Latest Post

झण्डै ६ लाख नेपालीमा रहेको ‘एनोरिजम’ के हो ?
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर ५ आइतबार  प्रकाशित


करिब दुई वर्षअगाडि अस्पतालमा एक वृद्धालाई अचेत अवस्थामा उपचारका लागि ल्याइयो । परीक्षणका क्रममा उनलाई मस्तिष्क एनोरिजम भएको देखियो । उनको सफल शल्यक्रिया पनि भयो । अस्पतालको शैयामा उनी स्वास्थ्य लाभ गरिरहेकी थिइन् । तर पाँच दिनपछि उनलाई कुरिरहेकी छोरी एक्कासी बेहोस भइन् । परीक्षणका क्रममा उनलाई पनि मस्तिष्क एनोरिजम भएको फेला प¥यो । छोरी बाहिर बेहोस भएको कुरा शैयामा सुतेकी आमालाई थाहा थिएन । पछि छोरीको सफल शल्यक्रिया भएपछि मात्र जानकारी गराइयो ।

माथिको घटनाले के देखाउँछ भने नेपालमा मष्तिष्क एनोरजिमका बिरामी निकै धेरै छन् । एनोरिजमका विषयमा धेरैलाई जानकारी छैन । अन्य रोगमा जस्तो यसमा पहिलादेखि नै लक्षण नदेखिने भएकाले पनि यसको बारेमा धेरैलाई जानकारी नभएको हुनसक्छ । तर उपचारका लागि अस्पतालमा आउने बिरामीको संख्या हेर्दा नेपालमा एनोरिजमका बिरामीको संख्या धेरै रहेको अनुमान गर्न सकिन्छ ।

मस्तिष्क एनोरिजमलाई ‘सेरेब्रल एनोरिजम’ पनि भनिन्छ । एनोरिजम भनेको रगतको नसाको पर्खाल कमजोर भएर नसा बेलुनजस्तै फुल्नु हो । यसरी फुलेको नसा जतिबेला पनि फुट्न सक्ने खतरा रहन्छ । अधिकांस मानिसमा जन्ँिमदै नसाको कुनै भागको भित्ता कमजोर हुने हुन्छ । एनोरिजमको समस्या हुने ९० प्रतिशतको जन्मिँदै नसाको कुनै भाग कमजोर भएको हुन्छ । १० प्रतिशतमा दुर्घटना, ट्रमा, हेड इन्जुरी, इनफेक्सन, मुटुका रोगका कारणले पनि एनोरिजम हुनसक्छ । तर ९० प्रतिशतले जन्मँदै लिएर आएका हुन्छन् । नसाको त्यही कमजोर भाग फुल्दै जाने अवस्थालाई नै एनोरिजम भनिन्छ । नेपालीमा यो समस्याको ठ्याक्कै नामाकरण भएको छैन । त्यही भएर पनि सामान्य हिसाबमा मानिसलाई बुझाउनुपर्दा यो समस्यालाई बेलुनजस्तो फुलेको नसा भन्ने गरिन्छ ।एनोरिजम फुट्यो भने मस्तिष्कघात भएर मानिसको मृत्युसमेत हुन्छ । त्यही भएर पनि एनोरिजमको सही समयमा उपयुक्त उपचार गर्न आवश्यक छ ।

कति छन् नेपालमा एनोरिजमका बिरामी ?
एक सय जनामा दुई जनामा एनोरिजमको समस्या हुन्छ । त्यो आधारमा हेर्दा ३ करोड जनसंख्या भएको हाम्रो नेपालमा ६ लाख जनामा यो समस्यामा छ । त्यसको पनि २ प्रतिशतको हरेक वर्ष एनोरिजम फुट्ने गर्छ । भनेपछि प्रत्येक वर्ष १२ हजार नेपालीको एनोरिजम फुटेर ब्रेन ह्यामरेज हुने गर्छ । ब्रेन ह्यामरेज हुने १५ प्रतिशत कारण यही एनोरिजम नै हो ।

