Latest Post

सम्पुर्ण बहराइन बासी नेपाली हरुमा जानकारी !!!च्या-ल्होसार को अवसरमा साङ्गीतीक प्रस्तुति संगैै नेपाली परिकार हरुको पनि स्वाद पनि।

अरुण जाना,बहराईन
तमु समाज बहराइन को आयोजनामा हुन गैरहेको तमु हरुको महान पर्व च्या-ल्होसार अर्थात चरा बर्ष को उपलक्ष्यमा "सास्कृतिक साझ मा विभिन्न साङ्गीतीक प्रस्तुति सगैै नेपाली परिकार हरुको पनि स्वाद चखाउने प्रयास गर्दैछौ। तसर्थ उक्त कार्यक्रम मा बहराइन बासी नेपाली हरुको बाक्लो उपस्थितिको अपेक्षा गर्दछौ।

मिति :- 30 डिसेम्बर 2016, शुक्रबार

समय :- दिउँसो 2 बजेदेखि

स्थान :- डेल्मोन होटल मानामा

नेपाली परिकार हरु को मेनु तल दिएको छ।

1. मो : मो -

2. मासु चिउरा -

3. आलु चिउरा -

4. भटमास चिउरा -

5. थुक्पा - चिकेन, सुकुटी , बङ्गुर

6. छोयला , सेकुवा , सुकुटी

7. चिकेन चिल्लि

8. खीर

9. पानीपुरी

साथमा अन्य मिठा मिठा परिकार हरु पनि समाबेश गरिएको छ।

नवलपरासीको कावासोतीमा कपर्दी खेल संरक्षणका लागी कपर्दी संगै बिबिध खेल प्रतियोगिता हुने

पुस-१३, कावासोती, खगराज सापकोटा, नवलपरासीको कावासोतीमा कपर्दी खेल संरक्षणका लागी बिबिध खेल प्रतियोगिता हुने भएको छ  । छहारी संगम युवा क्लवको आयोजनामा यहि पुस-१५ र १६ गते कावासोती-१, छहारी संगम युवा क्लवको खेल मैदानमा उक्त प्रतियोगिताहरु हुने भएका हुन्  । छहारी संगम खेल महोत्सव नाम दिईएको उक्त कार्यक्रम मा आमा समूह स्तरीय कपर्दी प्रतियोगिता , टोल सुधार समूह स्तरीय प्रौढ फुटवल प्रतियोगिता, युवा क्लव स्तरीय दौड प्रतियोगिता, बालबालिका स्तरीय चम्चा दौड र चकलेट दौड प्रतियोगिता, युवती हरुकालागी म्युजिकल चियर दौड प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता जस्ता खेल हुने आयोजकले जनाएको छ । साथै प्रतियोगिता अवधि भर बिबिध सास्कृतिक कार्यक्रमहरु पनि रहने आयोजकको भनाइ छ ।
साभार : www.hulakionline.com बाट

सहयोगकोलागी हार्दिकअपिल
सडक दुर्घटनामा परि जीवन रानाको स्वास्थ्य स्थिती गम्भीर ।

शारजाहको रोटना फर सेक्युरिटी एण्ड गार्डिङ्ग कम्पनीमा कार्यरत झापा सुरुङ्गा निवासी जीवन राना २४ डिसेम्बरमा शारजाहमा बाटो काट्ने क्रममा सडक दुर्घटनामा परि गम्भीर चोट पुगेको छ। ब्याक बोन्स दुईटै भाचिएको साथै देब्रे खुट्टा र दाहिने हात मर्किएको थाईमा गहिरो चोट लागेको अबस्थामा कुवेती हस्पिटल शारजाहमा अलपत्र अबस्थामा हुनुहुन्छ । कम्पनीबाट उपचारको लागि कुनै पहल नभएको र उपचार खर्च हस्पिटलले जानकारी दिए अनुसार अत्यन्त महंगो पर्ने करिब १७००० दिर्हाम खर्च लाग्ने  पुजन खरेलले जानकारी गराउनु भयो। यस्तो गम्भीर अबस्थामा पनि कम्पनिले बेवास्ता गरेको र उपचार खर्च पनि अत्यन्त महंगो भएकोले युएईमा रहेका विभिन्न संघ सस्था तथा नेपालीहरुलाई सहयोग गरिदिनुहुन आग्रह गरेका छन । हस्पिटलले उपचारको लागि १७००० दिर्हाम लाग्ने भनेपछी नेपाल पठाउने प्रयास गर्दा टिकट र हस्पिटलको बिल सम्म तिर्न समस्या परेकोले सबैलाई सहयोगको लागि हार्दिक अपिल गरिएको छ।

सम्पर्क नम्बर : जीवन राना ०५५३९१६३६८
                   : पुजन खरेल ०५२४६२८९९१
बिरामिलाई भेट्ने समय बेलुकी ४:०० देखि ९:०० सम्म

Contact Form

Name

Email *

Message *

Powered by Blogger.