Latest Post

Mr. Hemanta Sedhai 
Chitwan -Nepal
Current resident –Portugal

                         Mr. Hemanta Sedhai

Dear Mr. Sedhai

The Chitraban Stadium at Chitraban municipality -5 Chitwan is going to Under Construction very soon. There is acute shortage of fund for construction work and we are planned to drive fund raising campaign. In this regards, Mr. Hemanta Sedhai contributed NPR 10,000/-. Even you are thousands miles away, your invaluable support is an example of sincere generosity, care of our community and love of our motherland. On behalf of Fund Raising committee, I would like to thousand thank for your generous contribution.

                                Som Sapkota

Helping-hands-are-better-than-praying-lips.

Thanking you.

Sincerely yours
Som Sapkota
International coordinator
Fundraising Campaign for construction of Chitraban Stadium, Chitwan
फेसबुक सम्पर्क :-https://www.facebook.com/groups/314938248875403/permalink/325083817860846/



चितवन जिल्ला चित्रवन नगर पालिकामा रङशाला निर्माणलाइ सम्पन्न गर्न  सहयोग सन्कलन अभियान
आदरणीय सम्पुर्ण दाजु भाइ दिदी बहिनीहरु सथानिय संघ संस्था ,शिक्षक,ब्याब्शायी,समाजसेवी,गैर आवासीयनेपाली दाजुभाइ हरु मा नमस्कार।


हामीले नगरे कस्ले गर्छ?
रास्ट्र निर्माणमा सहभागी बनौ
चितवन को गौरब रंगशाला निर्माण अभियानमा सहभागी बनौ र सफल पारौ।

#चितवन जिल्लाकै गौरब चित्रवन नगर पालिकामा निर्माणधिन रंगशाला निर्माण मा सहयोग गरिदिनुहुन हार्दिक अपिल।

#उपरोक्त बिषयको सम्बन्धमा चितवन जिल्लामा खेलकुद गतिविधिको बिकास गर्न तथा  नमुना रंगशाला रंगशाला निर्माण गर्ने गुरुयोजना हुदाहुदै पनि आबश्यक जग्गा अभाब को कारण परियोजना खेर गइ रहेको अबस्थामा चित्रवन  नगर पालिकाले खेलकुद बिकासको लागि करिब १०-०-० बिगाह जग्गा क्षेत्रफ़ल जागा उपलब्ध गरि चितवन जिल्ला खेलकुद बिकास समिति को समन्वय र चित्रवन यूवा तथा खेलकुद बिकास समितिको पहल कदमीमा चित्रवन खेलकुद निर्माण उप-भोक्ता समिति ,स्थानिय संघ संस्था को सहयोगमा निर्माण हुन लागेको करिब २देखी ३ करोडको लागत मा बन्ने प्याराफिट निर्माण कार्यको लागि आबश्यक रकम पूर्णताको लागि आबश्यक रहेको हुदा सम्पूर्ण महानुभाब हरुमा मन,बचन र कर्मले स्वैच्छिक Financial Support सहयोग गरि रंगशाला निर्माण को महान योजनामा सामिल भई सहयोगको लागि हार्दिक अपिल गर्दछौ/
सहयोगको लागि "खेलकुद मैदान निर्माण उप-भोक्ता समिति ,गुञ्जनगर ,चित्रवन "नाममा रहेको Nepal Bank Ltd रामपुर शाखामा रहेको खाता न.०८५००००२२७०१ मा आर्थिक सहयोग पठाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ/


सहयोगका प्रकार
१,भि .आइ.पि.प्यारािफट सम्म निर्माण प्राबिधिक लागत रु.५४ लाख
२,रगशालाको जम्मा लमबाइ ९५ मि.मध्ये प्रति ५ मिटर सम्मको पुर्ण तयारी भवन रु.१६ लाख

--चित्रवन खेलकुदमैदान निर्माण (रङशाला निर्माण उप-भोक्ता समिति-)--
बिषय :-चित्रवन नगर पालिका प्रस्तावित रंगशालाको प्याराफिट निर्माण कार्यमा सहयोग पुर्यानुहुने सहयोगदातालाई सम्मान सन्दर्भमा


