Latest Post

बल्ल हाम्रो मिसन सफल भयो। ५ दिन देखि नानीहरू बिधिवत रुपमा आमाको हाम्रो समाजमा छोराले गरिनुपर्ने सम्पुर्ण  कार्य गर्न बाटो खुल्यो ।                                    - बोम बहादुर कुँवर

भाउजुको ४ दिन सम्म नानीहरु तेहि गरिरहे ।अब तातो दुध थुक्नु न ओकल्नु भयो।४दिनको साझ सबै छिमेकी र पुज्दै आएका ब्राह्मण लाई जुटाई अब पनि यस्तै गराउने हो नानीहरूलाई भनेर छलफल भयो ।छलफल मा धेरै तर्क आए अन्त त पछि सहमति भयो र ५ दिन देखि नानीहरू बिधिवत रुपमा आमाको हाम्रो समाजमा छोराले गरिनुपर्ने सम्पुर्ण  कार्य गर्न बाटो खुल्यो ।बल्ल हाम्रो मिसन सफल भयो।

व्यापक प्रचारप्रसार :मङ्सिर ७ देखि यो खबर फेस्बुक मा मात्र सिमित रहेन।राष्ट्रिय र स्थानीय पत्रपत्रिका तथा अनलाइन खबर बाट झन ब्यापकता पायो। म यस्को श्रेय पत्रकारहरु बिशाल भट्टराई , दिपेन्द्र कुवर,प्रेम सुनार, जनार्दन घिमिरे ,घनश्याम गौतम ,उमेश चौहान, बिष्णु चापागाईं लगायतका सम्पुर्ण  मिडियालाई दिन चाहन्छु ।आर्थिक रकम संकलनका पात्रहरु: हाम्रो अभियानलाई साथ दिने अभियानकर्ताहरु

१.दुबई बाट किसोर के सि,                                   २.शान्तिदिप युवाक्लब पुर्कोटदह बाट खिम कुवर,राजकुमार थापा ,सुनिल थापा लगायत सम्पुर्ण क्लबपरिवार,     ३.जनप्रीय  क्लब पुर्कोटदहका कमल लम्साल ,बोम थापा , बाबुराम के सि लगायत सम्पुर्ण क्लबपरिवार,               ४.मदाने युवा क्लब बाझकटेरिका जयप्रकाश भुसाल र सम्पुर्ण क्लबपरिवार 

बिदेशी भुमि बाट :
५.अर्जुन के सि
६.दुर्गा घर्ती
७.प्रेम नेपाली
८.अशोक घर्ती
९.दक्षिण कोरिया बाट अशोक ,            रामचन्द्र खड्का
१०.नचिनिकन पनि फोनबाट सम्पर्क गरि रकम पठाउनुहुने सम्पुर्ण आमा-बुवा,दाजुभाइ ,दिदिबहिनी लगायत सबै-सबै नेपाली मनहरु।

निष्कर्ष :हिड्ने मान्छेलाई  ठेस लाग्छ भने झैँ आज यो अभियानको १४औ दिन पुगिसकेको छ।यश दौरानमा आफ्नो काम र नोकरीलाई थाती राखेर सहयोगमा हिड्ने अभियानकर्ता ज्यु, र सहयोगदतालाई विशेष धन्यवाद  दिन चाहन्छु । गर्दै जादा यस अभियानलाई अनावश्यक रुपमा भ्रम फैलाउने र ब्याक्तीको चरित्रहत्या गर्ने जस्ता दुस्साहस गरेकोमा यस्ता कुराको पछि नलाग्न हार्दिक अनुरोध गर्दछु। एति लामो समय सम्म मानवीय सहयोगमा लाग्नुभएकोमा म मुख्य अभियानकर्ताको तर्फबाट हार्दिक आभारका शब्द प्रकट गर्दै हजुरहरुले संकलन गरेको रकम २/३ दिन भित्रमा नगद वा बैंक मार्फत सम्बन्धित परिवारलाई पुर्याउन स-बिनय अनुरोध गर्दछु । सम्पर्कका लागि 9857067243

 स्याङ्जा परिवार, दक्षिण कोरिया परिवारले आगामी सलनालको अवसरमा(२०१७ जनवरी २८ तारीक) बृहत साँस्कृतिक कार्यक्रम गर्ने ।


आगामी सलनालको अवसरमा अर्थात २०१७ जनवरी २८ तारीक यस स्याङ्जा परिवारले बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ, यसको लागि सम्पूर्ण तयारी द्रुतगतिमा भईरहेको सहर्ष जानकारी गराउँदछौं । यस कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउनका निमित्त सम्पूर्ण स्याङ्जाली महानुभावहरुलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपील गर्दछौं । सोही सलनालको अवसरमा प्रथम पटक भाग्यशाली चिठ्ठा कार्यक्रम गर्न लागेको दुई संस्थाहरु संखुवासभा सम्पर्क समिति, दक्षिण कोरिया तथा सुर्खेत कोरिया सम्पर्क समिति, दक्षिण कोरिया लाई पनि कार्यक्रम सफलताको हार्दिक अग्रिम शुभकामना व्यक्त गर्दछौं । सबै व्यवस्थापनका लागि नेपाली सम्पर्क समिति, दक्षिण कोरियालाई हार्दिक धन्यवाद र  सफलतापुर्वक कार्यक्रम सम्पन्न पार्नुभएकोमा धेरै धेरै बधाई ।


        नेपाली सम्पर्क समिति, (NCC) दक्षिण कोरियाको साँस्कृतिक कार्यक्रम बाँडफाँड कार्यक्रममा स्याङ्जा परिवारको तर्फबाट सहभागी भई आफ्नो अमूल्य समय प्रदान गरेर संस्थाको उद्देश्यमा सहकार्य र हातेमालो गर्नुहुने समस्त अग्रज, शुभचिन्तक महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

                                                    अध्यक्ष
                                                  राजु भण्डारी
                                                          तथा
                          स्याङ्जा परिवार, दक्षिण कोरिया ।

जाडोमा आश्रमका लागि न्यानो प्रेम, २ थान ग्यास हिटर स–प्रेम सहयोग               सागर पाण्डे & समिक्षा पाण्डे अर्याल

मानवसेवा आश्रम काठमाडौं
मानवसेवा आश्रमको काठमाडौं शाखालाई सुरूवातकालदेखि नै न्यानो प्रेम प्रदान गर्दै आउनुहुने डेनमार्कमा कार्यरत आदरणीय परोपकारी तथा मानवीयताका पुजारी  सागर पाण्डेज्यू र समिक्षा पाण्डे अर्यालज्यूले मानवसेवा आश्रम काठमाडौं शाखामा सेवा लिइरहनुभएका लक्ष्मीनारायणहरूको सेवामा सहजता होस भन्ने अभिप्रयले मानवसेवा आश्रम काठमाडौं शाखालाई २ थान ग्यास हिटर सहयोग गर्नुभएको छ । सहयोग सामाग्री आदरणीय माता श्रीरमा पौडेल अर्यालज्यू तथा पिता श्रीशिव अर्यालज्यूले मानवसेवा आश्रम काठमाडौंलाई हस्तान्तरण गर्नुभएको हो ।


मानवसेवा आश्रमका अभिभावक तथा सहयोगी आदरणीय दिदी रमा पैडेल अर्यालज्यू, तथा सहयोगी आदरणीय सागर पाण्डे अर्यालज्यू, समिक्षा अर्याल पाण्डेज्यू लगाएत सम्पुर्ण उदारमना मरोपकारी मनहरूप्रती सादर नमन् तथा सु–स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतीको कामना ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.