Latest Post

कक्षा ६ देखि १० सम्माका विधार्थीहरुले मानवियसेवाका लागि सहयाेग अभियान|

मिति २०७३ मङ्सिर ३० गते
Manavsewa Ashram Lamjung Branch.


   
सर्वात्कृष्ट जीवन :शाश्वत चिन्तन (साँचाे जीवननिर्माण अभियान )तथा मानवसेवा अाश्रम लमजुङ,श्री गंगा मिलान माध्यमिक विद्यालयमा अध्यानरत कक्षा ६ देखि १० सम्माका विधार्थीहरुले दशैमा टीका लगाएर प्राप्त गरेकाे दक्षिणाबाट इच्छा कटौती गरि मानवसेवा अाश्रम लमजुङमा सेवाकार्यलाई सहज बनाउने उदेश्यले  सङकलित रकम एक कार्यक्रमकाे अायाेजना गरि नगद रु. ९,४६५।(नाै हजार चार सय पैसाठी   रुपैया )हस्तान्तरण गर्नुभएकाे छ ।कार्यक्रममा सकारात्मक साेच, बाेल्ने कला,अात्मियता सम्बन्धमा सुमधुर   जस्ता विषयमा सहजिकरण मानवसेवा अाश्रम लमजुङकाे संयाेजक अादरणिय अनिता अधिकारी ज्युले गर्नुभएकाे थियाे।उक्त कार्यक्रममा स्वयंसेवक भुवनसिङ परियार,विक्रम वि.क ले अाफ्नाे अनुभव राख्नुभएकाे थियाे।उक्त कार्यक्रमकाे संयाेजन पराेपकारी मानवताकाे पुजारी  मानवसेवा अाश्रमकाे अाजिवन सदस्य,शुभेच्छुक अभिभावक ,शिक्षिका अादरणिय कृष्ण कुमारी रिमाल ज्युले गर्नुभएकाे थियो ।धेरै धेरै धन्यवाद श्री गंगा मिलान माध्यमिक विधालय परिवारलाई ।


सम्पुर्ण विद्यार्थी भाईबैनी,शिक्षक,तथा यस्तो अनुसासन अनि राम्रो संस्कार दिनुभयका सम्पुर्ण अबिभाबक हरुलाइ  www.missyounepal.com परिवार को तर्फ बाट पनि  हार्दिक धन्यबाद। यी नानिबाबु हरु भोलिका दिनमा निकै राम्रो काम गर्नेछन, समाज अनि देशको नाम राख्नेछन भन्ने कुरामा हामी बिस्वस्त छौं। 


यी साना भाईबैनी हरुको महान कामको सम्मान गर्दै कुनै पनि संस्था या राम्रो मन भयका धन भयका ब्यक्ती हरु बाट उज्वल भबिस्यको लागि यश स्कुलमा सबैले उपभोग गरेर शैक्षिक बिकास गर्न सक्ने कुनै पनि सामाग्री उपलब्ध गराईदिनुहुन यसै न्युज मार्फत Miss You Nepal टिम अनुरोध गर्दछौं।

पुर्कोटदह गुल्मिका यी नानिहरुको लागि रु.९६७५१८/-सहयोग संकलन/हस्तान्तरण
१६ डिसेम्बर२०१६

बोम बहादुर कुँवर,पुर्कोटदह,गुल्मी
गुल्मी जिल्ला पुर्कोटदह गाबिस वडा नं.१ जुम्लिचौर निवासी दुर्गाप्रसाद भुसाल कि श्रीमती दुर्गाकुमारी भुसाल को ३ मङ्सिर २०७३ मा भएको निधन पछि मृतकका छोराहरु नभएकोले छोरीहरुले पहिलो पटक छोराहरुले गरिने भनिने  १३ दिनको काजकिरिया छोरीहरु सङ्गिता र रमिता भुसालले  गरि यो समाजमा छोराहरु बिना बाबुआमाको दिबङ्गत आत्माले शान्ति पाउदैन भन्ने अन्धबिश्वास लाई तोड्दै नयाँ कार्यको शुरूवात गरेकोले र यो परिवारको आर्थिक अबस्था कमजोर भएकोले उक्त नानिहरुलाई सहयोग र सम्मान को लागि चलाइएको आर्थिक संकलन अभियान अन्तर्गत मदाने युवाक्लब बाझकटेरीको पहलमा जम्मा गरेको ने.रु. १८०५५३।को चेक, सुर्योदय युवाक्लब मलागिरीको पहलमा जम्मा गरेको ने.रु.७००००।र जनप्रीय युवाक्लब पुर्कोटदहको पहलमा जम्मा भएको ने.रु.११३४७०। गरि कुल रू.३६४०२३।गरि हालसम्म रु.९६७५१८।भएको छ। पुर्कोटदह गाबिसमा एक कार्यक्रम गरि दुर्गाप्रसाद भुसाल र नानीहरूलाई हस्तान्तरण गरिएको छ।उक्त कार्यक्रम पुर्कोटदहका पार्टी प्रतिनिधि,बुद्धिजीवी समाजसेवी को उपस्थितिमा मदाने युवा क्लबका अध्यक्ष जयप्रकाश भुसालको सभापतित्व,गाबिस सचिब रेशम भुसालको प्रमुख आथित्व र उक्त क्लबका उपाध्यक्ष शिशिर भुसालले स्वागत मन्तब्य राख्नुभएको थियो भने सुर्योदय खड्गमालिका युवाक्लबका सस्थापक अध्यक्ष उमनाथ खड्का र जनप्रीय युवाक्लबका का.बा.अध्यक्ष बोमबहादुर थापाले क्लबको तर्फबाट मन्तव्य राख्नुभएको थियो। सोही कार्यक्रममा पार्टी प्रतिनिधिको तर्फबाट गोबिन्द कुवरले बोल्नुभएको थियोे भने मुख्य अभियानकर्ताको हैसियतले म बोमबहादुर कुवरले निजको पारिवारिक अवस्था ,घटनाक्रम र सहयोगको शुरूवातको बारेमा स्पष्ट पारेको थिएँ ।
      स्मरण रहोस, सहयोगदाताको रकम नानीहरूको शिक्षादिक्षालाई मध्यनजर राखेर सदुपयोग गरिने हुँदा नि:सर्त सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
       बोमबहादुर कुवर
        मुख्य अभियानकर्ता
मोबाईल नं.९८५७०६७२४३

दृस्टिबिहिन बालबालिकाहरुको सयोगार्थ कतारमा च्यारिटी सो हुँदै। 30 December शुक्रबारको दिन कतारमा रहनुभयका सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

- केशब भट्टराई,दोहा कतार


यहि December 30 शुक्रबारको दिन नेपालमा रहेका हाम्रो  दृस्टिबिहिन बालबालिकाहरुकोको सयोगार्थ नेपाली सुपरहिट चलचित्र CLASSIC को च्यारिटी शो हुने भएकाले दोहा  कतार मा रहनु हुने सम्पुर्ण कला प्रेमी मात्र नभई सम्पुर्ण सहयोगी हातहरुलाई हलमा आएर चलचित्र हेरिदिनुहुन विनम्र अनुरोध गर्दछौ । तपाईं हाम्रो सानो सहयोगले ती अन्धकार जीवन बिताईरहेका तपाईं हाम्रै आमाका छोरा छोरीहरुले भोलि उज्यालो भबिस्यको महसुस गर्नेछन।         बिस्त्रीत जानकारिको लागि सम्पर्क:- 30767456




Contact Form

Name

Email *

Message *

Powered by Blogger.