चित्रवन खेलकुद मैदान निर्माण(रङशाला निर्माण  उपभोक्ता समिति)को मिति २०७३-०४-१० गते बसेको समितिको बैठक को निर्णय अनुसार तपशिल अनुसार सहयोग दाता लाइ सम्मान गरिनेछ /
१,रु. ५,०००/-देखी ५५५४/-सम्म सहयोग गर्नु हुने महानुभाब लाइ आकर्षक फ्रेममा सम्मान पत्रले सम्मानित गरिनेछ/
२,रु,५,५५५/- देखि रु,२०,०००/- सम्म सहयोग पुर्यानुहुने महानुभाब लाइ आकर्षक फ्रेमको सम्मान पत्रले सम्मानित गरिनुका साथै दो-सल्लाले सम्मानित गरिनेछ र शिलालेखमा नामाकरण गरिनेछ/
३,रु,२०,५५५/- देखि ५०,०००/-सम्म सहयोग पुर्यानुहुने महानुभाब हरुलाई आकर्षक फ्रेम सहितको सम्मान पत्रले सम्मानित गरिनुका साथै दोसल्लाले सम्मान गरिनेछ र शिलालेखमा नामाकरण गरिनेछ/
४,रु,५०,५५५/- देखि १,०००००/-सम्म सहयोग पुर्यानुहुने महानुभाब हरुलाई आकर्षक फ्रेम सहितको सम्मान पत्रले सम्मानित गरिनुका साथै चौ-साला बाट सम्मानित गरिनेछ /शिलालेखमा नामाकरण का साथै कार्यालयमा मानार्थ तस्बिर राखिनेछ/
५,रु,१,००,५५५/- देखि ५,००,०००/- सम्म सहयोग गर्नु हुने सहयोग दातालाई आकर्षक फ्रेम सहितको समान पत्रले सम्मान गर्नु का साथै शिला लेखमा नामाकरण ,चौ सल्लाले समानित गरिनुका साथै मानार्थ तस्बिर राखिनेछ र समितिको सस्थापक सदस्य मानार्थ पद दिईनेछ /
६,रु,५,००,५५५/- देखि माथि सहयोग पुर्यानु हुने सहयोग दाता लाइ आकर्षक फ्रेम सहितको सम्मान पत्रले सम्मान गरिनुका साथै चौसल्ला बाट समानित गरिनेछ शिलालेखमा नामाकरण ,मानार्थ तस्बिर राख्नु का साथै मानार्थ सलालाहकार ,संस्थापक सदस्य पद ले सम्मानित गरिनेछ/
---चित्रवन खेलकुद मैदान निर्माण उपभोक्ता समिति --
सम्पर्क ९८४५११०८००
Pyarafit Construction User Committee Co-Ordinator TMGrg



प्रार्थी:
चित्रवन रङशाला निर्माण सहयोग संकलन अभियान सल्लाहकार समिती
#श्री गङ्गा लाल लामा -अध्यक्ष चितवन जिल्ला खेलकुद बिकाद समिती
#श्री हरी भनडारी-अध्यक्ष क्लिनिक नेपाल्य
#श्री तारा पौडेल -अध्यक्ष समृद्ध चितवन अभियान
#श्री मुक्ती प्रसाद अधिकारी-अध्यक्ष चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिती
#श्री समिर के.सी.-प्रवास समयोजक चितवन युवा समुहअन्तररास्तृय समन्वय समिती
#श्री बिजय घले-अध्यक्ष चित्रवन युवा तथा खेलकुद बिकास समिति
#श्री टि.एम.गुरुङ-अध्यक्ष चित्रवन रङशाला निर्माण समिती
#श्री इन्दिरा सिग्देल-National Co-Ordinator चित्रवन रङशाला निर्माण सहयोग संकलनबाट अभियान
#मिडया कोरिडनेटर-श्री बिष्णु चापागाईं
#कतार -श्री प्रकाश अर्याल
#यु ए.इ.-श्री गणेश नेउपाने/श्री सुनिल नेउपाने
#बहाराइन-श्री बेद राज पौडेल
#इज्राएल-श्रीमती शान्ता ज्ञावाली /श्री नयन सापकोटा
#मलेसिया-श्री रबि भट्ट
#कुवैत-श्री िडबी लोप्चन/श्री नबिन लोप्चन
#साइप्रस-श्रीमती जसु पुनमगर/श्रीमती कबिता ढकाल
#कोरिया-श्री सुलभ बन्धु पोख्रेल /श्री दिल कुमार श्रेष्ठ
#आइर्लेनड-श्री चेत राज के.सी.
#चेक रिपब्लिक-श्री जितेन्द्र रायमाझी
#बेल्जिएम-श्री कृष्ण प्रसाद रेग्मी
#जर्मनी-श्री यज्ञराज सुबेदी
#अबुदाबी-श्री रत्न मानन्धर
#बाकी रास्ट्रय समयोजक थपगर्दै लैजाने।