एनोरिजम फुटेका बिरामीमध्ये १० प्रतिशतको अस्पताल नपुग्दै मृत्यु हुन्छ । त्यस्तै ३० प्रतिशतको अस्पतालमा उपचार गर्नुभन्दा अगाडि नै पुनः रक्तश्राब भएर मृत्यु हुन्छ । बाँकी ६० प्रतिशतको भने उपचार गर्न सकिन्छ । तर तीमध्ये पनि १० देखि १५ प्रतिशतमा जटीलता निम्तने गर्छ ।
जटील भएपनि एनोरिजमको समस्यालाई सरकारले प्राथमिकता नै दिएको छैन । सरकारले जहिले पनि झाडापखाला, औंलो लगायतका सरुवा रोगलाई मात्र प्राथमिकता दिँदै आएको छ । नसर्ने रोगहरुमा पछिल्लो समयमा मुटु, क्यान्सर, स्पाइनका समस्यालाई केही हदसम्म सम्बोधन गरेको देखिन्छ । तर धेरैमा जानकारी नभएको एनोरिजमको समस्यालाई पनि प्राथमिकतामा दिनुपर्ने बेला आइसकेको छ । यो समस्याको उपचार महँगो पर्ने भएकाले पनि हाम्रोजस्तो देशमा सरकारले यसको उपचारका लागि आवश्यक सहयोग गर्नुपर्छ ।

महिलामा धेरै
एनोरिजमको समस्या पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ । महिलामा यो समस्या के कारणले बढी भएको भन्ने अहिलेसम्म अध्ययनले देखाउन सकेको छैन । सम्भवतः महिलाको शारीरिक संरचना तथा हर्मोनको कारणले पनि हुनसक्छ । यस्तै यो समस्या जापान र फिनल्यान्डका मानिसहरुमा अत्याधिक धेरै हुन्छ । नेपालमा कुल जनसंख्याको दुई प्रतिशतमा यो समस्या रहेको अनुमान गरिन्छ । तर जापान र फिनल्यान्डमा यो समस्या २० प्रतिशतसम्म रहेको छ । विकसित देश भएकाले उनीहरुले यसको उपचारका लागि विशेष प्राथमिकतामा राखेका छन् । यसैगरी यो रोग गोराभन्दा काला जतिमा पनि बढी देखिएको छ ।

किन जापानी, फिनिस र कालाजातिमा बढी भन्ने चाँहि अहिलेसम्म पनि पत्ता लगाउन सकिएको छैन । जापान तथा फिनल्यान्डतिर परिवारका सदस्यमा एनोरिजम छ भने पूरै परिवारलाई नै स्क्रिनिङ गराउँछन् । उनीहरुको हेल्थ प्याकेजमै त्यो पर्छ । तर हाम्रो नेपालमा स्वास्थ्य बीमा छैन । आर्थिक हिसाबले पनि धेरै मानिस गरिब नै छन् । त्यसकारण सिटि एन्जिओग्राम, एमआरआई गर्न महँगो पर्ने भएकाले थेग्न सक्दैनन् । सबैलाई स्क्रिनिङ गर्न गाह्रो छ । तर विदेशमा शंका लाग्नेबित्तिकै स्क्रिनिङ गरिहाल्छन् । हाम्रोमा पनि सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बेला आइसकेको छ ।

४० देखि ६० वर्षका मानिसलाई बढी
उमेरका आधारमा ४० देखि ६० वर्ष उमेर समूहका मानिसलाई यो रोग बढी लागेको भेटिन्छ । एनोरिजमको उपचारका क्रममा सबैभन्दा कम उमेरको २० वर्षको युवालाई पनि मैले उपचार गरेको छु भने ७५ वर्षको बृद्धको पनि उपचार गरेको छु । तर, उपचारका लागि आएका अधिकांस मानिसहरु भने ४० देखि ६० वर्ष भित्रका नै छन् । अन्तर्राष्ट्रिय रुपमा हेर्दा पनि यही उमेर समूहका मानिसलाई नै बढी भएको पाइएको छ ।

यो समस्या परिवारका कुनै सदस्यमा देखिएको छ भने उसको परिवारका अन्य सदस्यलाई पनि हुने सम्भावना २० प्रतिशत रहन्छ । त्यसकारण कसैको परिवारमा एनोरिजमको समस्या छ भने उनीहरुको ‘निकट आफन्त’लाई हुने खतरा रहेकाले सतर्क रहन आवश्यक छ ।

