Latest Post

‘दोबाटे’ परिवारलाई हार्दिक धन्यवाद एवम् आभार।

टाउकाको क्यान्सर ( ब्रेन क्यान्सर) भएर आर्थिक अभावमा उपचारमा समस्या व्यहोर्नु भएका मोरङको पथरीशनिश्चरे ८ जिरिखिम्तीका १२ वर्षीय उत्सव धिमालको औषधोपचारका लागि साजन धिमालको संयोजकत्वमा गठित ‘उत्सव धिमाल बचाउ अभियान समिति’ मार्फत सञ्चालन भएको सहयोग संकलन अभियानमा १०,०००।– रुपैयाँ सहयोग गर्ने हाँस्य टेलिश्रृंखला ‘दोबाटे’ परिवारलाई समिति र पीडित परिवारकातर्फबाट हार्दिक धन्यवाद दिँदै आभार व्यक्त गर्दछौं । साथै अन्य महानुभाव र संघ, संस्थालाई समेत पीडित बालकका बाबु छत्रबहादुर धिमालका साथै स्थानीय राजु बस्नेत र सूर्य धिमालको नाममा खोलिएको राष्ट्यि वाणिज्य वैंक पथरी शाखाको खाता नम्बर २५६०००१९६८१० मा वा समितिलाई प्रत्यक्ष भेटेरै सहयोग गरिदिनुहुन समिति आव्हान समेत गर्दछ ।
जानकारी - ईस्वर दुलाल बाट

दोबाटे परिवारलाई हार्दिक धन्यबाद दिंदै क्यान्सर पिडित १२ बर्षिय उत्सब धिमाल बाबुलाई सकेको सहयोग गरेर यो जानकारी मनकारी ब्यक्तिहरु सामु पुर्याउन सेयर गर्नुहुन www.missyounepal.com परिवार अनुरोध गर्दछौं।

डा. विविशा बानियाँ (ब्रेन एण्ड ब्युटी)
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर ४ शनिबार प्रकाशित 

डा. विविशा बानियाँ जिल्ला अस्पताल धादिङमा मेडिकल अफिसरका रुपमा कार्यरत छिन् । वीपी कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमबिबिएस गरेकी उनी इन्ट्रान्स टपर पनि हुन् । इञ्जिनियर बन्ने सोच बनाइरहेकी उनी साथीहरुको संगतबाट एमबिबिएस इन्ट्रान्सको तयारी गर्न पुगेकी थिइन् । चिकित्सा शास्त्र पढ्नका लागि पहिलो नम्बरमै नाम निस्किएपछि डाक्टर बनिन् । अहिले यही पेशामा उनी रमाइरहेकी छिन् । जसरी आइपुगे पनि सही ठाउँ आइपुगेको अहिले उनलाई महसुस भइरहेको छ । पेन्टिङ गर्नु उनको रुचीको विषय हो । घुम्न, योगा र ध्यान गर्नमा पनि उत्तिकै जाँगर चलाउँछिन् । नाक, कान र घाँटी, बालरोग वा मानसिक रोगमध्ये एकमा विशेषज्ञता हासिल गर्ने उनको योजना छ ।

- साभार www.swasthyakhabar.com बाट

खुशी हुन के गर्ने ?
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर ४ शनिबार प्रकाशित

खुशी हुनका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन् । खुशी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन्ः

‘पर्फेक्सन’को मोह त्याग्नुस
संसारमा कोही पनि सम्पूर्ण अर्थात् पर्फेक्ट हुँदैन । त्यही भएर ‘मेरो चिउँडो ठूलो भयो, आँखामा दाग छ, नाक चुच्चो भयो’ जस्ता कुरामा चिन्ता नलिनुस् र ‘ममा जस्तै कुनै कुराको कमी सबैमा हुन्छ’ भन्ने कुरा सहज रूपमा स्वीकार गर्नुस् ।