#श्री सोम सापकोटा -अन्तर्राष्ट्रिय समयोजक
चित्रवन रङशाला निर्माण सहयोग संकलन अभियान







झण्डै ६ लाख नेपालीमा रहेको ‘एनोरिजम’ के हो ?
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर ५ आइतबार  प्रकाशित


करिब दुई वर्षअगाडि अस्पतालमा एक वृद्धालाई अचेत अवस्थामा उपचारका लागि ल्याइयो । परीक्षणका क्रममा उनलाई मस्तिष्क एनोरिजम भएको देखियो । उनको सफल शल्यक्रिया पनि भयो । अस्पतालको शैयामा उनी स्वास्थ्य लाभ गरिरहेकी थिइन् । तर पाँच दिनपछि उनलाई कुरिरहेकी छोरी एक्कासी बेहोस भइन् । परीक्षणका क्रममा उनलाई पनि मस्तिष्क एनोरिजम भएको फेला प¥यो । छोरी बाहिर बेहोस भएको कुरा शैयामा सुतेकी आमालाई थाहा थिएन । पछि छोरीको सफल शल्यक्रिया भएपछि मात्र जानकारी गराइयो ।

माथिको घटनाले के देखाउँछ भने नेपालमा मष्तिष्क एनोरजिमका बिरामी निकै धेरै छन् । एनोरिजमका विषयमा धेरैलाई जानकारी छैन । अन्य रोगमा जस्तो यसमा पहिलादेखि नै लक्षण नदेखिने भएकाले पनि यसको बारेमा धेरैलाई जानकारी नभएको हुनसक्छ । तर उपचारका लागि अस्पतालमा आउने बिरामीको संख्या हेर्दा नेपालमा एनोरिजमका बिरामीको संख्या धेरै रहेको अनुमान गर्न सकिन्छ ।

मस्तिष्क एनोरिजमलाई ‘सेरेब्रल एनोरिजम’ पनि भनिन्छ । एनोरिजम भनेको रगतको नसाको पर्खाल कमजोर भएर नसा बेलुनजस्तै फुल्नु हो । यसरी फुलेको नसा जतिबेला पनि फुट्न सक्ने खतरा रहन्छ । अधिकांस मानिसमा जन्ँिमदै नसाको कुनै भागको भित्ता कमजोर हुने हुन्छ । एनोरिजमको समस्या हुने ९० प्रतिशतको जन्मिँदै नसाको कुनै भाग कमजोर भएको हुन्छ । १० प्रतिशतमा दुर्घटना, ट्रमा, हेड इन्जुरी, इनफेक्सन, मुटुका रोगका कारणले पनि एनोरिजम हुनसक्छ । तर ९० प्रतिशतले जन्मँदै लिएर आएका हुन्छन् । नसाको त्यही कमजोर भाग फुल्दै जाने अवस्थालाई नै एनोरिजम भनिन्छ । नेपालीमा यो समस्याको ठ्याक्कै नामाकरण भएको छैन । त्यही भएर पनि सामान्य हिसाबमा मानिसलाई बुझाउनुपर्दा यो समस्यालाई बेलुनजस्तो फुलेको नसा भन्ने गरिन्छ ।एनोरिजम फुट्यो भने मस्तिष्कघात भएर मानिसको मृत्युसमेत हुन्छ । त्यही भएर पनि एनोरिजमको सही समयमा उपयुक्त उपचार गर्न आवश्यक छ ।