यसरी थाहा पाइन्छ
एनोरिजमको अधिकांस समस्या नफुटिकन थाहा हुँदैन । यसको लक्षण नदेखिने भएकाले पनि समस्या एकैपटक आउने भएको हो । एनोरिजममा कहिलेकाँही लक्षण देखिन सक्छ । जस्तो एकदमै टाउको दुखेको छ भने एनोरिजम भएको हुनसक्छ । कहिलेकाँही निकै थोरै रक्तश्राब भएर रोकिएको हुनसक्छ । यस्तो बेलामा जोडले टाउको दुख्छ । यस्तै धेरै टाउको दुख्ने, एकापट्टिको आँखाको परेला तल झरेको पनि हुन्छ । कहिलेकाँही अरु कुराको परीक्षण गर्ने क्रममा पनि एनोरिजम देखिन सक्छ ।

प्लेन सिटि स्क्यान वा एमआरआई गरेको भरमा एनोरिजम थाहा पाउन सकिँदैन । यसका लागि सिटि एन्जियोग्राम वा एमआरआई एन्जियोग्राम गर्नुपर्छ । विशेष परीक्षणबाट मात्र एनोरिजम थाहा हुन्छ । नेपालमा धेरै मानिस गरिब रहेका कारण समयमा नै विशेष परीक्षण गर्ने चलन छैन । जसका कारण नेपालमा धेरैजसो बिरामी एनोरिजम फुटेर आउँछन् । एनोरिजम फुट्नेबित्तिकै असाध्यै टाउको दुख्छ, केहीमा उल्टी हुने र बेहोस हुने समस्या हुन्छ । धेरै रगत जमेको छ भने प्यारालाइसिस नै हुन्छ ।

नेपालमा उपचार गर्न आउने अधिकांस बिरामी आकस्मिक अवस्थामा नै आएका हुन्छन् । कहिलेकाँही १० प्रतिशत जति मानिसहरु सहनै नसक्ने टाउको दुख्यो भन्दै पनि आएका हुन्छन् । तर ९० प्रतिशत आपतकालिन अवस्थामा इमरजेन्सीमा नै आएका हुन्छन् ।


एनोरिजम फुट्दा के हुन्छ ?
एनोरिजम पहिलोपटक फुट्दा निकै कम रक्तश्राब भएको हुन्छ । त्यसले गर्दा मस्तिष्कमा थोरै मात्र असर गरेको हुन्छ । यदि समयमा नै उपचार भएन भने पुन रक्तश्राब हुँदा ९० प्रतिशतको ज्यान जाने खतरा रहन्छ । त्यसकारण पुनः रक्तश्राब नहोस भनेर शल्यक्रिया गर्नुपर्छ ।
एनोरिजम फुटेको सुरुको ७२ घण्टामा ४ प्रतिशत रक्तश्राब हुने सम्भावना हुन्छ । त्यसपछि २ हप्तामा १४ प्रतिशत सम्भावना रहन्छ । त्यस्तै ६ महिनामा ३० प्रतिशत रक्तश्राब हुने सम्भावना रहन्छ । त्यसकारण हामीले पुनः रक्तश्राब नहोस् भनेर र रक्तश्राब रोक्न शल्यक्रिया गर्छौँ । त्यसलाई हामी इन्डोभास्कुलन क्वालिइङ भन्छौँ । यो पद्धतिबाट उपचार गर्दा फुलेको नसामा विशेष किसिमको क्लिपिङ राखेर रक्तश्राबरोक्छौँ । त्यो क्लिपिङले पुन हुने रक्तश्राबलाई रोक्छ र ज्यान जाने सम्भावनाबाट जोगाउँछ ।

एनोरिजममा कहिलेकाँही पहिलोपटकमा नै धेरै रक्तश्राब हुने सम्भावना पनि रहन्छ । धेरै रक्तश्राब भयो भने मानिसको तुरुन्त मृत्यु पनि हुन्छ । यो संख्या करिब १० प्रतिशतको हाराहारीमा छ । रक्तश्राब हुने वित्तिकै त्यसले मस्तिष्कमा रहेका नसाहरुलाई खुम्चाइदिन्छ र साँघुरो बनाउँछ । त्यसरी साँघुरो भएको नसाले रक्तप्रवाहमा नै कमी ल्याइदिन्छ । त्यसलाई ब्रेन स्केमिया भन्छ । ब्रेन स्केमिया भएर मानिसको ज्यान जान सक्छ । अर्को मस्तिष्कमा पानी जम्ने सम्भावनाछारे रोगको लक्षण देखापर्न सक्छ । यस्तै शरीरमा सोडियम पोटासियम कम हुनसक्छ । कहिलेकाँही एनोरिजम फुट्दा मुटुका समस्या पनि ल्याउन सक्छ । तर सबैभन्दा धेरैमा देखिने समस्या भनेको नै पुनः रक्तश्राब हुनु नै हो ।

