Latest Post

कुवेत बाट मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनमा सहयोग।

हाल कुवेतमा रहनुभएको बारा जिल्ला गडिमाइ नगरपालिका १६ का डम्बर प्रसाद रिमालले मुसहर बस्ती निर्माणका लागि ११ हजार १ सय १४ रुपैँया सहयोग पठाउनुभएकोमा उहाँ र उहाँको परिवारप्रति आभार व्यक्त गर्दछौँ ।


नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।


मैले अन्तिम पल्ट उहाँलाइ राजा जनकको पोशाकमा लडिरहेको झुलुक्क देख्न मात्रै पाए.....
- संगिता थापा
हिजो करिब करिब एक सवा एक बजे तिर म र रक्षा डान्स क्लासमा कुरा गर्दै बसिरहेका थियौ तेति नै बेला बिष्णु भक्त सर हाम्रै अघिल्तिरबाट जाँदै हुनु हुन्थ्यो राजा जनकको ड्रेश लिनका लागि...अनि हामिले "राजा जनक आउनु भो" भन्दै गर्दा उहाले  हास्दै भन्नू भो "कहा म राजा हुनु र...! "अभिनयको क्षेत्रमा त राजानै हुनु हुन्छ नि हाम्रो लागि" मैले बोल्दै गर्दा उहाको मुहारमा मुस्कान देखियो बेग्लै तर बहुत मीठो...उहासंगको सम्बाद मेरो जिन्दगिको पहिलो र अन्तिम हुन पुग्यो..

बरिस्ठ निर्देशक बद्री अधिकारी ज्यु द्वारा निर्देशित नाटक "यज्ञबल्क्य"को मञ्चन भैरहेकै थियो । नाटक अन्तिम अन्तिम चरणमा पुगिरहेकै बेला म लागायत मेरो अरु तीन जना साथिहरु "परि" नृत्यको लागि तयारी अबस्थामा बस्दै थियौ । तेति नै बेला राजा जनकले नजिकै उभिरहेको  मन्त्रीलाइ दुई पटक हातको इसाराले आफू तिर बोलाउनु भयो अनि कानमा खुसुक्क क्यै भने जस्तै गर्नु भयो...र मन्त्रीको काधमा आफ्नो शिर अड्याउनु हुँदै थियो क्यार शरीर पुरै छोड्ददिनु भयो....मैले सोचे नाट्क भित्र थोरै सिन चेन्ज भएको रहेछ बिष्णु सरले अभिनय  नै गरिरहनु भएको थियो भन्ने लाग्यो...तर मेरै छेउमा बसिरहनु भएको माधब दाइले पर्दा बन्द गर साउन्ड अफ गर भनेर कराइ सके पछि मन एक्कासी चिसो भयो अनि कतै क्यै नसोची स्टेज तिर डौडिए...मैले अन्तिम पल्ट उहालाइ राजा जनकको पोशाकमा लडिरहेको झुलुक्क देख्न मात्रै पाए.....

Contact Form

Name

Email *

Message *

Powered by Blogger.