कति छन् नेपालमा एनोरिजमका बिरामी ?
एक सय जनामा दुई जनामा एनोरिजमको समस्या हुन्छ । त्यो आधारमा हेर्दा ३ करोड जनसंख्या भएको हाम्रो नेपालमा ६ लाख जनामा यो समस्यामा छ । त्यसको पनि २ प्रतिशतको हरेक वर्ष एनोरिजम फुट्ने गर्छ । भनेपछि प्रत्येक वर्ष १२ हजार नेपालीको एनोरिजम फुटेर ब्रेन ह्यामरेज हुने गर्छ । ब्रेन ह्यामरेज हुने १५ प्रतिशत कारण यही एनोरिजम नै हो ।

एनोरिजम फुटेका बिरामीमध्ये १० प्रतिशतको अस्पताल नपुग्दै मृत्यु हुन्छ । त्यस्तै ३० प्रतिशतको अस्पतालमा उपचार गर्नुभन्दा अगाडि नै पुनः रक्तश्राब भएर मृत्यु हुन्छ । बाँकी ६० प्रतिशतको भने उपचार गर्न सकिन्छ । तर तीमध्ये पनि १० देखि १५ प्रतिशतमा जटीलता निम्तने गर्छ ।
जटील भएपनि एनोरिजमको समस्यालाई सरकारले प्राथमिकता नै दिएको छैन । सरकारले जहिले पनि झाडापखाला, औंलो लगायतका सरुवा रोगलाई मात्र प्राथमिकता दिँदै आएको छ । नसर्ने रोगहरुमा पछिल्लो समयमा मुटु, क्यान्सर, स्पाइनका समस्यालाई केही हदसम्म सम्बोधन गरेको देखिन्छ । तर धेरैमा जानकारी नभएको एनोरिजमको समस्यालाई पनि प्राथमिकतामा दिनुपर्ने बेला आइसकेको छ । यो समस्याको उपचार महँगो पर्ने भएकाले पनि हाम्रोजस्तो देशमा सरकारले यसको उपचारका लागि आवश्यक सहयोग गर्नुपर्छ ।

महिलामा धेरै
एनोरिजमको समस्या पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ । महिलामा यो समस्या के कारणले बढी भएको भन्ने अहिलेसम्म अध्ययनले देखाउन सकेको छैन । सम्भवतः महिलाको शारीरिक संरचना तथा हर्मोनको कारणले पनि हुनसक्छ । यस्तै यो समस्या जापान र फिनल्यान्डका मानिसहरुमा अत्याधिक धेरै हुन्छ । नेपालमा कुल जनसंख्याको दुई प्रतिशतमा यो समस्या रहेको अनुमान गरिन्छ । तर जापान र फिनल्यान्डमा यो समस्या २० प्रतिशतसम्म रहेको छ । विकसित देश भएकाले उनीहरुले यसको उपचारका लागि विशेष प्राथमिकतामा राखेका छन् । यसैगरी यो रोग गोराभन्दा काला जतिमा पनि बढी देखिएको छ ।