उपचारमा दुई विधि
एनोरिजम फुटेपछिको उपचारका लागि दुई वटा विधिबाट उपचार गरिन्छ । पहिलो विधि भनेको शल्यक्रियाको माध्यमबाट एनोरिजम भएको नसामा क्लिपिङ गर्ने र अर्को विधि भनेको इन्डोभास्कुलन क्वाइलिङ गर्ने हो । नेपालमा क्वाइलिङ गर्ने विधिबाट उपचार हुँदैन । यो निकै महँगो पर्छ र यसको सफलताको दर पनि कम छ । यो विधिमा नसाबाट क्याथेटर पठाएर दिमागको एनोरिजम भएको स्थानमा प्लेटियनम क्वाइल राखिन्छ । त्यो क्वाइल बेलुनमा गएर भरिन्छ । एनोरिजमको आकार र संख्याका आधारमा यो उपचार विधि झन् महँगो हुँदै जान्छ । एउटा क्वाइलको १ हजार डलर पर्छ । भारतमा गएर उपचार गर्दा करिब १५ लाखजति खर्च हुन्छ ।

शल्यक्रियाबाट क्लिपिङ राख्ने विधि भने सस्तो छ । यो विधिको सफलताको दर पनि राम्रो छ । यो विधिको सफलताको दर ९५ प्रतिशतभन्दा माथि छ । जबकि क्वाइल विधिको सफलताको दर ७० प्रतिशत मात्र छ । क्लिपिङ विधिको शल्यक्रिया वीर अस्पतालमा डेढदेखि दूई लाख रुपैयाँमा हुन्छ । क्लिपिङ विधिमा मस्तिष्कको फुलेको नसामा शल्यक्रियाको माध्यमबाट क्लिप राखेर रक्तश्राब रोक्ने काम हुन्छ ।

एनोरिजमको शल्यक्रिया निकै जटिल र तनावपूर्ण हुन्छ । एउटा शल्यक्रिया गर्न दुइ÷ तीन घण्टा लाग्छ । शल्यक्रियाका क्रममा रक्तश्राब बढ्यो भने बिरामीको मृत्युसमेत हुन्छ । असाध्यै तनाव लिएर शल्यक्रिया गर्नुपर्ने भएकाले धेरैजसो न्यूरो सर्जनले यो शल्यक्रिया नै गर्न रुचाउँदैनन् । नेपालमा एनोरिजमको शल्यक्रिया सबैभन्दा धेरै गर्नेमा म नै पर्छु । पाँच वर्षको अवधिमा ३ सय १८ वटा शल्यक्रिया गरिसकेको छु । महिनामा ७÷८ वटा सर्जरी गर्नुपर्छ । धेरै शल्यक्रिया गरेका कारण शल्यक्रियाको क्रममा हुने सफलताको दर पनि निकै राम्रो छ । शल्यक्रियाका क्रममा हुने मृत्युदर ७ दशमलव ५ प्रतिशत छ । यो भनेको निकै राम्रो नतिजा हो । अन्तर्राष्ट्रिय रुपमा हेर्दा पाँच देखि ३० प्रतिशतसम्म मृत्युदर हुन्छ ।

एक व्यक्तिमा कति एनोरिजम ?
अधिकांस बिरामीमा एउटा मात्र एनोरिजम हुन्छ । तर १० प्रतिशतजतिमा एकभन्दा बढी एनोरिजम हुन्छ । शल्यक्रियाका क्रममा एउटै व्यक्तिमा ५ वटासम्म एनोरिजम भेटेको छु । अन्तर्राष्ट्रिय लिटरेचरमा हालसम्म ७ वटासम्म भेटिएको कुरा उल्लेख छ । एउटाभन्दा धेरै एनोरिजम हुनु भनेको खतरा बढी हुनु हो । जति धेरै एनोरिजम हुन्छ त्यति नै शल्यक्रिया गर्न समस्या पर्छ । एउटै व्यक्तिमा तीन पटकसम्म शल्यक्रिया गर्नुपरेको छ । मस्तिष्कको कुन ठाँउमा कतिवटा एनोरिजम छन् त्यसका आधारमा उपचार निर्भर रहन्छ ।

