केही समय अघि थुप्रै देश लाई पछि पार्दै "Beautiful woman of bahrain" जितेकी इन्दिरा क्षेत्रीको नेपाल भ्रमण कस्तो रह्यो हेर्नुहोस मनै लोभ्याउने तस्बीर हरु
नेवा: अन्तर्राष्ट्रिय फोरम जापान द्वारा ट्युमरको कारण दयनिय जीवन बिताईरहनुभएको अशोक श्रेस्ठ को उपचारको लागि ने. रु. ५लाख ५० हजार सहयोग- अझै पनि थुप्रै रकम नपुग भयकाले सहयोग गर्न अपिल
- शिव तन्डुकार जापान,११डिसेम्बर २०१६,
नेवा: अन्तर्राष्ट्रिय फोरम जापान द्वारा संचालित "अशोक श्रेष्ठ उपचारार्थ आर्थिक सहयोग संकलन अभियान जापान " द्वारा संकलित रकम हिजो ११ डिसेम्वरमा पत्रकार सम्मेलन गरी नेपाल पठाईयो । नेपालमा हाजो नै एक कार्यक्रम आयोजना गरी अशोक श्रेष्ठ जि लाई हस्तान्तरण समेत सम्पन्न भयो ।
सर्व प्रथमत हाम्रो यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण मनकारी दाताहरूमा मेरो व्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । साथै हाम्रो अभियान को बारे धेरै व्यक्ति माझ पुर्याऊन समाचार सम्प्रेशन गरी सहयोग गर्नुहुने सम्पूर्ण मिडियाको साथीहरू लाई पनि धन्यवाद दिन चाहन्छु । विशेष धन्यवाद nepaljapan.comको पत्रकार साथी आनन्द कोईराला जि लाई छ , रकम हस्तान्तरण कार्यक्रम फेसबुकबाट लाईभ गरिदिनुभई समाचार समेत सम्प्रेशन गर्दिनुभयो ।
संकलित रकममा नपुग रकम थपेर ५लाख ५० हजार रूपैया बनाई नेपाल पठाऊन सहयोग गर्नुहुने Japan Money Express(JME) लाई हार्दिक कृतज्ञता ।
साथै यस अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सबै व्यक्तिहरू धन्यवादको पात्र हुनुहुन्छ ।
नोभेम्बर १७ देखि ९ डिसेम्बर सम्म चलाईएको यस अभियानमा धेरै व्यक्ति, सामाजिक तथा व्यापारिक संध-संस्था बाट मन खोलेर सहयोग गर्नु भयो र त्यसैको परिणाम स्वरूप ५ लाख ५० हजार रूपैया नेपाल पठाऊन सफल भएका छौं ।
अनुहार लगायत शरिरको विभिन्न भागमा फैलिएको बिकराल ट्युमरको कारण दयनिय जीवन बिताईरहनुभएको अशोक जि को उपचार नेपाल र भारतमा सम्भव छैन । पीडिककै शब्दमा भन्नुपर्दा अमेरिका लगि उपचार गर्नुपर्ने र त्यसको लागि प्रारम्भिक खर्च ४० हजार डलर यानि कि झण्डै ४० लाख रूपैया लाग्ने अनुमान गरिएको छ । त्यति धेरै रकम तिर्न सक्ने आर्थिक स्थिति नभएको अशोक जि ले सहयोगको लागि अपिल गर्नुभएको थियो । त्यसै अनुरोध अनुरूप संसारको विभिन्न देशमा आर्थिक संकलन भैरहेको छ र जापानमा नेवा: अन्तराष्ट्रिय फोरम जापानले गर्यो । आज पठाईएको रकमले ऊहाँको उपचारको निम्ति ठूलो सहयोग हुनेछ र छिट्टैनै उपचार शुरू भै ट्युमरले भरिएको अनुहारमा मुस्कान देख्न पाईयोस् , हाम्रो यहि छ कामना ।
उपचारको निमित्त अझै रकम नपुग देखिन्छ, यदि तपाईहरू सहयोग गर्न चाहनुहुन्छ भने अशोक जि को व्यक्तिगत खातामा सिधै पठाऊन पनि सक्नुहुनेछ ।
झापाकी सुजताकाे जीवन बचाउन जुटे प्रमाेद खरेल, मनाेज गजुरेल र विश्वप्रकाश शर्मा एकसाथ
2016/12/10,
काठमाण्डौं । पछिल्लो समय सामाजिक कार्यमा सक्रिय देखिएका गायक खरेल यतिवेला एप्लास्टिक एनिमियाबाट पीडित बनेकी झापा पृथ्वीनगरकी सुजाता सुवेदीको जीवन रक्षाका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन् ।
उनीसँगै हास्यकलाकार मनोज गजुरेल र नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा पनि सहयोग जुटाउन व्यस्त छन् ।
२२ वर्षिया सुजाता सुवेदी यतिबेला काठमाडौं, बानेश्वरको सिभिल अस्पतालको शैयामा छट्पटाइरहेको र उनलाई सक्दो सहयोग गर्न उनीहरुले आफ्ना फ्यानलाई सामाजिक संजाल फेसबुकमार्फत पनि आग्रह गरिरहेका छन् ।
‘बानेश्वरको गेष्ट हाउसमा बसेर सुजाताको उपचार गराइरहेका छौं, हप्तामा दुई–तीनपल्ट रगत दिइरहनुपर्छ उसलाई,’ सुजाताका बुबा राजकुमार सुवेदीले भावुक हुँदै भने, ‘चिकित्सकको भनाई अनुसार २५ लाख रुपैयाँजति खर्च हुने देखिन्छ । गरिब मान्छे त्यत्रो पैसा कहाँबाट ल्याउँने । कलाकारहरुको अभियानले आशा देखाएको छ ।’
सुजातालाई सहयोग गर्न चाहनेले उनको बुबा राजकुमार सुवेदीको नाममा रहेको एनआइसी बैंकको खाता नम्बरः ४९५४४९२३३७५२४००१ सहयोग गर्न सक्ने गायक खरेलले बताएका छन् ।
साभार : www.khabarmanch.com बाट (धन्यबाद:सृजना घिमिरे)