किन जापानी, फिनिस र कालाजातिमा बढी भन्ने चाँहि अहिलेसम्म पनि पत्ता लगाउन सकिएको छैन । जापान तथा फिनल्यान्डतिर परिवारका सदस्यमा एनोरिजम छ भने पूरै परिवारलाई नै स्क्रिनिङ गराउँछन् । उनीहरुको हेल्थ प्याकेजमै त्यो पर्छ । तर हाम्रो नेपालमा स्वास्थ्य बीमा छैन । आर्थिक हिसाबले पनि धेरै मानिस गरिब नै छन् । त्यसकारण सिटि एन्जिओग्राम, एमआरआई गर्न महँगो पर्ने भएकाले थेग्न सक्दैनन् । सबैलाई स्क्रिनिङ गर्न गाह्रो छ । तर विदेशमा शंका लाग्नेबित्तिकै स्क्रिनिङ गरिहाल्छन् । हाम्रोमा पनि सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बेला आइसकेको छ ।

४० देखि ६० वर्षका मानिसलाई बढी
उमेरका आधारमा ४० देखि ६० वर्ष उमेर समूहका मानिसलाई यो रोग बढी लागेको भेटिन्छ । एनोरिजमको उपचारका क्रममा सबैभन्दा कम उमेरको २० वर्षको युवालाई पनि मैले उपचार गरेको छु भने ७५ वर्षको बृद्धको पनि उपचार गरेको छु । तर, उपचारका लागि आएका अधिकांस मानिसहरु भने ४० देखि ६० वर्ष भित्रका नै छन् । अन्तर्राष्ट्रिय रुपमा हेर्दा पनि यही उमेर समूहका मानिसलाई नै बढी भएको पाइएको छ ।

यो समस्या परिवारका कुनै सदस्यमा देखिएको छ भने उसको परिवारका अन्य सदस्यलाई पनि हुने सम्भावना २० प्रतिशत रहन्छ । त्यसकारण कसैको परिवारमा एनोरिजमको समस्या छ भने उनीहरुको ‘निकट आफन्त’लाई हुने खतरा रहेकाले सतर्क रहन आवश्यक छ ।

यसरी थाहा पाइन्छ
एनोरिजमको अधिकांस समस्या नफुटिकन थाहा हुँदैन । यसको लक्षण नदेखिने भएकाले पनि समस्या एकैपटक आउने भएको हो । एनोरिजममा कहिलेकाँही लक्षण देखिन सक्छ । जस्तो एकदमै टाउको दुखेको छ भने एनोरिजम भएको हुनसक्छ । कहिलेकाँही निकै थोरै रक्तश्राब भएर रोकिएको हुनसक्छ । यस्तो बेलामा जोडले टाउको दुख्छ । यस्तै धेरै टाउको दुख्ने, एकापट्टिको आँखाको परेला तल झरेको पनि हुन्छ । कहिलेकाँही अरु कुराको परीक्षण गर्ने क्रममा पनि एनोरिजम देखिन सक्छ ।

प्लेन सिटि स्क्यान वा एमआरआई गरेको भरमा एनोरिजम थाहा पाउन सकिँदैन । यसका लागि सिटि एन्जियोग्राम वा एमआरआई एन्जियोग्राम गर्नुपर्छ । विशेष परीक्षणबाट मात्र एनोरिजम थाहा हुन्छ । नेपालमा धेरै मानिस गरिब रहेका कारण समयमा नै विशेष परीक्षण गर्ने चलन छैन । जसका कारण नेपालमा धेरैजसो बिरामी एनोरिजम फुटेर आउँछन् । एनोरिजम फुट्नेबित्तिकै असाध्यै टाउको दुख्छ, केहीमा उल्टी हुने र बेहोस हुने समस्या हुन्छ । धेरै रगत जमेको छ भने प्यारालाइसिस नै हुन्छ ।

नेपालमा उपचार गर्न आउने अधिकांस बिरामी आकस्मिक अवस्थामा नै आएका हुन्छन् । कहिलेकाँही १० प्रतिशत जति मानिसहरु सहनै नसक्ने टाउको दुख्यो भन्दै पनि आएका हुन्छन् । तर ९० प्रतिशत आपतकालिन अवस्थामा इमरजेन्सीमा नै आएका हुन्छन् ।


