positron Emission Tomography को संक्षिप्त रुप हो । यसको नाम हाम्रो शरीरको अंग पेटसंग (आमाशय) मिल्दो भएता पनि वास्तवमा यो आमाशय स्क्यान गर्ने प्रविधि होइन ।
पेट स्क्यान एउटा इमेजिङ पद्धति हो जसमा रेडियोधर्मी पदार्थको प्रयोग गरिन्छ । शरीरको कोषिकाहरुमा भइरहेको शुक्ष्मस्तरको सामान्य वा असामान्य क्रियाशिलताको मापन पेट स्क्यानबाट गर्न सकिन्छ । यसले गर्दा शारिरिक परिवर्तन तथा लक्षण आउनु पूर्व नै रोग र रोगको अवस्था पत्ता लगाउन सकिन्छ । यसको उपयोगीता आदिले क्यान्सरमा करीव अपरीहार्य नै मानियता पनि यसको प्रयोग क्यान्सरमा मात्र नभइ मुटुको रोग, न्युरोलोजी , विभिन्न इन्फेक्सन (संक्रमण) सम्बन्धी रोगको अध्ययन र जाँचमा पनि गरिन्छ ।
पेट स्क्यानमा विभिन्न रेडियोधर्मीहरु ( कार्वन, अक्सिजन, नाइट्रोजन आदी ) को प्रयोग हुने भएता पनि क्यान्सर परीक्षणको लागी मुख्यतः FDG (फ्लोरोडीअक्सी ग्लुकोज ) को प्रयोग हुन्छ । पेट स्क्यानले शरिरको विभिन्न महत्वपूण कार्यहरु जस्तै : रक्त प्रभावको मात्रा, अक्सिजनको प्रयोग, ग्लुकोजको खपतको अध्ययन गरी विभिन्न अंगहरुको क्रियाशिलता जाँच गरी त्यो अंगको अवस्था पत्ता लगाउन मद्धत गर्दछ । पेट स्क्यानले सानो भन्दा सानो अनियन्त्रित परिवर्तनलाई पनि सुक्ष्म रुपमा किटान गर्दछ । शरिरका ती अंगहरुमा जहाँ क्रियाशिलता वढी छ त्याहाँ ग्लुकोजको खपत बढी हुने गर्दछ । क्यान्सर भनेकै कोषिकाहरुको असामान्य तथा अनियन्त्रित बृद्धी हुने भएकोले यसमा क्रियाशिलता बढ्नुका साथै ग्लुकोजको मात्रा बढि खपत हुन्छ । जसलाई पेट सि टी स्क्यानको माध्यमबाट इमेजमा परिवर्तन गरि अध्ययन गरिन्छ ।
के केमा प्रयोग हुन्छ पेट स्क्यान ?
क्यान्सर पत्ता लगाउन
क्यान्सर शरिरको एक भागमा मात्र छ की अन्यत्र फैलिएको छ भनि पत्ता लगाउन
उपचार शुरु गर्नुअघि क्यान्सरको स्टेजिङ्ग गर्न
उपचारपछि उपचारको प्रभावबारे मापन गर्न
कहिलेकाहीँ रोग पत्ता लगाउन बायोप्सी (मासु जाँच) गर्न कठिनाइ हुदाँ बायोप्सीको लागि सही ठाउँ पत्ता लगाउन
रेडियोथेरापी (कुनै कुनै क्यान्सरमा ) उपचारको प्लान गर्न
मुटुको माशंपेशीमा रक्त प्रवाह हेर्न
मुटुको विभिन्न रोगको अध्ययन गर्न
दिमागको विभिन्न अवस्था अध्ययन गर्न
यो कसरी गरिन्छ ?
