दुबै मृगौला खराब भयकी ममतालाई बचाउन २१०००को चेक हस्तान्तरण/सात बर्षिय बालिकाले खुत्रुकी फोरेर १०००० सहयोग/सहयोग को निम्ति हार्दिक अपिल/अहिले सम्म रु. ३५ हजार जम्मा
दुबै मृगौला खराब भयकी ममतालाई बचाउन २१०००को चेक हस्तान्तरण/सात बर्षिय बालिकाले खुत्रुकी फोरेर १०००० सहयोग/सहयोग को निम्ति हार्दिक अपिल /अहिले सम्म रु. ३५ हजार जम्मा - रिचा लुइँटेल
२१०००को चेक हस्तान्तरण
ममता बचाउ अभियानका सहयोगीहातहरु प्रती नतमस्तक छौ।भावनात्मक रुपमा हामीले स्वर्गीय कर्ण बोहराकी दुबै मृगौला खराब भएर उपचाररत पत्नी ममता बोहरा ,उनकी वृद्ध आमा र उनको जिम्मेवारी मा रहेका बच्चाहरु प्रती केही आर्थिक सहयोग गर्ने अभियानमा जुटेका हौ। स्वस्फूर्त रुपमा सुरु गरेको यो अभियानमा झन्डै 35 हजार जम्मा भै सकेको छ ।अझै सहयोग गर्न इच्छुक सहयोगीमन हरुले हामीलाई सहयोग गर्ने वचन पनि दिनु भएको छ। आज नेपालगन्ज निवासी व्यावसायी उदार हृदयका सोनु कुमार गुप्ता ज्यु ले रु २१०००को चेक हस्तान्तरण गर्नु भएको छ । धेरै धेरै आभारी छौ सोनु जि तपाईंको सहयोगी भावनालाई हाम्रो सहृदयी सलाम तपाईंको यो सहयोगले ममताको जिन्दगीमा उज्यालो ल्याउन ठूलो मद्दत पुग्ने छ।
----------------**************---------------
सम्बन्धित समाचार :सात बर्षिय बालिकाले भुड्की (खुत्रुकी) फोरेर ममता बचाउ अभियानमा १०००० सहयोग
ममता बचाउ अभियान का सहयोगी हातहरु प्रती हार्दिक आभारी छौ।
बाके खजुरा निवासी लिला Lila Pyakurel/ Renuka baral को सात वर्षिय छोरी कृस्टिनाले आउदै गरेको 21 december को आफ्नो जन्मदिनका लागि भुडकीमा जम्मा गरेको नेपाली १०००० रुपैया आफ्नो जन्मदिन ममता बचाउ अभियानमा समर्पित गरेर पठाउनु भएको छ ।स्व कर्ण बोहरा कि पत्नी ममता उनकी वृद्ध आमा र बच्चाका निम्ति यो सहयोग ले ठूलो अर्थ राख्ने छ धन्यबाद तपाईंको सहयोगी हात र हृदयलाइ ।।
---------------************--------------
ममता बचाउ अभियानमा ।सहयोग को निम्ति हार्दिक अपिल
दुबै मृगौलाले काम गर्न छोडेपछी पत्नी ममता लाई उपचारका लागि काठमाडौ लगेका पत्रकार कर्ण बोहराको १५ दिन अघि असामयिक मृत्यु भएपछी उनकी रोगी पत्नी ,वृद्ध आमा, र उनको सहारामा पढिरहेका उनका स्वर्गबासी दाजु भाउजुका ४ छोरा छोरीको समेत अहिले बिचल्ली भएको छ ।
अहिले कैलालीमा ममता बचाउ अभियान समेत सुरु भै सकेको र झन्डै २ लाख रकम समेत संकलन भएको छ।त्यति मात्रैले ममताको जीवन बचाउन नसकिने भएको हुँदा मानबिय सहयोग गरि ममता बोहराको जीवन बचाउ अभियानमा यथा सक्य सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
हाम्रो सानो सानो सहयोग ले ममताको जीवन बचाउन सकिन्छ भने आउनुस हामी पनि सहयोग गरौ।।।
बाके बाट ममता बचाउ अभियान सहयोगीहातहरु
ऋचा लुइँटेल 9848260767
उमा थापामगर 9858022076
निशु जोशी ,मिना ढकाल
प्रत्यक्ष वा बैंक खातामा सहयोग रकम उपलब्ध गराउन सक्नु हुनेछ।।
uma thapa magar
Nepal Bangladesh bank Nepalgunj branch
04850gb
यो अभियानमा आज २०७२/८/२५ गते सहयोग गर्ने सहयोगी हातहरु
सतिश निरौला खजुरा
लिला प्याकुरेल कि छोरी कृस्टिना 10,000 हाल क्यानडा
बिमल चन्द २००० कोहलपुर प्रतिबद्धता
भोजराज शर्मा नादिर १००० नेपालगन्ज
मिना ढकाल १००० नेपालगन्ज
उमा थापामगर १००० नेपालगन्ज
नमिता बराल ५०० नेपालगन्ज
सावित्री गिरी ५०० नेपालगन्ज
कल्पना खरेल ५०० नेपालगन्ज
अनुपमा करारा ५०० बर्दिया हाल नेपालगन्ज
२०७३/ ८/२६गते
पुष्प अधिकारी अञ्जली १००० चितवन प्रतिबद्धता
भरत शाह २००० टिकापुर हाल काठमाडौ प्रतिबद्धता
जगत तिमिल्सेना १००० नेपालगन्ज
सोनु कुमार गुप्ता २१००० नेपालगन्ज