एनोरिजममा के कारणले रक्तश्राब हुन्छ भन्नेमा प्रमुख दुई जोखिमका कारण देखिएको छ । त्यो भनेको धुम्रपान र उच्च रक्तचाप नै हो । अन्य सहायक जोखिममा व्यायाम नगर्ने, मदिरा सेवन गर्ने, कहिलेकाँही यौनसम्पर्क गर्ने क्रममा पनि फुट्ने गरेको पाइन्छ । त्यसकारण उच्च रक्तचाप छ भने त्यसलाई नियन्त्रणमा लिनुपर्छ । धुमपान, मद्यपान छाड्नुपर्छ । व्यायामलाई निरन्तरता दिनुपर्छ । परिवारमा कसैलाई भएको छ भने त्यस्ता परिवारका मानिसलाई जीवनशैलीलाई राम्रो बनाउने र खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । कसैको शल्यक्रिया भएको छ भने त्यसपछि उनीहरु सामान्य जीवनमा फर्कन सक्छन् । तर उनीहरुले रक्तचाप नियन्त्रण, धुमपान नगर्नेजस्ता काम भने गर्नुपर्छ ।

- साभार www.swasthyakhabar.com बाट


वैदेशिक रोजगार मा साउदी अरब पुगेका रोल्पा का एक युबक बेपत्ता ।


लक्ष्मण रसाइली समर्पण
    बिगत २३महिना पहिले वैदेशिक रोजगारिको शिलशिला मा साउदी अरब पुगेका राक ३बल्ले रोल्पा का डण्डबिर राना पासपोर्ट न: (५२५६५२)बेपत्ता भयका छन । द रिभर ओभर्सिज मेनपावर बाट ०७१ कार्तिकमा साउदी पुगेका राना साउदी अरबको अजली रेस्टुरेन्ट मा कार्यरत राना गत असोज ५गते देखि बेपत्ता भयका हुन। गत असोज १०गते घर फर्कने तयारी मा रहेका राना असोज ५गते बेपत्ता भयको र उनको सम्पर्क फोन नम्बर मा सोही बेलुका घर बाट फोन गर्दा उनी कार्यरत कम्पनी का उनका साथी हरु ले फोन उठाएर राना बौलाएर भाग्यो हामी लाई थाहा छैन भनेर बताएका र पुन भोलिपल्ट सम्पर्क गर्दा फोन नै बन्द भयको राना का भाइ दुर्गा राना ले बताए।राना सम्पर्क बिहिन भय संगै घर मा बिना सम्पर्क नै घर फर्कन्छ्न कि भनेर पर्खेका उनका परिवार अहिले सम्म पनि कुनै सम्पर्क हुन नसेकेको भाइ दुर्गा ले बताएका छन।असोज देखि सम्पर्क बिहिन भय पनि खोज खबर को माध्ययम नपाएको राना को परिवार को भनाइ छ।राना को घर मा श्रीमती , एक छोरा एक छोरी रहेका छन।र उन को खोज खबर को लागि नेपाली राजदुतावास  साउदी  ,गैर आबासिय संघ  एबम अन्य सरकारी तथा गैरसरकारी संघ सस्थामा खोज खबर गरिदिन समेत अपिल गरेका छन।


सामाजिक सञ्जाल मार्फत रंगशाला निर्माण गर्न आर्थिक संकलन अभियान, एकैदिन साँढे ४ लाख संकलन

                            सहयोगको अपिल

नारायण ढुंगाना, चितवन, ५ मंसिर । चितवनको पश्चिम क्षेत्रमा पर्ने चित्रवन नगरपालिकामा रंगशाला निर्माणका लागि सामाजिक सञ्जालको प्रयोग गरेर आर्थिक संकलन अभियान थालिएको छ । विदेशमा बस्ने नेपालीहरुद्धारा सामाजिक सञ्जालमार्फत आर्थिक संकलन अभियान शुरुभएको हो ।

गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) का केन्द्रिय सदस्य सोमनाथ  सापकोटाको नेतृत्वमा आर्थिक संकलन अभियान थालिएको हो ।

शनिवारबाट शुरु अभियानको एकैदिन रु साँढे ४ लाख बढी आर्थिक संकलन भएको अभियानका अन्तराष्ट्रिय संयोजक सापकोटाले जानकारी दिनभयो । सापकोटाका अनुसार एक महिनासम्म अभियान चलाईने छ । अभियानका लागि विभिन्न देशमा संयोजक समेत तोकिएको छ ।

मिडिया संयोजकमा विष्णु चापागाई तोकिएको छ । कतार संयोजकमा प्रकाश अर्याल, युएई संयोजकमा गणेश न्यौपाने र सुनिल पौडेल, बहराईनमा बेदराज पौडेल,,ईजरायलमा शान्ता ज्ञवाली र नयन सापकोटा, मलेसियामा रवि भट्टलाई संयोजक तोकिएको छ ।


यस्तै कुबेतमा डिवि लोप्चन र नविन लोप्चन, साईप्रसमा जोशु पुन मगर र कविता ढकाल, कोरियामा सुलभ पोखरेल र दिलकुमार श्रेष्ठ, आयरल्याण्डमा चेतराज वली, चेक रिपल्लिकमा जितेन्द्र रायमाझी तथा बेल्जियममा कृष्णप्रसाद रेग्मीलाई संयोजक तोकिएको छ ।

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिको संयोजनका थालिएको अभियानका क्रममा विभिन्न देशका प्रतिनिधिहरुलाई स्थानिय संयोजकको जिम्मा दिईएको छ । समितिका अध्यक्ष मुक्तिप्रदाद अधिकारीले सहयोगका लागि सबैलाई अपिल गर्नुभएको छ ।


चितवनको पर्यटन र समृद्धिका लागि तथा विकासका लागि यो रंगशाला आफैंमा महत्वपूर्ण हुने सापकोटाले भन्नुभयो ।

रंगशालाका लागि आर्थिक संकलन सकिएपछि तुरुन्तै चितवनको भरतपुर स्थित प्रदर्शनी केन्द्र निर्माणका लागि विदेशमा अभियान चलाईने उहाँले बताउनुभयो ।
नेपाल सरकारको एक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान अबधारणा अनुसार यहाँ निर्माण शुरु भएको खेलबुद मैदानका लागि करिव रु ३ करोड खर्च लाग्ने अनुमान छ ।

चित्रवन रंगशाला निर्माण समिति र चित्रवन युवा तथा खेलकुद विकास समितिले अहिले रंगशाला निर्माणका लागि काम गरिरहेको चित्रवन नगरपालिकाको वडा नम्वर ५ गौचरनमा १० विगाहा क्षेत्रमा खेलकुद मैदान निर्माणका लागि शिलान्यास भएर निर्माण कार्य जारी छ ।


हाईजम्प, लङजम्प, फुटवल, भलिवलका कोट निर्माण भैसकेको रंगशाला निर्माण समितिका अध्यक्ष टुकमान गुरुङले जानकारी दिनुभयो । ‘सर्वदलिय निर्णय नै गरेर काम थालिएको छ, गुरुङले भन्नुभयो, सरकारबाट रु १५ लाख सहयोग समेत आईसक्यो ।’

उहाँले यो बर्ष राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता समेत यहाँ सञ्चालन हुने बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगा लामा क्षेत्रीय स्तरको रंगशालाका लागि समितिमार्फत पनि सहयोग संकलन चलिरहेको बताउनुभयो । उहाँले यहाँ रंगशाला शिलान्यास भएर प्याराफिट निर्माणको काम समेत शुरु भएको बताउनुभयो ।

यहाँ ९५ मिटरको प्याराफिट बनाईने छ । करिव ३ हजार दर्शक अट्ने गरी निर्माण थालिएको निर्माण समितिले जनाएको छ ।
समाचार साभार A2z समाचार.com बाट ।

               सहयोगी दाताहरुको नामावली निम्न छ






Contact Form

Name

Email *

Message *

Powered by Blogger.