Latest Post

नेवा: अन्तर्राष्ट्रिय फोरम जापान द्वारा ट्युमरको कारण दयनिय जीवन बिताईरहनुभएको अशोक श्रेस्ठ को उपचारको लागि  ने. रु. ५लाख ५० हजार सहयोग- अझै पनि थुप्रै रकम नपुग भयकाले सहयोग गर्न अपिल

- शिव तन्डुकार जापान,११डिसेम्बर २०१६,

नेवा: अन्तर्राष्ट्रिय फोरम जापान द्वारा संचालित "अशोक श्रेष्ठ उपचारार्थ आर्थिक सहयोग संकलन अभियान जापान " द्वारा संकलित रकम हिजो ११ डिसेम्वरमा पत्रकार सम्मेलन गरी नेपाल पठाईयो । नेपालमा हाजो नै एक कार्यक्रम आयोजना गरी अशोक श्रेष्ठ जि लाई हस्तान्तरण समेत सम्पन्न भयो ।सर्व प्रथमत हाम्रो यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण मनकारी दाताहरूमा मेरो व्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । साथै हाम्रो अभियान को बारे धेरै व्यक्ति माझ पुर्याऊन समाचार सम्प्रेशन गरी सहयोग गर्नुहुने सम्पूर्ण मिडियाको साथीहरू लाई पनि धन्यवाद दिन चाहन्छु । विशेष धन्यवाद nepaljapan.comको पत्रकार साथी आनन्द कोईराला जि लाई छ , रकम हस्तान्तरण कार्यक्रम फेसबुकबाट लाईभ गरिदिनुभई समाचार समेत सम्प्रेशन गर्दिनुभयो ।

संकलित रकममा नपुग रकम थपेर ५लाख ५० हजार रूपैया बनाई नेपाल पठाऊन सहयोग गर्नुहुने Japan Money Express(JME) लाई हार्दिक कृतज्ञता ।
साथै यस अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सबै व्यक्तिहरू धन्यवादको पात्र हुनुहुन्छ ।


नोभेम्बर १७ देखि ९ डिसेम्बर सम्म चलाईएको यस अभियानमा धेरै व्यक्ति, सामाजिक तथा व्यापारिक संध-संस्था बाट मन खोलेर सहयोग गर्नु भयो र त्यसैको परिणाम स्वरूप ५ लाख ५० हजार रूपैया नेपाल पठाऊन सफल भएका छौं ।

अनुहार लगायत शरिरको विभिन्न भागमा फैलिएको बिकराल ट्युमरको कारण दयनिय जीवन बिताईरहनुभएको अशोक जि को उपचार नेपाल र भारतमा सम्भव छैन । पीडिककै शब्दमा भन्नुपर्दा अमेरिका लगि उपचार गर्नुपर्ने र त्यसको लागि प्रारम्भिक खर्च ४० हजार डलर यानि कि झण्डै ४० लाख रूपैया लाग्ने अनुमान गरिएको छ । त्यति धेरै रकम तिर्न सक्ने आर्थिक स्थिति नभएको अशोक जि ले सहयोगको लागि अपिल गर्नुभएको थियो । त्यसै अनुरोध अनुरूप संसारको विभिन्न देशमा आर्थिक संकलन भैरहेको छ र जापानमा नेवा: अन्तराष्ट्रिय फोरम जापानले गर्यो । आज पठाईएको रकमले ऊहाँको उपचारको निम्ति ठूलो सहयोग हुनेछ र छिट्टैनै उपचार शुरू भै ट्युमरले भरिएको अनुहारमा मुस्कान देख्न पाईयोस् , हाम्रो यहि छ कामना ।


उपचारको निमित्त अझै रकम नपुग देखिन्छ, यदि तपाईहरू सहयोग गर्न चाहनुहुन्छ भने अशोक जि को व्यक्तिगत खातामा सिधै पठाऊन पनि सक्नुहुनेछ ।





झापाकी सुजताकाे जीवन बचाउन जुटे प्रमाेद खरेल, मनाेज गजुरेल र विश्वप्रकाश शर्मा एकसाथ
2016/12/10, 

काठमाण्डौं । पछिल्लो समय सामाजिक कार्यमा सक्रिय देखिएका गायक खरेल यतिवेला एप्लास्टिक एनिमियाबाट पीडित बनेकी झापा पृथ्वीनगरकी सुजाता सुवेदीको जीवन रक्षाका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन् ।

उनीसँगै हास्यकलाकार मनोज गजुरेल र नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा पनि सहयोग जुटाउन व्यस्त छन् ।

२२ वर्षिया सुजाता सुवेदी यतिबेला काठमाडौं, बानेश्वरको सिभिल अस्पतालको शैयामा छट्पटाइरहेको र उनलाई सक्दो सहयोग गर्न उनीहरुले आफ्ना फ्यानलाई सामाजिक संजाल फेसबुकमार्फत पनि आग्रह गरिरहेका छन् ।

‘बानेश्वरको गेष्ट हाउसमा बसेर सुजाताको उपचार गराइरहेका छौं, हप्तामा दुई–तीनपल्ट रगत दिइरहनुपर्छ उसलाई,’ सुजाताका बुबा राजकुमार सुवेदीले भावुक हुँदै भने, ‘चिकित्सकको भनाई अनुसार २५ लाख रुपैयाँजति खर्च हुने देखिन्छ । गरिब मान्छे त्यत्रो पैसा कहाँबाट ल्याउँने । कलाकारहरुको अभियानले आशा देखाएको छ ।’

सुजातालाई सहयोग गर्न चाहनेले उनको बुबा राजकुमार सुवेदीको नाममा रहेको एनआइसी बैंकको खाता नम्बरः ४९५४४९२३३७५२४००१ सहयोग गर्न सक्ने गायक खरेलले बताएका छन् ।
साभार : www.khabarmanch.com बाट (धन्यबाद:सृजना घिमिरे)

ममता बचाउ अभियानमा ।सहयोग को निम्ति हार्दिक अपिल

दुबै मृगौलाले काम गर्न छोडेपछी पत्नी ममता लाई  उपचारका लागि काठमाडौ  लगेका पत्रकार कर्ण बोहराको १५ दिन अघि असामयिक  मृत्यु भएपछी उनकी रोगी पत्नी ,वृद्ध  आमा, र उनको सहारामा पढिरहेका उनका स्वर्गबासी दाजु भाउजुका ४ छोरा छोरीको समेत अहिले बिचल्ली भएको छ ।
अहिले कैलालीमा ममता बचाउ अभियान  समेत सुरु भै सकेको र झन्डै  २ लाख रकम समेत संकलन  भएको छ।त्यति मात्रैले ममताको जीवन  बचाउन नसकिने भएको हुँदा  मानबिय सहयोग  गरि ममता बोहराको जीवन बचाउ अभियानमा यथा सक्य सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
हाम्रो सानो सानो सहयोग ले ममताको जीवन बचाउन सकिन्छ भने आउनुस बाके बाट पनि हामी सहयोग गरौ।।।
बाके बाट  ममता बचाउ अभियान सहयोगी
रिचा लुइँटेल 9848260767
उमा थापामगर  9858022076
- जानकारी रिचा लुइँटेल बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.