सन्तकुमार चौधरी
चितवन, मंसिर १७ गते । माघीपर्वको अवसरमा प्रत्येक वर्ष युएईमा आयोजना गरिदै आएको विविध कार्यक्रमलाई यो वर्षपनि निरन्तरता दिने तयारी भइरहेको छ । आयोजक प्रवासी थारु समाज युएइले विविध साँस्कृतिक कार्यक्रमसहित माघीपर्व मनाउने तयारी गरेको छ ।
यो वर्ष १३ जनवरीका दिन स्थानीय समयअनुसार अपरान्ह १ बजेदेखि कार्यक्रम सुरु हुनेछ । काल्र्टन टावर होटलमा यो वर्ष कार्यक्रम आयोजना गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष किशोर चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार कार्यक्रम सफल बनाउन प्रायोजकदेखि अन्य आर्थिक व्यवस्थापन अतिथि आमन्त्रण गर्ने काम भइरहेको छ ।
थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान भन्ने मूल नाराकासाथ आयोजना गर्न लागिएको कार्यक्रममा सांगेतीक प्रस्तुती विशेष रहनेछ । प्रफेक्ट गुड्स जनरल ट्रेडिड्ड एलएलसीले प्रायोजन गर्ने कार्यक्रममा यो पटक नेपालवाट गायक मनोज महतोलाई निमन्त्रणा गरिएको छ ।
यसैगरी मिस इन्टरनेशनल पिपुल्स च्वाईस बिजेता वर्षा लेखीलाई समेत यो पटक आयोजकले निमन्त्रणा गरेको छ । दुवैले युएईमा आ–आफ्नो प्रस्तुती देखाउने प्रवासी थारु समाज युएईका महासचिव मान महतोले जानकारी दिनुभयो ।
यसअघि गतवर्षको माघी विशेष कार्यक्रमममा नेपालबाट गायक संजय चौधरी र राजनीतिक अगुवा राजकुमार लेखी थारुलाई निमन्त्रणा गरेका थिए । यसअघि युएईमा कार्यक्रम गर्न स्थानीय सरकारले कडाई गरेपछि माघीपर्वको अवसरमा हुँदैआएको कार्यक्रम स्थगीत हुने सम्भावना बढेपनि आयोजक संस्थाले स्थानीय सरकार र नेपाली दुतावाससँगको समन्वयमा कार्यक्रम आयोजना गर्न लागेको संघका सचिव रुपेश चौधरीले जानकारी दिनुभयो ।
माघे संक्रान्तिलाई थारु समुदायले नयाँवर्षको रुपमा मनाउने गर्दछन् । अनदिको चामलको परिकार चिचरसँगै माछा, मासुलगायत मीठा मीठा परिकार खाएर रमाइलो गर्दै यो पर्व मनाउने प्रचलन अनुसार युएईमा रहेका थारु समुदायले यो पर्व भव्यताकासाथ मनाउने गरेका छन् । युएईका विभिन्न शहरहरुमा गरी झण्डै २ हजारको हाराहारीमा थारुहरु कार्यरत्त छन् ।
चितवन बासी एक हौं ,आपसी सद्भाव ,मेलमिलाप र चितवन जिल्लामा सामाजिक परोपकारी कार्य गरौं भन्ने उदेश्यले साईप्रसमा प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न।
आज मिति 2016-12-04 को दिन साइप्रस को निकोसिया मा चितवन बासी एक हौ ,आपसी सद्भाव ,मेलमिलाप र चितवन जिल्लामा सामाजिक परोपकारी कार्य गरौं भन्ने उदेश्य ले मिति 2016-07-24 को दिन तदर्थ समिती को रुप मा निर्माण भएको चितवन सेवा समाज साइप्रस को श्रीमति जस माया पुन मगर को अध्यक्षता मा सल्लाहकार सहित १९ सदस्यीय कार्यसमिति को चयन गरि प्रथम एतिहासिक सम्मेलन सम्पन्न गरियो ।
हाम्रो यस कार्यक्रम मा प्रमुख अतिथी NRNA का ICC प्रतिनिधि रन्जित कुमार महत्तो ज्यु ;NRNA का अध्यक्ष सुवास मल्ल;ज्यु ;NRNA का उपाध्यक्ष बिरेन पुन ज्यु ;NRNA का महासचिब सन्तोस बडाल ज्यु; NRNA का युबा प्रतिनिधि योवाङ घले ज्यु; शेर्पा किधुङ साइप्रस कि अध्यक्ष नमु शेर्पा ;तामाङ घेदुङ साइप्रस कि महासचिब माया लोप्चन ;संघीय समाज साइप्रस कि आङ रिन्जी शेर्पा ; समाज सेबि सुरेस परियार का साथै अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो। हामीलाई चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती नेपालका केन्द्रीय अध्यक्ष मुक्ति प्रसाद अधिकारी ज्यु , चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती का वरिष्ठ सल्लाहकार सोम नाथ साप्कोटा ज्यु ; प्रबास संयोजक समीर के सि ज्यु ,साथै बिस्वभर छरिएर रहेका चितवन समाजका संघ -संस्थाहरु लगायतले शुभकामना दिनुभएको थियो।उहाहरु को ब्यस्तता को बाबजुद पनि हामिलाइ सल्लाह सुझाव र समय दिएर हाम्रो कार्यक्रम लाई सफल बनाउन मदत पुर्याउनु भएकोमा उहाँहरु प्रती मुरि मुरि धन्यवाद प्रकट गर्दछौ। आज को अधिबेशन ले निम्न ब्याक्तीहरुलाई कार्यसमिती मा चयन गरेको छौ।
यश चितवन सेवा समाज साइप्रस को नयाँ कार्य समिति पदाधिकारी हरु को नामाबली यश प्रकार छन।
सल्लाहकारहरु=
1; सुवास मल्ल
2; कविता ढकाल
3; सुवास सुवेदी
4; वसन्त पाखृन
अध्यक्ष
1; जस माया पुन मगर
विशिष्ट उपाध्यक्ष
1; जयन्ती अधिकारी लामिछाने
प्रथम उपाध्यक्ष
1; लक्ष्मी रेग्मी अधिकारी
दितिय उपाध्यक्ष
1; सुनिता थापा
माहासचिब
1; दिपक पौडेल ( घायल )
सचिब
1; कल्पना बिस्ट
कोसाध्यक्ष
1; कबिता भण्डारी
केन्द्रिय सदस्यहरु=
1; कमला देबि सुनार
2; सीता थापा
3; धना गुरुङ ( चन्द्र तमु)
4; दिपक भण्डारी
5; खुसी कार्की
6; आसा राई
7; कल्पना थापा
8; साबित्रा थापा
नोट =AKI GUYS group ; अन्जु तामाङ ; रुबि थापा लगायत सम्पुर्ण लाई चितवन सेवा समाज को तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौ।
-चितवन सेवा समाज साईप्रस