पेट स्क्यान गर्नु केही घण्टादेखी खाली पेट रहनुपर्छ । गुलियो मिसिएको पेय पदार्थ खानु हुदैन । किनकी यो जाचँमा पनि ग्लुकोज दिइन्छ र खानाबाट पनि ग्लुकोज बन्छ र शरिरले लिने हुदाँ जाचँमा असर पर्छ । यसपछि सुईको माध्यमबाट एफ डि जी शरिरमा दिइन्छ र पेट स्क्यान मेशिनमा जाचँ गरिन्छ ।
एफ डि जी सूई लगाएपछि आरामले बस्नु पर्ने हुन्छ । हिडडुल गर्दा पनि ग्लुकोज खपत हुने हुनाले रिर्पोटमा परिवर्तन आउन सक्छ र जाचँ दोहो¥याउनु पर्ने पनि हुन सक्छ । यसरी सूई दिइसकेपछि सिटी स्क्यानमा राखिन्छ र विभिन्न अवस्थाको फोटो खिचिन्छ ।
पेट स्क्यानको माध्यमबाट ति अंगहरुको क्रियाशिलताको बारेमा अध्ययन हुन्छ र पेटमा सि टी स्क्यानर हुने हुनाले अंगहरुको इमेज पनि देखिन्छ । जसले गर्दा यो अध्ययनलाई सहज बनाइदिएको छ । जाचँपछि जहाँ कोषिकाहरु धेरै क्रियाशिल हुन्छन त्यो भागमा ग्लुकोजको क्रियाशिलतामा बढी देखिन्छ जसलाई “ हट स्पट” भनिन्छ । यो पुरा स्क्यान प्रक्रियालाई आधा घण्टा जति लाग्छ र कहिलेकाही विशेष अवस्थामा समय लम्बिन सक्छ ।
पेट स्क्यानको फाइदा
यसले शरिरको विभिन्न अंगको बनावटको साथसाथै क्रियाशिलता पनि एकैचोटी जाचँ गरी देखाउछ ।
अरु इमेजिङ पद्धतिबाट प्राप्त गर्न नसकेको सूचना यसबाट प्राप्त गर्न सकिन्छ ।
यसले विभिन्न क्यान्सर रोग पत्ता लगाउन मद्धत गर्दछ । जसले गर्दा उपर्युक्त उपचार पद्धति प्लान गर्न सकिन्छ ।
यसले शुरुवाती अवस्थामा रोग पत्ता लगाउन मद्धत गर्छ ।
सिमितताहरु
यसमा प्रयोगहुने रेडियो एक्टिभ (रेडियोधर्मी) पदार्थको आयू थोरै (११० मिनेटको) हुन्छ । र सेल्फ लाइफ १२ घण्टाको हुन्छ । यसले गर्दा यो पदार्थ बनिसकेपछि जतिसक्दो चाडो प्रयोग गर्नु पर्दछ ।
हाम्रो देशमा विभिन्न सक्रामक रोगहरु जस्तै क्षयरोग, सार्कोइडोसिस धेरे मात्रामा पाइने गर्दछ जसले लिम्फ ग्रन्थी सुनिने गराउछ । यो अवस्थामा पनि पेट स्क्यान गर्दा क्यान्सर नभएता पनि पोजेटिभ रिजल्ट आउन सक्छ, जुन कुराको ध्यान रिपोर्ट गर्ने चिकित्सकले दिन जरुरी हुन्छ । यस्तो अवस्थामा क्यान्सर र क्षयरोग छुट्याउन गाह्रो हुन सक्छ ।
एफ डि जी (Flurodeoxyglucose (18 F)) कसरी बनाइन्छ ?
यसको सबैभन्दा महत्वपुर्ण र गाह्रो पाटो चाहीँ साइक्लोट्रन (Cyclotron) उपलब्ध गराउनु हो ।साइक्लोट्रन एक किसिमको जटिल मेसिन हो जसले रेडियोधर्मी पदार्थ उत्पादन गर्छ ।साइक्लोट्रन धेरै जसो ठाउँमा पेट स्क्यानको सगैँ हुन्छ र उत्पादन गर्ने बितिक्कै प्रयोग गर्न सकिन्छ । यसरी पेट स्क्यानसंगै रहने साइक्लोट्रन अर्थात मिनी साइक्लोट्रन हुन्छ जसले एफ डि जी मात्र निकाल्छ र सोही पेट स्क्यानमा मात्र प्रयोग हुन्छ ।
कन्भेन्सनल साइक्लोट्रन जसले विभिन्न आइसोटप उत्पादन गर्न सक्छ । यसबाट उत्पादित आइसोटप अरु पेट स्क्यान भएका ठाउँ तर साइक्लोट्रन नभएका ठाउँमा पनि प्रयोग गर्न सकिन्छ । एफडिजी ग्लुकोजको आयु थोरै भएकोले एफडिजी उत्पादन भएपछि १२ घण्टा भित्र प्रयोग गर्नु पर्ने हुन्छ । यसरी कन्भेन्सनल साइक्लोट्रन भयो भने यसले उत्पादन गरेको आइसोटप जहाँ हवाइसेवा उपलब्ध छ त्याहाँ निर्यात गर्न सकिन्छ । जसले गर्दा सेवा विकेन्द्रीकरण हुन्छ र यो सेवा दिन इच्छुक अस्पतालले पेट स्क्यान मात्र खरिद गरे पुग्छ । अर्को तर्फ साइक्लोट्रनले उत्पादन गरेको एफडिजी विभिन्न पेट स्क्यान भएका अस्पतालमा सप्लाई गरी साइक्लोट्रन आफै आत्मनिर्भर रुपमा चल्न सक्छ ।
यो साइक्लोट्रनबाट आइसोटप उत्पादन गरी प्रयोग गर्नु भनेको साँच्चै घडीसगँको दौड हो ।अन्त्यमा एक्काइसौ शताब्दीको क्यान्सर डाइग्नोसिस र उपचारमा पेट स्क्यानले महत्वपुर्ण भुमिका निर्वाह गर्छ त्यसैले यो सेवा सहज र सहुलियत रुपमा सबैलाई उपलब्ध गराउनु राष्ट्रको दायित्व हो ।
साभार www.swasthyakhabar.com बाट