एनोरिजम फुट्दा के हुन्छ ?
एनोरिजम पहिलोपटक फुट्दा निकै कम रक्तश्राब भएको हुन्छ । त्यसले गर्दा मस्तिष्कमा थोरै मात्र असर गरेको हुन्छ । यदि समयमा नै उपचार भएन भने पुन रक्तश्राब हुँदा ९० प्रतिशतको ज्यान जाने खतरा रहन्छ । त्यसकारण पुनः रक्तश्राब नहोस भनेर शल्यक्रिया गर्नुपर्छ ।
एनोरिजम फुटेको सुरुको ७२ घण्टामा ४ प्रतिशत रक्तश्राब हुने सम्भावना हुन्छ । त्यसपछि २ हप्तामा १४ प्रतिशत सम्भावना रहन्छ । त्यस्तै ६ महिनामा ३० प्रतिशत रक्तश्राब हुने सम्भावना रहन्छ । त्यसकारण हामीले पुनः रक्तश्राब नहोस् भनेर र रक्तश्राब रोक्न शल्यक्रिया गर्छौँ । त्यसलाई हामी इन्डोभास्कुलन क्वालिइङ भन्छौँ । यो पद्धतिबाट उपचार गर्दा फुलेको नसामा विशेष किसिमको क्लिपिङ राखेर रक्तश्राबरोक्छौँ । त्यो क्लिपिङले पुन हुने रक्तश्राबलाई रोक्छ र ज्यान जाने सम्भावनाबाट जोगाउँछ ।

एनोरिजममा कहिलेकाँही पहिलोपटकमा नै धेरै रक्तश्राब हुने सम्भावना पनि रहन्छ । धेरै रक्तश्राब भयो भने मानिसको तुरुन्त मृत्यु पनि हुन्छ । यो संख्या करिब १० प्रतिशतको हाराहारीमा छ । रक्तश्राब हुने वित्तिकै त्यसले मस्तिष्कमा रहेका नसाहरुलाई खुम्चाइदिन्छ र साँघुरो बनाउँछ । त्यसरी साँघुरो भएको नसाले रक्तप्रवाहमा नै कमी ल्याइदिन्छ । त्यसलाई ब्रेन स्केमिया भन्छ । ब्रेन स्केमिया भएर मानिसको ज्यान जान सक्छ । अर्को मस्तिष्कमा पानी जम्ने सम्भावनाछारे रोगको लक्षण देखापर्न सक्छ । यस्तै शरीरमा सोडियम पोटासियम कम हुनसक्छ । कहिलेकाँही एनोरिजम फुट्दा मुटुका समस्या पनि ल्याउन सक्छ । तर सबैभन्दा धेरैमा देखिने समस्या भनेको नै पुनः रक्तश्राब हुनु नै हो ।

उपचारमा दुई विधि
एनोरिजम फुटेपछिको उपचारका लागि दुई वटा विधिबाट उपचार गरिन्छ । पहिलो विधि भनेको शल्यक्रियाको माध्यमबाट एनोरिजम भएको नसामा क्लिपिङ गर्ने र अर्को विधि भनेको इन्डोभास्कुलन क्वाइलिङ गर्ने हो । नेपालमा क्वाइलिङ गर्ने विधिबाट उपचार हुँदैन । यो निकै महँगो पर्छ र यसको सफलताको दर पनि कम छ । यो विधिमा नसाबाट क्याथेटर पठाएर दिमागको एनोरिजम भएको स्थानमा प्लेटियनम क्वाइल राखिन्छ । त्यो क्वाइल बेलुनमा गएर भरिन्छ । एनोरिजमको आकार र संख्याका आधारमा यो उपचार विधि झन् महँगो हुँदै जान्छ । एउटा क्वाइलको १ हजार डलर पर्छ । भारतमा गएर उपचार गर्दा करिब १५ लाखजति खर्च हुन्छ ।

