Latest Post

 नेपालमा यत्ती धेरै सुन्दर ठाउँ हरु छन जहाँ पुगेर हेर्दा निक्कै मन रमाउँछ, गौरब लाग्छ नेपाली हुनुमा। तस्बीर हेर्दा पनि मन रमाउने यस्ता ठाउँ हरुमा एक पटक अवस्य घुम्न जान आग्रह गर्दछौं। www.missyounepal.com परिवार ।
 तस्बीर  Laxmi Shrestha बाट 
Beautiful Rara Lake of Nepal

पानी कति र कसरी पिउने?

सानो अथवा मध्यम शरीर भएकाले प्रतिदिन तीन लिटर र ठूलो शरीर भएकाले चार लिटर पानी खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । पानी पिउँदा घटघटी नभई सुरुप–सुरुप पिउनुपर्छ । बीच–बीचमा सास लिनुपर्छ । पानी पिउने उपयुक्त समय यी हुन्ः

–    बिहान उठ्नसाथ पानी पिउँदा कब्जियतको प्रभाव न्युन भई दिशा खलास हुन्छ ।

–    खाना खानुभन्दा आधा घण्टाअघि पानी खाएमा पाचन प्रणाली चुस्त र बलियो हुन्छ । खाना खाइसकेपछि पानी पिउने बानी छोड्नुपर्छ ।
–    नुहाउनुअघि पानी पिउने गरेमा रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । उच्च रक्तचाप हुनेहरूले नुहाउनुअघि पानी पिउने बानी आजैदेखि बसाल्नुपर्छ ।

–    सुत्नुअघि पानी पिउनाले हृदयाघातको जोखिम कम हुन्छ । अनिद्राको समस्या छ भने चाहिँ सुत्नुअघि कम पानी पिउनुपर्छ । किनकि, पानी पिउँदा राति पिसाब आई निद्रा बिथोलिन सक्छ ।

–    बिहान उठेपछि मनतातो पानीमा मह र कागतीको रस मिसाई खाँदा समग्र शरीरलाई लाभ मिल्छ ।

–    पानी पिउँदा बिस्तारै सुरुप सुरुप गरेर पिउनुपर्छ । यसो गर्दा शरीरमा अम्ल र क्षारको मात्रा सन्तुलनमा रहन्छ । पानी बिस्तारै पिउनाले शरीरमा बढी मात्रामा क्षार उत्पन्न हुन्छ जसले अम्लको मात्रालाई सन्तुलन गरिदिन्छ ।

–    काक्रा, खरबुजालगायत फलफूलमा प्रशस्त मात्रामा पानी हुन्छ । त्यसैले यस्ता फलफूल खानासाथ पानी पिउनु हुँदैन ।

–    चिया, कफी, दूधजस्ता तातो वस्तु खानासाथ पानी खानु हुँदैन ।

–    व्यायाम गर्दा शरीरबाट पसिना निस्कन्छ, जसले शरीरलाई डिहाइड्रेट गरिदिन्छ । त्यही भएर व्यायामपछि पानी पिउने गर्नु राम्रो हुन्छ ।

–    बाहिर घामबाट हिँडेर अथवा कामबाट फर्किनासाथ पानी पिउनु हुँदैन । केही क्षण आराम गरेर शरीर नर्मलमा आएपछि पानी पिउनुपर्छ ।

–    ज्यादा चिसो अथवा तातो पानी भरसक पिउनु हुँदैन । ज्यादा तातो अथवा चिसो पानी पिउने गरेमा यसलाई औसत तापक्रममा ल्याउन पेटले अतिरिक्त श्रम गर्नुपर्छ ।

साभार www.swasthyakhabar.com बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.