ऐना हेर्दा खुशी हुनुस्
ऐना हेर्दा नराम्रो कुरामा ध्यान दिन बिस्तारै छोड्नुस् । कपाल पातलो छ, अनुहारमा दाग छ, ओठ खुँडे छ अथवा यस्तै कुनै त्रुटि तपाईंको शरीरमा छ भने ऐना हेर्दा त्यस्ता कुरामा त्यति ध्यान नदिनुस् र ऐना हेरेर मुस्कुराउनुस् । दिनहुँ यसो गर्नुभयो भने तपाईं सकारात्मक बन्दै जानुहुन्छ र खुशी पनि बन्दै जानुहुन्छ ।

अरूले चाहेजस्तो नबन्नुस्
अरूले आफू कस्तो होस् भन्ने चाहन्छन् भन्दा पनि आफू कस्तो बन्न चाहन्छु भन्ने कुरालाई प्राथमकिता दिनुस् । अरूले हेभी मेकअप गरेको हेर्न चाहन्छन्, तर आफूलाई लाइट मेकअप गरेकै मन पर्छ भने आफ्नो चाहनाअनुसार चल्ने गर्नुस् । यसले तपाईंको मौलिकतालाई जोगाइराख्छ र तपाईंको मौलिकतासँग सहमत व्यक्तिको संगतमा तपाईंलाई पु¥याउँछ, जुन खुशी रहन सहायकसिद्ध हुन्छ ।

लाज नमान्नुस्
तपाईंले कुनै गल्ती गर्नुभएको छ अथवा अफू र आफ्नो परिवेशप्रति लाज महसुस हुने गरेको छ भने यस्तो लाज आजैदेखि त्यागिदिनुस् । यसले तपाईंलाई आत्मविश्वासी बनाउँछ ।

सिर्जनात्मक काममा लाग्नुस्
लेख्ने, पढ्ने, चित्र कोर्ने, नाच्ने, गाउने, खेल्ने, सिलाइबुनाइ गर्नेजस्ता सिर्जनात्मक काम गर्नुस् । सिर्जनात्मक काममा लागियो भने शरीरका नकारात्मक ऊर्जा सिर्जनात्मक ऊर्जामा परिवर्तन हुँदै जान्छन् र मन प्रसन्न रहन थाल्छ ।

गहिरो सास लिने गर्नुस्
दिनहुँ गहिरो सास लिने गर्नुभयो भने शरीरमा अक्सिजनको मात्रा बढ्न पुग्छ, जसले शरीरसँगै मनको विकारलाई पनि कम गरिदिन्छ । गहिरो सास लिँदा शरीरमा सकारात्मक भाव जगाउने खालका रसायन उत्सर्जन हुन्छन्, जसले तपाईंलाई प्रसन्न राख्न मद्दत गर्छन् ।

चाहना कम गर्नुस्
चाहना बढी गर्नुभयो भने जतिसुकै पैसा साथमा भए पनि पूरा गर्न सकिँदैन । चाहना पूरा गर्न सकिएन भने दुःखी भइन्छ । त्यसैले खुशी भइरहनका लागि चाहना कम गर्नुपर्छ ।

धेरै महत्वाकांक्षा नराख्नुस्
कुनै उद्देश्य राखेर यसका लागि आफूलाई क्रमशः तयार गर्दै लैजानु राम्रो हो । तर, चाँडै कुनै नतिजा हासिल गर्ने महत्वाकांक्षा राख्नुभयो भने यसले तपाईंलाई तनावमा राख्छ । यसले तपाईंको खुशी समाप्त पारिदिन्छ । त्यसैले बढी महत्वाकांक्षी नबन्नुस् ।

मुस्कुराउनुस्
हाँस्न, रमाइलो गर्न मन लाग्दैन भने पनि मुस्कुराउने प्रयत्न गर्नुस् । बिस्तारै यसलाई बानी बनाउन खोज्नुस् । हाँस्दै जानुभयो भने बिस्तारै यसैमा तपाईंको बानी पर्छ । हाँस्दाखेरि शरीरमा सकारात्मक भाव जगाउने रसायन उत्सर्जन पनि बढ्न थाल्छ, जसले तपाईंलाई क्रमशः खुशी बनाउँदै लैजान्छ ।

- साभार www.swasthyakhabar.com बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.