शल्यक्रियाबाट क्लिपिङ राख्ने विधि भने सस्तो छ । यो विधिको सफलताको दर पनि राम्रो छ । यो विधिको सफलताको दर ९५ प्रतिशतभन्दा माथि छ । जबकि क्वाइल विधिको सफलताको दर ७० प्रतिशत मात्र छ । क्लिपिङ विधिको शल्यक्रिया वीर अस्पतालमा डेढदेखि दूई लाख रुपैयाँमा हुन्छ । क्लिपिङ विधिमा मस्तिष्कको फुलेको नसामा शल्यक्रियाको माध्यमबाट क्लिप राखेर रक्तश्राब रोक्ने काम हुन्छ ।

एनोरिजमको शल्यक्रिया निकै जटिल र तनावपूर्ण हुन्छ । एउटा शल्यक्रिया गर्न दुइ÷ तीन घण्टा लाग्छ । शल्यक्रियाका क्रममा रक्तश्राब बढ्यो भने बिरामीको मृत्युसमेत हुन्छ । असाध्यै तनाव लिएर शल्यक्रिया गर्नुपर्ने भएकाले धेरैजसो न्यूरो सर्जनले यो शल्यक्रिया नै गर्न रुचाउँदैनन् । नेपालमा एनोरिजमको शल्यक्रिया सबैभन्दा धेरै गर्नेमा म नै पर्छु । पाँच वर्षको अवधिमा ३ सय १८ वटा शल्यक्रिया गरिसकेको छु । महिनामा ७÷८ वटा सर्जरी गर्नुपर्छ । धेरै शल्यक्रिया गरेका कारण शल्यक्रियाको क्रममा हुने सफलताको दर पनि निकै राम्रो छ । शल्यक्रियाका क्रममा हुने मृत्युदर ७ दशमलव ५ प्रतिशत छ । यो भनेको निकै राम्रो नतिजा हो । अन्तर्राष्ट्रिय रुपमा हेर्दा पाँच देखि ३० प्रतिशतसम्म मृत्युदर हुन्छ ।

एक व्यक्तिमा कति एनोरिजम ?
अधिकांस बिरामीमा एउटा मात्र एनोरिजम हुन्छ । तर १० प्रतिशतजतिमा एकभन्दा बढी एनोरिजम हुन्छ । शल्यक्रियाका क्रममा एउटै व्यक्तिमा ५ वटासम्म एनोरिजम भेटेको छु । अन्तर्राष्ट्रिय लिटरेचरमा हालसम्म ७ वटासम्म भेटिएको कुरा उल्लेख छ । एउटाभन्दा धेरै एनोरिजम हुनु भनेको खतरा बढी हुनु हो । जति धेरै एनोरिजम हुन्छ त्यति नै शल्यक्रिया गर्न समस्या पर्छ । एउटै व्यक्तिमा तीन पटकसम्म शल्यक्रिया गर्नुपरेको छ । मस्तिष्कको कुन ठाँउमा कतिवटा एनोरिजम छन् त्यसका आधारमा उपचार निर्भर रहन्छ ।

एनोरिजममा के कारणले रक्तश्राब हुन्छ भन्नेमा प्रमुख दुई जोखिमका कारण देखिएको छ । त्यो भनेको धुम्रपान र उच्च रक्तचाप नै हो । अन्य सहायक जोखिममा व्यायाम नगर्ने, मदिरा सेवन गर्ने, कहिलेकाँही यौनसम्पर्क गर्ने क्रममा पनि फुट्ने गरेको पाइन्छ । त्यसकारण उच्च रक्तचाप छ भने त्यसलाई नियन्त्रणमा लिनुपर्छ । धुमपान, मद्यपान छाड्नुपर्छ । व्यायामलाई निरन्तरता दिनुपर्छ । परिवारमा कसैलाई भएको छ भने त्यस्ता परिवारका मानिसलाई जीवनशैलीलाई राम्रो बनाउने र खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । कसैको शल्यक्रिया भएको छ भने त्यसपछि उनीहरु सामान्य जीवनमा फर्कन सक्छन् । तर उनीहरुले रक्तचाप नियन्त्रण, धुमपान नगर्नेजस्ता काम भने गर्नुपर्छ ।

- साभार www.swasthyakhabar.com बाट


Contact Form

Name

Email *

Message *

Powered by Blogger.